के अमेरिकामा नेपालीहरुले आर्थिकरुपमा सुरक्षित हुन सजकता अपनाएका छन् ?- नरेश के.सी.

इनेप्लिज २०७३ पुष ५ गते २३:४७ मा प्रकाशित
image1
सपनाको देश, अवसरको भुमि, कामको सम्मान भएको मुलुक भनेर परिचित देश अमेरिकामा नेपालीहरुको जनसंख्या दिन प्रतिदिन बढ्दै गएको छ । स्वाभाविक हो हामी नेपाली मिहिनेती र ईमान्दार छौ । शुरुका दिनमा प्रायजसो नेपालीहरुको कथाव्यथा र संघर्ष मिल्दाजुल्दा छन् र यस्ता विविध खुड्किला पार गरेर कतिपय स्वरोजगारीमा र कतिपय व्यवसायमा आफ्नो राम्रो पकड जमाउन सफल भएका पनि छन् त कतिपय विभिन्न प्राईभेट वा सरकारी संस्थामा रोजगारी पाईरहेका पनि छन् । समग्रमा सबैले आ-आफ्नै ढंगले जीवन निर्वाह गर्ने वा परिवारको रेखदेख, दैनिकी संचालन गर्ने, सन्ततीहरुको शिक्षादिक्षाको व्यवस्थापन, बासस्थानको व्यवस्था आदी काम सुचारु गरिरहेकै छौ । जीवन निर्वाह गर्ने क्रममा हामी कति भविष्य प्रति सजग छौ या चिन्तित बनिरहेका छौ त्यसतर्फ मध्यनजर राख्ने हो भने त्यति सन्तोषजनक नतिजा पाईदैन ।
 पक्कै पनि हामी सबै भविष्य प्रति जिम्मेवार हुनको लागी आर्थिक सुरक्षा वा आर्थिक व्यवस्था के कसरी गर्ने भन्ने योजनामा लाग्नै पर्छ । हामीलाई थाहाँ छ अमेरिकामा अनेक किसिमका खर्चका बिलहरु दैनिकजसो भुक्तानी गर्नु पर्ने हुन्छ र त्यस्को व्यवस्थापन गर्न रोजगारी वा व्यवसायबाट आम्दानी गर्नु पर्छ । यस्ता खाले विविध शिर्षकमा हुने बिलको भुक्तानी विभिन्न जिम्मेवारी बहन गर्ने सन्दर्भमा भएका हुन्छन् र कथमकदाचित यस्ता बिल भुक्तानीमा संलग्न हुने परिवारको मुख्य व्यक्ती अशक्त हुँदा, लामो समय बिरामी पर्दा, अकस्मात् रोजगारी गुम्दा, काम गर्न नसक्दा, अकास्मात मृत्यु हुँदा पर्न सक्ने सम्भावित समस्याको बारे पुर्वानुमान समयमै गरेर आवस्यक विक्तिय योजनामा अनुवन्धित भईएन भने यसले परिवारमा ठुलो मानसिक एवं आर्थिक समस्या सृजना गर्न सक्छ । यसबाट समयमै आवस्यक कदम चालेर भविष्य प्रति निर्धक्क हुनको लागी केही न केही नियमित बचत गर्ने र उक्त वचतलाई थप आय आर्जन गर्ने क्षेत्रमा प्रवाहित गर्न सक्नु पर्छ ।
 आफु र आफ्नो परिवारको सदस्यको सुखद भविष्यको लागी नियमित वचत एउटा प्रमुख आधार हो भने त्यही वचतलाई सहि सदुपयोग गर्ने विभिन्न plan मा लगानी गर्नु अर्को महत्वपुर्ण काम हो । यस्तो हुनसकेमा भविष्यमा आफ्नो सन्तानको उच्च शिक्षामा लगानी गर्न “Education Fund” अवकाश जीवनको लागी ” Retirement Planning ” विशेष किसिमको अशक्त अवस्था परेको खण्डमा साथै वृद्धावस्थामा रेखदेख वा नर्सिंगहोम लगायतको सेवा लिन ” Long-term care plan” अशक्त वा शारिरीक अपांग भएमा उचित आर्थिक व्यवस्था गर्न” Disability insurance”, अकास्मात मृत्युमा पारिवारिक आर्थिक संरक्षणको लागी “Life Insurance “, स्वास्थ्य उपचारका लागी ” Health Insurance” अनेपेक्षित रुपमा नियमित आम्दानी घट्दा हुन सक्ने संकटबाट बच्न ” Emergency Fund” को व्यवस्था साथै विशेषगरि ” Living Benefit” र Death Benefit” हुने आर्थिक योजनाको बन्दोबस्त गर्ने जस्ता अत्यान्त आवस्यक आर्थिक व्यवस्था हुनु जरुरी छ । त्यस्तै सेकुरिटी मार्केटमा लगानी, घरसम्पत्ती खरिदविक्री लगायतमा के कसरी ” Financial Benefit” लिन सकिन्छ ? लगानीमा Early saving को महत्व र मुल्यको भुमिका के कस्तो हुन्छ ? लगानीको प्रतिफल( Rate of