अमेरिकामा किन किशोर/किशोरी सवारी दुर्घटनामा परी ज्यान गुमाउछ्न ? उपाय सहित

इनेप्लिज २०७३ पुष २ गते २१:५२ मा प्रकाशित

bj-1

सवारी दुर्घटनाका समाचार या लेख लेख्न बस्दा मन खिन्न हुन्छ l सूचना तपाईको अधिकार तर सूचना दिनु पनि संचारकर्मिको कर्तव्य र धर्म हुन्छ l सामाजिक सचेंतनामा सदैब खबरदारी गरी रहने राष्ट्रको चौथो अंग पत्रकारिता पेशामा संलग्न पत्रकारले सत्य र तथ्य समाचारलाई सतह बाहिर ल्याउनु पर्छ l

नेपाल बाट परिवारको प्रतिनिधित्व गर्दै अनेकौ स्वर्णिम सपना बोकेर आएका कलिला किशोर किशोरीहरुको सवारी दुर्घटनाको समाचारले सबै नेपालीलाई दुखित बनाएको छ l यो पंक्तिकारले यसै बिषयमा कलम चलाई रहेको सर्ब बिदितै छ भन्ने लागेको छ l

छोटो समयको अवधी भित्र अमेरिकामा सवारी साधन दुर्घटनाका आफैले लेखेको समाचारले सबै नेपालीलाई दुखित बनाएको कुरा महसूस गरेको छू l यस्तो दुखित समाचार सुन्नु कहिले नपरोस भन्ने चाहना सबै नेपालीको हुन्छ l

अमेरिकामा किशोर कोशोरी एक दिन बिराएर अर्को दिन सवारी दुर्घटनामा मृत्यु भए पछि अमेरिकामा किन किशोर/किशोरी सवारी दुर्घटनामा परी ज्यान गुमाउछ्न भन्ने बिषयमा आफुले जानेका केहि कुराहरु राख्न अनुमति चाहन्छु l

विश्वमा सबै भन्दा सवारी साधन दुर्घटना हुने देश दक्षिण पश्चिम अफ्रिकी देश नामिबिया हो l तर बिश्व मै सबै भन्दा ज्यादा सडक दुर्घटनामा ज्यान गुमाउने देश सयुक्त राज्य अमेरिका हो l आखिर अमेरिकामा किन १५ देखि २० बर्षका किशोर किशोरीहरु सवारी दुर्घटनामा पर्छन l

किन बारम्बार यातायात नियम उल्लंघन गर्छन l किन उनीहरुको चालक अनुमति पत्र खारेजी हुन्छ l किन प्रहरीले सवारी साधन कुदाउन प्रतिबन्ध लगाई दिन्छ l आखिर किन यहि उमेरका किशोर तथा किशोरीहरु शिकार हुन्छन l १४ देखि १९ बर्षका लाई टिनएज अर्थात् किशोर अवस्था भनिन्छ भने अमेरिकामा १५ देखि २० बर्ष सम्मलाई यो उमेरमा संलग्न गरिन्छ l

अमेरिकामा अभिभावकले किशोर अवस्थाका आफ्ना सन्तानलाई सवारी साधनको चाबी प्रदान गर्नु अगाडी यातायात बिभागको तथ्यांक बारे अध्ययन गर्नु भनि पुस्तकमा लेखिएको हुन्छ l अभिभावकले उनीहरुलाई गाडी दुर्घटना बारे जानकारी दिए पछि मात्र चाबी हस्तान्तरण अधिकांसले गर्ने गरेको देखिएको छ l

अमेरिकामा बिद्यार्थीहरुलाई सवारी साधन बारेमा पाठशालामा पनि राम्रो ज्ञान दिइन्छ l यसो भएता पनि किन फेरी अत्यधिक दुर्घटनामा यिनै उमेरका किशोर तथा किशोरीहरु दुर्घटनामा पर्छन त आखिर ? बार्षिक रुपमा अमेरिकामा औसत करिब ४३ हजारको सवारी दुर्घटनामा ज्यान जाने गरेको तथ्यांकले देखाएको छ भने ४० प्रतिसत मदिरा सेवन बाट ज्यान जाने गरेको छ l

सबै भन्दा खतरा नै किशोर अवस्थाका केटा या केटी बाट साबधान अपनाउनु पर्ने हुन्छ l अमेरिकाको कानुन कडा भएता पनि कानुन उल्लङ्घन गर्नेको पनि कमि छैन l कानुन देखि डराउछन र कानुनको पालना गर्छन l तर १५ देखि २० बर्षका किशोर किशोरीहरुको उमेरको कारण ज्यादा गाडी दुर्घटना आफैले निम्त्याउछन l

नेपाली किशोर तथा किशोरीहरु पनि अछुतो रहेका छैनन् l अनुमति चालक पत्र खारेजी हुनु को साथै निलम्बित पनि हुन्छ l ज्यान गुमाएको समाचार हामीले हिजो आज नै पढेका छौ l

अमेरिकामा १८ बर्ष भए पछि किशोर या किशोरी स्वतन्त्र हुन्छन l कानुन कडा भएकोले आफ्ना सन्तानलाई सम्झाउन ठुलो स्वर बनाउन पनि प्रतिबन्धित भएकोले टेर्न पनि छोड्ने देखिएको छ l यो उमेरमा दम्भ पनि रहन्छ l यो उमेरका ठिटा ठिटीले बाबु आमाको कुरा पनि सुन्न चाहदैनन् l र ,मै हु भन्ने भावना पनि रहन्छ l तर यो कुरा सबैमा लागू हुँदैन l नेपाली समुदायमा तुलनात्मक रुपमा आज्ञाकारी हुन्छन किनभने उनीहरु १८ बर्ष काटे पनि आमा बुवा सँगै बस्दछन l

यस्ता उमेरका नेपाली किशोर किशोरीहरु पनि यहाको कानुन बिस्तारै बुझ्दछन l अनि साथी संगतमा फस्दछन र अमेरिकन संस्कृतिमा हुर्कन्छन l अमेरिका आएको केहि बर्षमा नै यहाँ जन्मेको अमेरिकन भन्दा उनीहरु ज्यादा अमेरिकन भै दिन्छन l उनीहरुमा घमण्ड भित्रिने गर्छ l

अमेरिकामा स्थापना भएका स्वस्थ्य अनुसन्धान तथा खोज गर्ने संस्थाहरुले यो उमेरमा किशोर तथा कोशोरीहरुमा आक्रमक ,जुझारु ,तनाबपूर्ण तथा उदासीपन हुनुको कारण शरीरमा एक प्रकारको हर्मन (रसायन )को वृद्धिले गर्दा हुन्छ भनि तथ्यांक देखाएका छन् l

किशोर अवस्थामा हर्मोनको परिवर्तनको कारण मस्तिष्कमा ठुलो परिवर्तन पनि आउने हुन्छ र जसको कारण गम्भीर मानसिक समस्या उत्पन्न हुन्छ l यस समयमा अभिभावकले ध्यान दिन जरुरि हुन्छ l

अमेरिकन फ्यामिली फिजिसियनले अनुसन्धान अनुसार १५ प्रतिसत किशोर अवस्थामा एक प्रकारको उदासी (डिप्रेसन) को लक्षण पनि देखा पर्दछ l ९ देखि १७ बर्ष सम्म उमेरका किशोरहरु करिब ५ प्रतिशत उदासी समस्या बाट ग्रस्त हुन्छन l

अमेरिकामा १८ बर्ष देखि आमा बुवा संग छुटिएर बस्न थाल्ने परिपाटी भएकोले त्यसमा पनि सवारी साधन चलाउदा र स्वतन्त्र ज्यादा खोज्ने हुदा दुर्घटनामा पर्दछन l यी निम्न कारणले वस्तुत: किशोर किशोरीहरु सवारी साधन दुर्घटनामा पर्छन र ज्यान गुमाउने गर्छन l

सबै भन्दा ठुलो दुर्घटना सवारी साधन चलाउदा संचार माध्यमका उपकरण प्रयोग गर्नु नै दुर्घटना निम्त्याउने तथ्यांकले देखाएको छ l अमेरिकाको एक तथ्यांक अनुसार झन्डै ३३ प्रतिसत उच्च बिद्यालयका बिद्यार्थीहरु गाडी कुदाएको बेलामा टेक्स (संदेश )तथा बिधुतीय डाक गर्ने गर्छन भने १५ देखि १९ बर्षका किशोरहरु विक्षिप्त (डिसट्रयाकटेड ) भै १२ प्रतिसत खतरापूर्ण दुर्घटनामा पर्ने गर्छन l

