सामाजिक सञ्जाल प्रयोगकर्ता एकतर्फी हुने ट्रेण्ड बढ्दो छ – पत्रकार दिनेश डिसी

इनेप्लिज २०७३ पुष ३ गते १५:२२ मा प्रकाशित

अन्तरक्रिया कार्यक्रममा बोल्दै आइसिटी पत्रकारीता २०१६ बाट सम्मानित आवाजको दुनियाको साथी दिनेश डिसीले भने अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु एकतर्फी बहिरहेका छन् । विषयवस्तुको गहन अध्ययन अनुसन्धान र ज्ञान बिना नै सोसल मिडियामार्फत बहकिने अवस्थालाई राम्रो गर्नेहरुलाई टिक्न गा¥हो भइरहेको छ । जसको ठूलो मार पत्रकारहरु खेपिरहेका छन् । स्रोतका कुरालाई सम्प्रेषण गर्दा भएका सामान्य कुरालाई उल्टा पुल्टा तन्कााएर बढाई चढाई गर्ने प्रबृत्ति सामाजिक प्रयोगकर्ताहरुमा छ र त्यही सिको व्यवसायिक ट्रेण्डमा नआएका सोसल मिडियाले सूचना स्रोत मानी सम्प्रेष्ण गर्दा त्यसको मार राम्रो काम गरिरहेकााहरुको टाउकोमाथि एकैपटक ब्रजपात परिरहेको छ । सामाजिक सञ्जालमा चलेको तरकालीवाली र सुमन भाईको विषयले बिना अर्थ चर्चा पाउँदा सामाजिक सञ्जाल कतै नेपाली समाज प्रतिकुल बन्दै गएको त होइन भन्ने आभास भइरहेको छ । त्यस्तै अनर्गल हेडलाइन समाचारले व्यक्तिको मान प्रतिष्ठामा नराम्रो असर पु¥याइदिएको छ । त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ता र सोसल मिडियाकर्मीहरु संयमित भई विषयवस्तुप्रति प्रस्तुत भइदिनुपर्यो भन्ने मेरो आग्रह छ । जसबाट सबैको भलाई र कल्याण हुनेछ ।

 
माननीय संस्कृति पर्यटन राज्यमन्त्री इन्द्र बहादुर बानियाले सूचना सञ्चार प्रविधि सूचनाको संवाहक, विकासको आधार भएकोले सूचना प्रविधिलाई राज्यले पहिलो प्राथमिकता दिनुपर्ने बताए । सूचना सञ्चार प्रविधिको विज्ञ आफू नभए पनि इटरनेटको माध्यमले सामाजिक सञ्जाल र सोसल मिडियाको विकास क्रमलाई बढ्दै जादा यसको दुरुपयोग पनि बढिरहेकोले यसको सही प्रयोगमा लागि सरकारको नीति स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
सोसल मिडिया सञ्चालन निर्देशिका जारी भइसकेको बताउदै प्रेस काउन्सिलका अध्यक्ष बोर्ण बहादुर कार्कीले अनलाइन मिडियामा राम्रो गर्नेलाई प्रोत्साहन गर्ने नीति प्रेस काउन्सिल नेपालको रहेको उल्लेख गर्दै अब सामाजिक सञ्जाल प्रयोगकर्ता र अनलाइन मिडियाकर्मीहरु बेलैमा सचेत हुन जरुरी छ, नभए जुनसुकै बेला निर्देशिका र आचारसंहिता उल्लंघनको कारवाहीमा पर्न सक्छ, कार्कीले भने । सोसल मिडिया व्यवस्थापन अहिलेको मुख्य चुनौती भएको बताउदै अध्यक्ष कार्कीले हचुवाको भरमा अनलाइन मिडिया सञ्चालन गर्ने परिपाटीले सोसल मिडियाको दुरुपयोगलाई बढाएको बताए ।

