सोमबार, असार ७ २०७८
काठमाडौं ०३:०६
वासिङटन डिसी 17:21

संशोधन प्रस्ताव विफल बनाउन प्रमको चुनौती

इनेप्लिज २०७३ पुष १ गते १३:०१ मा प्रकाशित

pmपोखरा, १ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावाई विफल बनाएर देखाउन नेकपा(एमाले)लगायत विपक्षी दललाई चुनौती दिनुभएको छ ।

माओवादी केन्द्र प्रदेश नं ४ को प्रशिक्षण भेलालाई आज यहाँ सम्बोधन गर्दै उहाँले संशोधन प्रस्तावलाई मतदानको प्रक्रियाबाट विफल बनाए सरकार सहर्ष स्वीकार गर्न तयार छ भन्नुभयो । प्रधानमन्त्रीले संसद्को अवरोध र सडक आन्दोलन छाडेर समझदारीमा आउन विपक्षी दलसँग आग्रह गर्नुभयो ।

पार्टी प्रदेश नं ४ का इन्चार्ज देव गुरुङको अध्यक्षतामा भएको सो भेलामा पार्टी नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टी सङ्गठन अनुशासित र मर्यादित हुन सके मात्रै नेपाली जनताको सहयोग रहिरहने र पार्टी सङ्गठन बलियो हुने विचार व्यक्त गर्नुभयो ।

एकदिने सो प्रशिक्षण कार्यक्रममा प्रदेश नं ४ का ४२५ केन्द्रीय सदस्यको सहभागिता थियो ।

प्रतिक्रिया