बिहीबार, असार १० २०७८
काठमाडौं १२:४१
वासिङटन डिसी 02:56

मलाई कालोमोसो दल्ने अवोध कारिन्दालाई छोडिदिनूः लोकमान

इनेप्लिज २०७३ पुष ८ गते ८:०१ मा प्रकाशित

karki

 

 

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं, ८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूलाई कालोमोसो दल्ने युवालाई रिहा गर्न आग्रह गरेका छन् । शुक्रवार विज्ञप्ति जारी गर्दै कार्कीले आफूलाई सर्वोच्च अदालतभित्रै कालोमोसो दल्ने दुई युवालाई अवोध कारिन्दा भन्दै रिहा गर्न प्रहरी प्रशासनसमक्ष आग्रह गरेका हुन् ।

विप्लव माओवादी निकट विद्यार्थी संगठनका दुई केन्द्रीय सदस्य प्रकाश शाही र चन्द्रबहादुर बुढाले लोकमानमाथि हातपात गर्दै विहिबार सर्वाच्च अदालत परिसरमै कालोमोसो दल्ने प्रयास गरेका थिए । लगत्तै प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको थियो ।

लोकमानले सुरक्षाकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दर्शाएको तत्परताको भने सराहना गरेका छन् । ‘केही महिनायता आफ्नाविरुद्ध विभिन्न प्रकारले षड्यन्त्रमुलक योजना बनाउनेहरु कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिति तत्काल नदिएकाले पक्राउ परेका ती अबोध कारिन्दालाई कुनै कारबाही नगरी रिहा गरिदिन म सुरक्षा निकायलाई अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । आफूलाई कालोमोसो दल्ने ती युवा कसैका गोटीमात्रै भएको र आफूलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्रै बुझेको उल्लेख गर्दै कार्कीले भनेका छन्– ‘हिरासतमा लिइएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटीमात्र हुन् र मलाई तेजोबध गर्ने उद्देश्यले कसैले बनाएको योजना कार्यन्वयन गर्ने कारिन्दाका रुपमा मात्रै मैले उनीहरुलाई बुझेको छु ।

रिहाई सम्बन्धमा !!
——————–
सम्मानित सर्वोच्च अदालतको तारिख लिन जाने क्रममा अति सम्बेदनशिल मानिने कार्यकक्षभित्र पौष ७ गते म माथि दुर्व्यवहार गर्ने दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने जानकारी मैले पाएको छु । सुरक्षा कर्मीले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा दर्शाएको तत्परताको म सराहना गर्दछु । तर हिरासतमा लिईएका व्यक्ति जो सुकै भएपनि ति कसैका गोटी मात्र हुन र मलाई तेजोबध गर्ने उदेश्यले कसैले बनाएको योजना कार्यान्वयन गर्ने कारिन्दाका रुपमा मात्र मैले तिनलाई बुझेको छु । वास्तविक अपराधी पर्दा पछाडी भएको र केही महिना यता मेरा विरुद्द विभिन्न प्रकारले षडयन्त्रमूलक योजना बनाउनेहरू कानून र प्रहरीको नियन्त्रणमा आउने स्थिती तत्काल नदेखिएको हुंदा ती अवोध कारिन्दालाई कुनै कारवाही नगरी रिहा गरिदिन हुन म सुरक्षा निकायलाई यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछु

प्रतिक्रिया