मंगलबार, असार ८ २०७८
काठमाडौं १६:५७
वासिङटन डिसी 07:12

विप्लव माओवादीद्धारा भोलि उपत्यका बन्दको घोषणा

इनेप्लिज २०७३ पुष ६ गते ७:१८ मा प्रकाशित

netra-bikram-chand-biplopकाठमाडौं, ६ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको घोषणा गरेको छ ।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै विप्लव माओवादीले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्दै पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनुपर्ने विप्लव माओवादीको माग छ ।

एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला, राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टचार र कालोबजारीलाई टेवा पुगेको भन्दै आन्दोलन गर्न बाध्य बनाईएको विज्ञप्तीमा बताइएको छ ।

विज्ञप्तिमा पुस ६ गते आज ९ देखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्ने कुरा पनि उल्लेख छ ।

 

 

काठमाडौं, ६ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले उपत्यका बन्दको घोषणा गरेको छ । मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै विप्लव माओवादीले सरकारले पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि तत्काल फिर्ता लिनुपर्ने माग राख्दै पुस ७ गते उपत्यका बन्दको घोषणा गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको कारण भनिए पनि विगतमा लिइएको चर्को मूल्यको तुलनामा नेपालमा अझै पेट्रोलियम पदार्थको मुल्य घटाउनुपर्ने विप्लव माओवादीको माग छ । एकैचोटी भारी मात्रामा मूल्य वृद्धि गर्नु पर्ने कुनै कारण नभएको भन्दै यसरी मूल्य वृद्धि गरिनु आयल निगमले गर्दै आएको घोटाला, राज्य संञ्चालकहरुले गर्दै आएको भ्रष्टचार र कालोबजारीलाई टेवा पुगेको भन्दै आन्दोलन गर्न बाध्य बनाईएको विज्ञप्तीमा बताइएको छ ।

विज्ञप्तिमा पुस ६ गते आज ९ देखि १० बजेसम्म एक घण्टा चक्काजाम गर्ने कुरा पनि उल्लेख छ ।

प्रतिक्रिया