नेताको कारण देश बर्बाद भएको

इनेप्लिज २०७३ पुष ७ गते २:०५ मा प्रकाशित

dev khanal

नेपालको राजनीति जस्तो गहन बिषय आज फटहाहरूको हांतमा परेको छ भने सरकारी कर्म- चारी गुन्डाको निर्देशमा चलेको छ ! जता हेर्यो सबै भताभुङ्ग छ प्रदेश वा बिदेशमा बस्ने नेपालीको मन दुख्छ भने नेपालमा गरी खानेको मनको हालत कस्तो होला ! राजनीतिको सेरो फेरोमा घुमेका नेता तथा तिनका नजिकका ब्यक्ति मालामाल हामी नेपाली जनता आफैमा मारामार अख़ीर कहिले सम्म सहने ! सुख के हो !! शांति के हो !! भन्ने कुराको अनुभीति कहिले गर्ने !! चार तारे झंडा समाएर नेता भएकाहरु , हसिया हथौड़ा, फहराएर चैन गर्नेहरु लाई जनताको दुख भन्दा आफ्नो सुख खोज्दै ठीक छ !

नेपालको अवस्था कस्तो छ भन्ने कुरालाई एक साधारण जनतालाई सोध्यो भने नेताको कारण देश बर्बाद भएको कुरा जाहेर गर्छ !

यहाँ बी .पी. को समाजबादी चिन्तन, मास्कबाद , लेलिनबाद , माओबादको खोक्रो नारा लाएर देश लूटनेहरुलाई नेताको रुपमा सम्मान गर्नु पर्दा आफै लाई आफै देखि आत्माग्लनि हुन्छ ! नेता सब्दको अपमान भएको छ ! नेतामा हुनु पर्ने गुण बिनाका लाई नेताको माला पहिरएको छ ! यहाँ फूल र आत्माको अपमान हुदैछ !

देश लूटनेहरु लाई माला पहिरन गर्नु फूलको अपमान हो ! फटहाहरुको गलामा झुन्ड्याएर पबित्र फूलको थुगाहरु दिनहु आत्मा- हत्या गरी रहेका छन ! हरेक ९ महीनामा लाखौ पबित्र फूलहरु आत्मा- हत्या गर्न बाद्य छन ! फूलको माला ग्रहण गर्ने अधिकार तिमिहरुमा छैन ! तिमिहरुलाई फूलको सराप लाग्ने छ ! देश र जनताको कर बाट उठेको रकम लूट गर्दै गर्दा सायद तिमीहरुको आत्माले पनि धिकार गरेको होला तर तिमिहरुको राक्षसी प्रबृतिको कारण तिमीहरु अनदेखी गरेका छौ !

प्रतिक्रिया