शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:४१
वासिङटन डिसी 08:56

आहा रारा गोल्ड कप बारे एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीको सन्देश तथा निमन्त्रणा

इनेप्लिज २०७३ पुष १ गते २:३७ मा प्रकाशित

aha-khagendra

अमेरिकामा जन्मेका दोश्रा पुस्ता सहितको नेपालीज अमेरिकन सकर टोलीलाई हौशला तथा प्रोत्साहन दिन डीसी बासी नेपाली समुदायलाई एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले यसै मार्फ़त चुलो निम्तो दिएका छन l

आगामी जनवरी १७ तारीख देखि २८ तारीख सम्म पोखरामा आयोजना हुने अंतर राष्ट्रीय स्तरीय आहा गोल्ड कपको लागि छनौट प्रक्रिया आगामी दिसम्बर १७ तारीख डीसी क्षेत्रको भर्जिनियामा हुने भएकोले दी एसोसिएसन अफ नेपालीज इन अमेरिका (एएनए)का वरिष्ठ उपाध्यक्ष अधिकारीले संस्थाको तर्फबाट उपस्थितिको लागि आब्हान गरेका छन l

भर्जिनियाको फेयर फ्याक्सको ड्रापर ड्राइब पार्कमा छनौट प्रक्रियाको लागि अमेरिकाका बिभिन्न राज्यहरु बाट बाट झन्डै पचासौ खेलाड़ीहरु जम्मा हुने जानकारी अधिकारीले दिएका छन भने त्यस मध्येमा जम्मा १८ जना खेलाड़ीहरुको छनौट हुने बताए l छनौट पूर्ण निष्पक्ष तथा खेलाड़ीको प्रदर्शन अनुसार छनौट हुने र नेपाल जाने सकर टोली बन्ने बताए l

अधिकारीले संस्थाले यस बिषयमा पहिला नै सोच गरि रहेता पनि अंतत्वगत्वा एएनए को सपना साकार हुन सकेकोमा हर्ष ब्यक्त गर्दै अमेरिका बाट नेपाली मुलका खेलाड़ीहरु मातृभूमि पुगी खेल्न लागेको यो पहिलो अवसर भएको बताए l

अमेरिकामा जन्मेका दोश्रा पुस्ताले नेपालमा आयोजना हुने खेल बारे जान्ने मौका पाउनुको साथै मातृभूमि प्रति माया ममता समेत बढ़ने हुन्छ अधिकारीले भने l यसरी अमेरिकाका दोश्रा पुस्ताका खेलाड़ी नेपाल गएर खेल्ने आवत जावत गर्ने बाटो खुलेको बताए l यो अब निरंतर हुने हुँदा आगामी सबैले अवसर पाउने भएकोले नेपाल र अमेरिका बिच एक पूलको काम गर्ने बताए l

यसले नेपाल र अमेरिकाको खेलकूद को साथै खेलाडीहरुको समेत बिकास हुने कुरामा आफु विस्वस्त रहेको बताए l यसले नेपाल सरकारलाई पनि गौरब हुने हुन्छ भन्दै अमेरिका तथा क्यानडाका खेलाडीलाई सहभागी हुन आग्रह पनि गर्दछु भने l

यो कार्यक्रमलाई संयोजन गरि रहेका चंद्र लामा तथा उनका सहयोगीहरुले अहोरात्र काम गरि रहेकोमा हर्ष ब्यक्त अधिकारीले गरेका छन l खेलाडीहरुको लागि प्रबेश आज्ञा (भिसा ) तथा यात्रा कागजात (ट्राभल डाकुमेंट ) समेत बनाउनु पर्ने भएकोले कानून अनुसार उमेर तथा अन्य प्राविधिक कुराहरुमा पनि संस्थाले ध्यान दीई रहेको बताए l

अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित गरि सशक्त नेपाली अमेरिकन सकर टोली बन्ने कुरामा ढुक्क भएको बताए l अन्तर राष्ट्रिय स्तरको आहा गोल्ड कप भकुण्डो प्रति योगिता सन् २००२ देखि संचालनमा रहेको छ भने काठमांडू बाहिर आयोजना हुने महत्वपूर्ण प्रतियोगिता मानिन्छ l

सहारा क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगितामा नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ l

प्रतिक्रिया