डीसीमा आख्यान शंखधर साख्वाको प्रथम अनुप्राणित नेपाली चलचित्र शंखधरया बाखं” प्रदर्शन

इनेप्लिज २०७३ पुष २ गते १३:२१ मा प्रकाशित

15492344_10154845628798069_916076554951965293_n

डीसी महानगर क्षेत्रमा क्रियाशील रहेको नेवा समुदायको चर्चित सामाजिक संस्था नेवा : ऑर्गनाइजेसन अफ अमेरिकाले गत दिसम्बर ११ तारीखमा शंखधर साख्वाको प्रथम अनुप्राणित( एनिमेटेड) नेपाली चलचित्र शंखधरया बाखं” प्रदर्शन गरेको छ l

उक्त चलचित्र भर्जिनिया को फेयर फ्याकस स्थित सिनेमा आर्ट्स मा प्रदर्शन गरिएको थियो भने उक्त चलचित्र हेर्न १ से २० भन्दा ज्यादा नेवा समुदाय तथा आमंत्रित दर्शकले प्रथम प्रदर्शन अवलोकन गरेका थिए l

shanka_prem_fair_32

उक्त चलचित्र हेर्न अमेरिका का लागि नेपाली राजदूत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) आएका थिए भने राजदूत कार्कीले शुभकामना मन्तब्य को साथै अनुप्राणित नेपाली चलचित्र बनाउनेको प्रसंशा गरेका थिए l

संस्थाका अध्यक्ष राम लाल श्रेष्ठले चलचित्रको महत्व बारे प्रकाश पार्नुका साथै चलचित्र हेर्न आउने सबैलाई धन्यवाद दिएका थिए l र ,उनले यो चलचित्रले नेपाल संबत र शंखधर साख्वाको बारेमा आउने पुस्ताले केहि बुझ्ने र ज्ञान हासिल गर्ने कुरामा आफ विश्वस्त भएको बताए l

shanka_prem_fair_2

संस्थाका महा सचिब महिंद्र प्रधानले कार्यक्रम सञ्चालन गरेका थिए भने रोशन आल श्रेष्ठ तथा पुष्कर प्रजापतिलाई चलचित्र अमेरिका ल्याउन सहयोग गरेकोमा एनओएले धन्यबाद दिएको छ l चलचित्रलाई प्रायोजन गर्ने एरो नेपाल ट्राभल तथा एयरजोन ट्राभल तथा अन्य सहयोगीलाई धन्यबाद दिएको छ l

यसै गारी यास चलचित्रका निर्देशक ,निर्माता बेलायतमा बसोबास गर्ने संयुक्त श्रेष्ठ तथा निर्माण टोली यंत्रकलालाई अमेरिकामा आफ्नो संस्था नेवा : ऑर्गनाइजेसन अफ अमेरिकालाई मौका दिएकोमा कृतज्ञता ज्ञापन अध्यक्ष राम लाल श्रेष्ठले आफ्नो तर्फको साथै संस्थाको तर्फ बाट दिएका छन l अध्यक्ष श्रेष्ठले अमेरिकामा प्रदर्शन गर्न चाहनेले नेवा : ऑर्गनाइजेसन अफ अमेरिका संग संपर्क गर्न आग्रह समेत गरेका छन l

shanka_prem_fair_22 15541511_10154845628928069_6881355566531583398_n

प्रतिक्रिया