गाडी कुदाएको बेलामा सेलफोन (भ्रमण ध्वनि)मा कुराकानी गर्दा दुर्घटना हुने दोब्बर सम्भावना हुने हुन्छ l र ,यसको साथै गाडी हाकी रहेको समयमा २० बर्ष मुनि उमेरकाले गाडी भित्र नै श्रंगार गर्दा अत्यधिक प्रतिसत ध्यान पुग्न नसकी दुर्घटना हुने हुन्छ l

५६ प्रतिसत किशोरले गाडी कुदाई रहेको बेलामा दोहोरो कुराकानी कुरा गरेको स्वीकार गर्छन भने १३ प्रतिसतले टेक्स (संदेश)गर्ने गरेको कबुलेका छन् l यसै गरि ३४ प्रतिसत १६ देखि १७ बर्ष उमेरकाले कार कुदाई रहेको समयमा दोहोरो संदेश चल्ने बताएका छन् भने १२ देखि १७ बर्षका बाल बालिकाले ४८ प्रतिसत सन्देश आदान प्रदान गर्ने तथ्यांकले देखाएको छ l

अमेरिकामा २१ बर्ष नभै मदिरा सेवन गर्न पूर्ण निषेधित भए पनि गोप्य रुपले किशोर तथा किशोरीहरु मदिरा सेवन गरि सवारी साधन कुदाउने गर्ने गरेको देखाएको छ l जसको कारण यि उमेरका किशोरहरु १ चौथाई भयङ्कर दुर्घटनामा केवल मदिरा सेवन गरि गाडी चलाएकोले देखिएको छ l

५.८ प्रतिसत १६ देखि १७ बर्ष उमेर तथा १५ .१ प्रतिसत १८ देखि २० बर्ष उमेरकाले सवारी साधन कुदाएको बेलामा मध्य पानको प्रभावको कारण ठुलो दुर्घटनाको शिकार हुन्छन l यसै गरि उच्च माध्यमिक बिद्यालयका बिद्यार्थीहरु करिब ८.२ प्रतिसतले मदिरा सेवन गरि गाडी कुदाईएको पाईएको छ भने १२ कक्षाका १३. ५ प्रतिसतले मध्यपान गरि गाडी कुदाउछन l सानो उमेरमा मदिरा सेवन गरि गाडी कुदाउनेको गाडी दुर्घटना हुने ७ गुणा ज्यादा हुने सम्भावना हुन्छ l

१५ देखि २० बर्ष उमेरका चालकहरु ३३ प्रतिसत शरीरमा अल्कोहलको मात्रा को सिमा नाघेको कारण मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ l यस्तै गरि ६० प्रतिसत युवा चालकहरुले सवारी साधनमा पेटी नलगाएको कारण दुर्घटनामा पर्छन भने ७० प्रतिसत युवा चालकहरु कम उमेरमा मदिरा सेवन गर्दै पेटी पनि नलगाई गाडी हाक्ने क्रममा मृत्यु हुने गरेको छ l

यसरि गरि २७ प्रतिसत किशोरहरु ठुलो दुर्घटनामा मदिरा सेवन गरि पर्छन भने किशोरको तुलनामा किशोरीहरु केवल १५ प्रतिशतले मात्र डरलाग्दो दुर्घटनामा पर्ने गरेको देखाएको छ l

अमेरिकामा सवारी साधन नभै जीवन बिल्कुलै चल्न मुस्किल हुन्छ l र यो सबै ठाउँको लागि लागु हुदैन l ठुला शहरमा रेलगाडी बाट पनि काम चलि रहेको हुन्छ l किशोर अवस्थामा आफना सन्तानहरुलाई माथि उल्लेखित गरिएका तथ्यांकहरु अभिभावकले ज्ञान लिन सक्नु पर्छ l सन्तानलाई बुझाउन र उत्प्रेरणा गर्न सके सवारी साधन दुर्घटना कम हुनुको साथै अमुल्य जीवन बचाउनमा अवश्य सहयोग पुग्ने छ l

भर्खर सवारी साधनमा दुर्घटना भई मृत्यु हुनेको सन्दर्भको सेरोफेरोमा लेखिएको हैन ,सूचना दिने अभिप्रायले प्रकाशित गरिएको लेख मात्र हो l 

प्रतिक्रिया