Return) मा ” compound interest ” ले के कति प्रभाव पार्छ अर्थात् ” Rule of 72″ अन्तर्गत Interest rate फरक फरक हुँदा के कति बर्षमा लगानीको प्रतिफलको ढाँचा के कस्तो हुन सक्ने सम्भावना रहन्छ, त्यसबारे सहजै जानकारी लिन सकिन्छ । कति समय सम्म नियमित बचत निश्चित दरमा गर्दा कति रकम संकलन गर्न सकिदो रहेछ जस्तो आर्थिक तत्वहरुको भुमिका थाहाँ पाएर सोही मुताविक आफुलाई अनुकुल हुने गरि Financial Plan गराएर अगाडी बढ्दा Better Life व्यतित गर्न सकिने हुन्छ । यसका लागी सबै भन्दा पहिला त Financial Knowledge लिनु आवस्यक छ भने अर्को तर्फ आफ्नो आवस्यकता पहिचान गरि सोही मुताविक उचित पारिवारिक बजेट व्यवस्थापन गर्न तयार हुनुपर्ने हुन्छ । यस्तो विक्तिय समस्यालाई समाधान र मार्ग निर्देशन गर्ने उचित एवं विज्ञता हासिल गरेका विक्तिय सल्लाहकार( Financial Adviser) को परामर्श लिनु पनि अझै उपयुक्त हुन सक्छ ।
 हामी जव समस्या पर्छ तव विगतलाई फर्केर पछुताउँछौ तर भविष्यका लागी फेरि सजग र उपयुक्त बाटो पहिलाउन खोज्दैनौ । यस्तो समस्या हामी नेपालीहरुले अमेरिका जस्तो विकशित देशमा हरबखत भोगिरहेका छौ । यसको सामान्य उदाहरण दिने हो भने पनि आजकल अमेरिकामा सडक दुर्घटना, लुटेराहरुको आक्रमण, डिप्रेशनका कारण आत्महत्या लगायत धेरै घटनाहरुको कारण नेपालीहरुको ज्यान गैरहेको छ । यस्तो अवस्थामा सामान्यरुपमा Death Benefit हुने खाले दैनिक १-२ डलर खर्च गरेर किन्न मिल्ने २-३ लाखको Term-Insurance समेत नभएका कारण सम्बन्धित ज्यान गुमाउनेका परिवारहरु मानसिक संकटका साथै आर्थिक संकटमा परेका छन् । कतिपय अवस्थामा त अन्तिम दाहसंस्कारको लागी समेत आर्थिक सहयोग उठाउनु पर्ने अवस्था आईपरेको सबैलाई अभगत नै छ । यदी कार, घरसम्पत्ती, स्मार्टफोन, व्यापार-व्यवसायका लागी गरिने विमा जस्तैगरि सामान्यरुपमा Living Benefit र Death Benefit” दुवै भएको plan दैनिक २-३ डलर Insurance premium भुक्तान गरेर खरिद गर्न पनि सकिन्छ ।
जस अन्तर्गत व्यक्तीहरुले आफ्नो आवस्यकता, प्राथमिकता, जोखिमबहन क्षमता, आम्दानीको स्तर, आम्दानीको स्रोत, पारिवारिक बनोट आदीको आधारमा विभिन्न सुविधायुक्त जीवन विमालेख( Life Insurance Policy) लिन सकिन्छ । तुलानात्मकरुपमा बढि लाग्ने plan किन्न नसकेपनि कम्तीमा सस्तो शुल्क वा premium भुक्तान गर्न सकिने Term- Insurance खरिद गरेको भएपनि त्यस किसिमको आर्थिक सकंट परिवारजनमा पर्ने थिएन । त्यसतर्फ ध्यान पुगेको पाईदैन । त्यस्तै दुर्घटनाका कारण अंगभंग भएर काम गर्न नसक्ने अवस्थामा आर्थिक गर्जो टार्न कम्तीमा Disability Insurance भएको भए धैरै राहत हुने थियो । त्यसो त आजकल सरकारले अनिवार्यरुपमा Health Insurance गर्नुपर्ने प्रावधान बनाई दिएकोमा यसले उपचार गर्न धेरै टेवा पुगेको छ यद्यपी कतिपयले सस्तो प्रियमियमको लालचमा आवस्यक कभरेजलाई वेवास्ता गर्दा जटिल विरामी परि उपचार गर्दा थप आर्थिक भार बहन गर्नु पर्ने समस्या पनि देखिएको छ । अत: समग्रमा भन्नु पर्दा उचित फाईनान्सियल ज्ञानको अभाव र बजारमा चलेका अनावस्यक हल्लाको पछाडी दौडिदा नेपालीहरु अनेपेक्षित भवितव्य हुँदा पर्ने आर्थिक संकट एवं आफु र आफ्ना सन्तानको भविष्यको आर्थिक सुरक्षा वा संरक्षण उचित तवरले गर्नका लागी पछि परेको देखिन्छ ।
