सोमबार, असार ७ २०७८
काठमाडौं ०३:१९
वासिङटन डिसी 17:34

संविधान कार्यान्वयनका लागि निर्वाचन एक मात्र विकल्पः मन्त्री पौडेल

इनेप्लिज २०७३ पुष १ गते १२:२० मा प्रकाशित

dhaniram-poudelदाङ, १ पुस । शिक्षामन्त्री धनिराम पौडेलले अहिलको अवस्थामा संविधान कार्यान्वयनको एक मात्र विकल्प स्थानीय, प्रदेश र संसद्को निर्वाचन भएको बताउनुभएको छ ।

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो — ‘संविधान कार्यान्वयनको सवालमा कुनै पनि दल निर्वाचनबाट भाग्न हुँदैन ।’

मन्त्री पौडेलले सरकार निर्वाचनको तयारीमा जुटेको बताउँदै यसका लागि कानुन, ऐननियम बनाउने काम तिव्र रुपमा भइरहेको छ भन्नुभयो ।

केही दलले पुरानै संरचनाका आधारमा निर्वाचनमा जान सक्ने भनिए पनि मुलुक सङ्घीयतामा गइसकेकाले सङ्घीयताका आधारमा निर्वाचनमा जाँदा राम्रो हुने उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले शिक्षामा देखिएका विकृतिलाई राष्ट्रिय शिक्षा आयोगबाट समाधान गर्नुपर्नेमा जोड दिदैं शिक्षा नै हरेक क्षेत्रको विकासका आधार भएकाले यसको विकासले मात्र सामाजिक उत्तरदायित्व पूरा गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया