नासो कम्यूनिटी अमेरिकाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७३ पुष ३ गते ०:०६ मा प्रकाशित
प्रेस विज्ञप्ति
मितिः १७  डिसेम्बर २०१६
सानोवाङथली ७, काभ्रेकी ३२ वर्षीय लक्ष्मी परियार, २०७३ मङ्सिर २० गते स्थानीय शिक्षक हिरा लामा र निजकी आमा काइलीमाया लामा लगायतले मलमुत्र खुवाइ कुटपिट गरिएका कारण मङ्सिर २४ गते मृत्यु भएको घटनाले नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी ९नासो० लयागत विश्वभरीका नेपालीहरु तथा आम न्यायप्रेमी विश्व समुदाय स्तब्ध भएका छन् । यो घटनाले हामी सवैको शिर झुकाएको छ र लोकतन्त्र र न्यायप्रति लज्जाबोध गराएको छ । यस घटनाको हामी घोर भत्सर्ना गर्दछौं ।
नासो कम्यूनिटी अमेरिकाले यस घटनालाई जातीय विभेदको आडमा भएको मानवता विरुद्धको घोर अपराधको रुपमा लिएको छ । एउटी दलित महिला माथि यति अमानवीय, क्रुर र बर्बर घटना हुनु अत्यन्त निन्दनीय छ । यसले राष्टि«««य र अन्तराष्टि««य कानुनको खिल्ली उडाएको छ । दलित तथा उत्पीडित समुदाय माथि श्रृंखलाबद्ध विभेद र हत्याले राज्यको उदाशिनताको वोध गर्दछ । जनताको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी प्रशासनबाटै घटनाको ढाकछोप गरीनुले विधिको शाशन माथि प्रश्न उठेको छ । तसर्थ, प्रहरी प्रशासनको यस्तै प्रवृति कायमै रहे देश अमmै दण्डहिनतातिर लम्किने प्रस्ट छ । त्यसैले हामी नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।
घटना भएको यतिका दिन सम्म पनि सत्य तथ्य बाहिर नल्याउनु र घटनामा संलग्न दोषिहरुलाई कार्वाही प्रक्रिया अगाडि नबढाउनु राज्यको चरम लाचारीपना हो । त्यसैले घटनामा संलग्न दोषिहरुलाई यथाशिघ्र कार्वाहीको हामी जोडदार माग गर्दछौं । साथै, पिडित वस्तीमा डर, त्राश र प्रमाण मेटाउन अन्य अर्को अपराधिक घटना हुने प्रवल साम्भावना रहेको हुनाले, उक्त वस्तीमा शान्ति सुरक्षा कडा बनाईयोस् भनी नेपाल सरकारसंग जोडदार माग गर्दछौं । यस्ता घटनाहरुमा बारम्बार रज्यले उदासिनता देखाई रहे नासो कम्यूनिटी अमेरिका लगायतका संघसंस्थाहरु न्यायका लागि अन्तराष्टि««य अदालतसम्म जान सक्ने चेतावनी पनि दिन चाहान्छौं ।
पिडित परिवारलाई उचित क्षतिपूर्ति र मृतकको बाल बच्चाको संरक्षण राज्याबाट गरिनु पर्दछ । राज्यवाट उक्त पिडित बालबच्चाहरुको संरक्षण पाउनु उसको संविधान प्रद्धत्त र सर्वव्यापी वाल अधिकार हो । तसर्थ उक्त बालबच्चाहरुको निशुल्क शिक्षा र सम्पुर्ण लालनपालनको ग्यारेन्टि हामी नेपाल सरकारसंग माग गर्दछौं ।
संयुक्त राजनीतिक दलित संङघर्ष समिति र दलित नागरिक समाज लगायत विभिन्न अधिकारिकर्मी संघ- संस्थाहरुले गरेको आन्दोलन र मागहरु प्रति नासो कम्यूनिटी अमेरिका ऐक्यबद्धता जनाउदै यसप्रकारका घटनाहरु दोहोरिन नदिन निरन्तर दबाब र खबरदारीका लागि नेपालका आम राजनीतिक दल, राजनीतिक भातृ सङ्गठनहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, नागरिक समाज, प्रवासमा रहेका दलित तथा उत्पीडित संघ संस्था, गैरआवसीय संघ संगठन र आम सञ्चार क्षेत्रलाई हार्दिक अपील गर्दछौं ।
गोपाल विश्वकर्मा
अध्यक्ष
नासो कम्यूनिटी अमेरिका
४४३-३८६ -७०४९

प्रतिक्रिया