अमेरीकाको सबै राज्यहरुमा बसोबास छ प्रवासी नेपालीहरुको। पछिल्लो जन गणना अनुसार न्यूयोर्क ,डीसी त्यसपछि टेक्सास नेपालीमुलका प्रवासीहरुको बाक्लो बस्ती रहेको तथ्याङ्कले देखाएको थियो । यसै अन्तर्गत अबको गन्त्यब्य बन्न पुगेको छ – नर्थ क्यारोलाइना राज्य ।
विभिन्न राज्यबाट बसाइ सरी नर्थ क्यारोलाइना आउने नेपालीमुलका अमेरिकीहरुको सन्ख्या दिन प्रतिदिन बढ्दो छ । के होला त कारण ? उपयुक्त मौसम एवम सद्भाव । नर्थ क्यारोलाइना राज्यको मौसम एकदमै अनुकुल छ – न त धेरै जाडो, न त धेरै गर्मी, न त धेरै हिमपात ।
अचम्मको सद्भाव छ – नर्थ क्यारोलाइना राज्यमा बसोबास गर्ने नेपालीमुलका प्रवासीहरुमा । चाहे प्रोफेस्नल जबहोल्डर हुन वा नर्मल जबहोल्डर, त्यस्तै साना बिजनेश होल्डर हुन वा ठूला बिजनेश होल्डर एक्दमै सद्भाव छ एक आपासमा, विरलै होला अन्यत्र्य यस्तो ।
अर्को सबभन्दा राम्रो पक्ष – राजनिती गर्दैनन यहाँका नेपालीहरु, बरु डेमोक्र्याट र रिप्ब्लिकका बारेमा कुरा गर्छन छ्लफल गर्छन । नेपाल सेंटर अफ नर्थ कारोलिना प्रवासीको सहयोगका लागी, मनोरञनका लागी कार्यरत साझा संस्था हो ।
यो संस्थाले समय समयमा विभिन्न सामाजिक, सांस्कृतिक एवम मनोरञनात्मक कार्यक्रम गरि प्रवासीहरुको एकतालाइ झन बलियो बनाउदै आएको छ । के छ विचार ? तपाइँहरु पनि बसाइ सर्ने होइन नर्थ क्यारोलाइनामा ?
प्रतिक्रिया