 त्यस्तै कतिपयले के कसरी आफ्नो आम्दानीमा Tax कम हुनेगरि Financial Plan गर्ने त्यसको ज्ञानको अभावमा सरकारलाई आम्दानीको ठुलो हिस्सा करको रुपमा भुक्तान गरेका छन् । सरकारले कुन कुन Financial Plan मा कर छुट वा Tax Advantage गरेको छ वा Tax Now वा Tax Later (Tax deferred) गरेको छ भन्ने समेत हेक्का नहुँदा कतिपय अवस्थामा अन्यौलमा परेर गलत Financial Decision गर्ने अवस्था देखिएको पनि छ । त्यस्तैगरि How money worksभन्ने बारे थाहाँ नहुँदा धेरै अवसरहरु र गलत विक्तिय निर्णयहरु हुन पुगेको पनि देखिन्छ । कतिपय नेपालीले त प्रशस्त वचत गरेको रकम बैङमा बर्षौ राखेर नाम मात्रको व्याजमा चित्त बुझाएको पनि पाईन्छ तर त्यही रकमबाट उचित विक्तिय लगानीको बाटो रोजेर Money growth छिट्टै कसरी गर्ने भन्ने ज्ञान नपाएर सम्भावित विक्तिय फाईदा लिनबाट वञ्चित भएको पाईन्छ ।
यस्ता अनेकन समस्याहरु नेपाली समुदायले भोग्दै आएको पाईन्छ तथापी सयौको संख्यामा रहेका नेपालीका हितका नाममा खोलिएका सामाजिक संघसंस्थाहरुले उचित र भरपर्दो ” विक्तिय ज्ञान”(Financial Knowledge) दिएर नेपाली समाजलाई सुसोचित गरि भविष्य प्रति सुनिश्चित हुने उपाय दिन सकिरहेको पाईदैन बरु केही व्यक्तीहरुको गलत बुझाई र सुनियोजित अफवाहको पछाडी सामाजिक नेताहरु समेत दौडिएर सर्वसाधरणलाई अन्यौल र हतास मनस्थितीमा पार्न खोजीरहेको बेलाबखत देखिन्छ । अमेरिका जस्तो नियम र कानुनले सुसोचित ठाउँमा कुनै पनि छलकपटमा कसैलाई जवर्जस्ती विक्तिय योजनामा अनुबन्धीत गर्न सकिदैन र गरिहाले पनि कानुनी उपचार सजिलै गर्न सकिन्छ । तसर्थ कुनै पनि सुनेको आधारमा हल्लाको पछि लागेर यथार्थतालाई बंग्गाउन खोज्नु सधै अनुपयुक्त हुन्छ । अत: हामी नेपालीहरु पनि केही न केही रुपमा विक्तिय ज्ञान भरपर्दो व्यक्ती वा संस्था मार्फत लिएर आफ्नो र परिवारको भविष्य प्रति पुर्णरुपमा विक्तिय सुरक्षा (Financial Protection) आजै बाट अपनाउन आवस्यक कदम चाल्न अग्रसर हौ । आखिर जीवनको सबै भन्दा महत्वपुर्ण पाटो भनेकै आफ्नो परिवारको आर्थिक संरक्षण र सदृढ/सुनिश्चित भविष्य हो तसर्थ यसमा विशेष ध्यान दिनु अति आवस्यक छ ।
 अन्तमा, रात दिन नभनिकन मिहेनत गरि कमाएको पैसाको सहि सदुपयोग हुने गरि परिचालन गर्न एवं आफु र आफ्नो सन्ततीको उज्वल एवं सुरक्षित भविष्यको लागी साथै शारिरीकरुपमा काम गर्न असमर्थ हुने उमेर अर्थात् अवकाश जीवनका लागी पर्याप्त विक्तिय जोहो हुने गरि अहिले देखिने आवस्यक विक्तिय योजनामा वचत परिचालन गर्न थाल्नु जरुरी छ । समयमै उचित वचत गर्दै उक्त वचतलाई विभिन्न खाले उपयुक्त हुने विक्तिय लगानी वा योजनामा प्रवाहित गर्न सके त्यसले भविष्यमा आवस्यक पर्ने विक्तिय समस्या समाधानको लागी प्रयाप्त कोषको व्यवस्था हुन सक्छ । यदी अहिले गर्नु पर्ने वचत ढिला गरि गर्न थालियो भने वा गर्दै गरिएन भने त्यसले भविष्यमा ठुलो पश्चाताप पनि निम्ताउन सक्छ किनकी Value of Money को नियमले पनि के देखाउँछ भने आजको १ डलरको मुल्य भोलीको १ डलर भन्दा बढि हुन्छ तसर्थ पैसाको आयआर्जन क्षमतालाई ध्यान दिदा समेत वचत र लगानी समयमै गर्नु जरुरी हुन्छ । त्यसैले वर्तमान र भविष्यमा एक किसिमको ” Peace of mind ” को लागी समेत आवस्यक Financial Knowledge लिएर समयमै उचित एवं सदृढ निर्णय गरौ ।
Helping Families RISE
Naresh KC
Senior Marketing Director.
Mobile: 4437224428

प्रतिक्रिया