मंगलबार, असार ८ २०७८
काठमाडौं ०७:४६
वासिङटन डिसी 22:01

संविधान संशोधन र निर्वाचनका लागि दलहरुबीच छिट्टै सहमति जुट्ने : प्रधानमन्त्री

इनेप्लिज २०७३ पुष ८ गते ८:३८ मा प्रकाशित

prachanda-1-650x392काठमाडौं, ८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र निर्वाचन गर्नका लागि दलहरुबीच छिट्टै सहमति जुट्ने बताउनुभएको छ । महान्यायाधीवक्ताको कार्यालय नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालका सरकारी वकिलहरुको प्रथम सम्मेलन’ को उद्घाटन समारोहमा उहाँले भन्नुभयो– ‘संविधान संशोधन र निर्वाचनका विषयमा दलहरुबीच विवाद र बहस देखिए पनि त्यो लामो समयसम्म चल्दैन, त्यो अस्थायी हो, सरकारले छिट्टै सहमतिको वातावरण सिर्जना गर्छ ।’

प्रधानमन्त्री दाहालले दलहरु संविधान घोषणा गर्ने बेलामा मिलेजस्तै वादविवादको अन्त्य गर्नुपर्ने र दलहरुबीच असहमतिका विषय पनि संसद्मै छलफल गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधानको भावना र मर्मअनुसार १३ महिनाभित्र तीनै निकायको निर्वाचन गरेर जानुपर्ने भएकाले स्थानीय निकायको निर्वाचन वैशाखमा, प्रदेश र केन्द्रीय निर्वाचन मङ्सिरमा गर्न सकिने बताउनुभयो । प्रधानमन्त्री दाहालले कानुनको पालना नागरिकले मात्र नभई राज्यले पनि गर्नुपर्ने र दण्डहीनताको अन्त्य, स्वतन्त्र न्यायपालिका, कानुनी शासन सुदृढीकरण गर्नका लागि सरकारी वकिल क्षमतावान हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया