शुक्रबार, असार ४ २०७८
काठमाडौं ०६:११
वासिङटन डिसी 20:26

आहा रारा गोल्ड कप खेल्ने नेपाली अमेरिकन सकर(भकुण्डो )टोलीको नामावली सार्बजनिक

इनेप्लिज २०७३ पुष ५ गते २३:३२ मा प्रकाशित

fullsizerender-10

गत दिसम्बर १७ तारीख आहा रारा गोल्ड कप खेल्न नेपाल जाने उद्धेश्यले भर्जिनियामा अमेरिकाको बिभिन्न राज्यहरुबाट छनौट प्रकियामा आएका भकुण्डो खेलाड़ीहरुको नामावली सार्बजनिक गरिएको छ l

गत दिसम्बर १९ तारीख १८ जना खेलाड़ी तथा ६ जना आरक्षित खेलाड़ीहरु सहित नेपाल जाने सूचि तैयार गरिएको छ l आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कप प्रतियोगिताको लागि उत्कृष्ट खेलाड़ीको छनौट घोषणा गरेको हो l

छनौट प्रक्रिया समितिमा रहेका नेपाल का पूर्व राष्ट्रीय खेलाड़ी उमेश प्रधान ,बिनोद खरेल ,सूरज थापा,प्रदीप हुमागाई तथा कुमार शेरचनले उक्त खेलाडीहरुको छनौट गरेका हुन l गोल कीपरहरुमा बाल्टीमोर एथलेटिक क्लबका निस्चल पंडित तथा डीसीका रेनेरो पचेको छनौटमा परेका छन l यसै गरि रक्षा पंक्तिमा ६ जना खेलाडीहरुमा पेम्बा योगर ,डालास गोर्खाज टेक्सास ,रोबिन सुब्बा एनवाईएनऍफ़सी न्यूयॉर्क ,टीचोसो अवाइड ,डीसी ,हेरोन राइ ,न्यूहेम्पशायर ,स्यारन रावत , डलास गोर्खाज टेक्सास तथा विज्ञान श्रेष्ठ डिसीऍफ़सी छनौटमा परेका छन l

fullsizerender-5

यसै गरि मध्य पंक्तिमा पनि ६ जना खेलाडीहरुमा प्रतिक सिंह ,एनवाईएनऍफ़सी न्यूयोर्क ,कमल छेत्री एनवाईएनऍफ़सी न्यूयोर्क ,किरण लामा एनवाईएनऍफ़सी न्यूयोर्क ,रोशन देवकोटा ,डालास गोर्खाज टेक्सास, परहंग लिम्बु ,एनवाईएनऍफ़सी न्यूयोर्क तथा एबे मार्कोस डीसी छनौटमा परेका छन l

यसै गरि अग्रपंक्तिमा ,अमृत तामांग,डिसीऍफ़सी ,शिशिर विश्वकर्मा ,बाल्टीमोर एथलेटिक क्लब ,उमेश पांडे डलास गोर्खाज टेक्सास तथा सोलोमन आजिग्बे डीसी छनौटमा परेका छन l यसै गरि आरक्षित खेलाड़ीहरुमा प्रलय राजभंडारी ,एनवाईएनऍफ़सी न्यूयोर्क ,बिबेक तामांग बाल्टीमोर एथलेटिक क्लब , निरंजन केसी ,डालास गोर्खाज टेक्सास, रोशन घिमिरे डीसीएफसी ,टेनिस कटवाल डीसीएफसी तथा धीरेन मापचन,न्यू हेम्पशायर छनौट मा परेका छन l

आज सार्बजनिक गरिएको छापा विज्ञप्तिमा छनौट भएका सबै खेलाडीलाई अनिवार्य तथा उच्च प्राथमिकताको साथ ३ दिन भित्र क़ानूनी तथा आधिकारिक राहदानी (पासपोर्ट ) उपलब्ध गराउन आब्हान गरिएको छ l

र यस बिषयमा बिस्तृत जानकारी लिन नेपाल अमेरिकन भकुण्डो टोलीका संयोजक चंद्र लामा संग संपर्क गर्न बिशेष आग्रह गरिएको छ l संयोजक चंद्र लामाले अनिवार्य रुपमा कागजात बुझाउनु पर्ने र धेरै काम गर्नु पर्ने भएकोले यसलाई गंभीरता पुर्वक लिन आग्रह समेत गरेका छन l र, छनौट भएका सबै खेलाड़ीहरुलाई पूर्व अभ्यास समेत गराउनु पर्ने हुनाले आगामी दिसम्बर २४ तारीख देखि नै पुनः खेलाडीहरु डीसी आउनु पर्ने बताए l

एएनए ,नेपाली अमेरिकन सकर (भकुण्डो )टोली नामक उक्त टोली आगामी जनवरी १२ तारीख नेपाल उड़ने छ l गत दिसम्बर १७ तारीख डीसीमा भएको छनौटको खेलमा सबै खेलाडीलाई हौसला प्रदान गर्नुको साथै अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि )ले शुभकामना दिएका थिए l

सहारा क्लब द्वारा आयोजना हुने आहा गोल्ड कप प्रतियोगिता सन् २००२ देखि संचालनमा रहेको छ भने उक्त प्रतियोगितामा नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ l उक्त खेलमा अमेरिका बाट प्रथम पटक अमेरिकामा जन्मेका दोश्रो पुस्ताका खेलाड़ी सहित अन्य खेलाड़ीहरुले आहा गोल्ड कप खेल्ने छन l

अमेरिकामा सन १९८३ मा स्थापना भएको दी एसोसिएसन अफ नेपालीज इन अमेरिका ( एएनएन) को यो एक महत्वकांक्षी परियोजना हो l

प्रतिक्रिया