सामाजिक सञ्जाल र सोसल मिडिया एकतर्फी बहिरहेको छ  – तुलसी थापा मानवअधिकारवादी


अन्तरक्रिया कार्यक्रममा बोल्दै मानवअधिकारवादी तथा माानवअधिकार परिषद् नेपालका अध्यक्ष तुलसी थापाले सोसल मिडियाले सूचना र समाचार संम्प्रेषण गर्दा मानवअधिकारको पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक सञ्जालमा पोष्ट भएका सामान्य विषयवस्तुमा ख्यालै नगरी प्रतिक्रिया दिदा त्यसको परिणाम के हुन्छ भन्ने कुराको अलिकति पनि हेक्का नहुदा त्यसले व्यक्ति परिवार, समाज र देशमा सृजना गराउने अवस्थाले मानवअधिकारवादीहरु बढी चिन्तित हुन थालेका छन् । एकोहारो रुपमा मैले गरेका कुरा सही भन्ने प्रवृत्ति सामाजिक सञ्जाल प्रयोगकर्ता र सोसल मिडियाकर्मीहरुको हुँदा सामाजिक सञ्जाल र सोसल मिडिया एकतर्फी बहिरहेको छ । यस्तो प्रबृत्तिलाई बेलैमा रोक्न प्रयोगकर्ता सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने देखिन्छ भने सम्बन्धित निकायको कडा अनुगमनको खाँचो छ ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक सञ्जालमार्फत कसरी साइवर अपराधका घटनाहरु भइरहेको छ भन्ने बारेको ज्ञान र चेतनामुलक प्रस्तुतीकरण इन्फोसेक नेपालको तर्फबाट चिरञ्जिवि अधिकारीले दिनुभएको थियो । स्पाम मालवेयर नामक भाइरसहरुको नामबाट फिसिग ह्याकिग  मार्फत हाम्रो डाटाहरु चोरी हुने गरेको जानकारी दिदै साइवर सुरक्षामा अब विशेष चनाखो हुनुपर्ने अधिकारीले बताए ।

प्रकाशमान सिंह र राज्यमन्त्री इन्द्र बहादुर बानियाँलाई मायाको चिनो प्रदान

आइसिटी वार्षिकोत्सव समारोह अन्तरक्रिया तथा आइसिटी सम्मान २०१६ कार्यक्रमका प्रमुख अतिथि नेपाली कँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह ज्यू लाई
र विशष्टि अतिथि माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्र बहादुर बानियाँलाई आइसिटी पत्रकार विकास मञ्चका अध्यक्ष भरतराज उप्रेतीले वार्षिकोत्सव समारोहका उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाइदिनुभएकोमा हार्दिक आभार कृतज्ञता व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो ।
आइसिटी पत्रकार विकास मञ्चको छैटौ वार्षिकोत्सव समारोह अन्तरक्रिया तथा सम्मान कार्यक्रम २०१६ का प्रमुख अतिथि नेपाली कग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, विशष्टि अतिथि माननीय राज्यमन्त्री (संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयका) इन्द्र बहादुर, बानिया, अतिथिहरु बोर्ण बहादुर कार्की, गृह मन्त्रालयका उप–सचिव होमनाथ थपलिया, सिपी भट्टराई, आम नागरिक उपभोक्ता सहकारी संस्थाका अध्यक्ष, खेमराज ढकाल, उपेन्द्र कुमार रावत लगायतका आइसिटी तथा सामाजिक क्षेत्रका प्रमुखहरुको सहभागीता रहेको थियो ।
नेपालमा पछिल्लो समय अनलाइन मिडिया सञ्चलानसँगै अनलाइन पत्रकारीता बढ्दो छ । वेभ प्रविधि र इन्टरनेटको प्रयोगले अनलाइन मिडियाको विकासक्रमलाई बढाएको हो । सञ्चार क्षेत्रमा अनलाइन मिडिया सञ्चालनमा आउनु र पत्रकारीता पेशा बन्नु नेपालको पत्रकारीता क्षेत्रको महत्वपुर्ण उपलब्धि मान्नुपर्दछ तर अनलाइन मिडिया विकासले सिर्जना गरेको पत्रकारीताको अवसरसँगै यसका चुनौतीहरु थपिदिएको छ । अनलाइन पत्रकारीताको मर्म भावना वीपरितका अनर्गल समाचारहरुले अनलाइन मिडिया र पत्रकारीताकै नाक काटिदिएको छ । नैतिक चरित्र हत्याका हेडलाइन समाचार, आधिकारिक र प्रमाणबिनाका तथ्यहीन समाचारहरु अनलाइन मिडियाबाट प्रकाशित हुने गरेका अधिकाश समाचार लिंकहरु फेसबुक, ट्वीटर लिङदेन जस्ता सोसल साइटहरुमा छिन छिनमा आइररहदा नेपाली पत्रकारीताको शान गिराउदै लगेको
छ ।
यस्तो अवस्थामा अनलाइन सञ्चालक, सम्पादक र संवाददाताहरुले पत्रकारीताको मर्म र भावनालाई मनन गर्दै व्यवसायिक पत्रिकारीताको ट्रेण्ड बसाल्दै नयाँ पुस्तालाई सत्य तथ्यपरक समाचार र जानकारीहरु सम्प्रेषित गर्नका लागि एकबद्ध भएर लाग्नुको विकल्प छैन भने सरकारको सरोकारवाला निकायले पनि स्वच्छ मर्यादित र व्यवसायिक अनलाइन पत्रकारीताको व्यवस्थापन गर्दै अनुगमन र नियन्त्रणलाई कडाईका साथ अख्तियार गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
यसै विषयलाई मध्यनजर गरेर आइसिटी पत्रकार विकास मञ्चले सोसल मिडियाको सही प्रयोग विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो

प्रतिक्रिया