गोर्खा बटालियन केन्टमा नयाँ गोर्खा सैनिकहरुलाई सपथ कार्यक्रम

इनेप्लिज २०७३ पुष १ गते ०:३८ मा प्रकाशित

dsc_1816

लण्डन, मंसीर ३० । केन्ट फोक्सटनस्थित दोस्रो गोर्खा बटालियनमा यस बर्ष ९ महिने तालिम सकिएर बटालियन भित्रिएका नयाँ गोर्खा सैनिकहरुलाई पण्डित शंकरमणी नेपालले निशानी माईको कसम खुवाउनुका साथै अफगानिस्तानमा कार्यरत गोर्खा सैनिकहरुले मिसनलाई सफलतापूर्वक सम्पन्न गरी फर्किएको उपलक्ष्यमा बिभिन्न कार्यक्रम सहित उत्कृष्ट सैनिकहरुलाई विशेष अभिनन्दन कदर–पत्र प्रदान गरिएको छ ।

dsc_1849

कार्यक्रम्मा सेकेन्ड बटालियन द रोयल गोर्खा राईफल्समा यस बर्ष भित्रिएका नयाँ सैनिकहरुलाई रेजिमेन्टका पण्डित शंकरमणी नेपालबाट निशानी माईको कसम तथा गोपनियताको सपथ ग्रहण गराएका छन ।

dsc_1846

उक्त कार्यक्रमलाई बिएफबियस गोर्खा रेडियोका प्रस्तोता आशा पुनले प्रत्यक्ष प्रसारण गरेकी थिईन । अफगानिस्तानमा कार्यरत गोर्खा सैनिकहरु गत मंगलबार राति लण्डनको सैनिक विमानस्थलमा अवतरण हुदै सोहि दिन केन्टस्थित फोक्सट्न गोर्खा सैनिक वेस क्याम्पमा आईपुगेका हुन ।

dsc_1842

नेटो संगठन कावुलमा सुरक्षार्थ खटिदा ईमान्दारी, बहादुरी एवं कर्तव्यनिष्ठ भई रेजिमेन्टको मिसनलाई सफलतापूर्वक सम्पन्न गरीएको उपलक्ष्यमा बिभिन्न कार्यक्रम सहित उत्कृष्ट सैनिकहरुलाई विशेष अभिनन्दन कदर–पत्र प्रदान गरिएको हो । यातायात विभागका क्याप्टेन कृष्ण लोकसम, सार्जन्ट रिचर्ड गुरुङ्ग, लेन्सकर्पोल राजु खापुङ्ग, भोजपुर निवासी सार्जन्ट सनत राई, मोरङ्ग बेलबारी निवासी कलर सार्जन्ट योगेन्द्र राई,बटालियनका हरी राई, जीवन विश्वकर्म, रत्न घर्तिमगर, क्युओ जियल आरका लेन्सकर्पोरल राज गुरुङ्ग लगायत उत्कृष्ट सैनिकहरुलाई विशेष अभिनन्दन कदर–पत्र प्रदान गरिएको थियो ।

dsc_1838

हरेक बर्ष विश्वभरका सैनिकहरु विच प्रतिस्पर्धा हुने क्यामव्रियन पट्रोलमा यस बटालियनले स्वर्ण पदक उपाधि चुमेकोमा गणपति मुरेले उक्त समुहलाई बधाई साथै विशेष कदर–पत्रले सम्मान गरेका थिए । सोही बटालियनका धनकुटा निवासी कर्पोरल श्याम सुव्वा र प्रशान्त लिम्बुले यो बर्षको क्यामव्रियन पट्रोललाई लिड गरेका थिए ।

dsc_1835

उक्त समारोहमा गणपति मुरेले रियर ग्रपले पछाडि बसेर आफुहरु रणभूमिमा रहदा ठुलो सहयोग गरेको भन्दै कर्पोरल योगराज लिम्बू, सुवोद थापामगरलाई विशेष पदक प्रदान गरेका थिए । रियर ग्रुपमा रहेर रेजिमेन्टल सार्जन्ट मेजरको भुमिका अति विशिष्ट रुपमा निर्वाह निभाएकोमा वारेन्ट अफिसर टु शिवकुमार राईलाई बधाई दिएका थिए ।

dsc_1816

बेलायतकी बडामहारानिले गोर्खा बटालियनलाई दिएको उपहार निशानी माई क्याप्टेन सोम थुलुङ्गको अघुवामा शपथ ग्रहणकालागि उक्त समारोहमा ल्याएका थिए । शपथ कार्यक्रममा गोर्खा मेजर मेजर गजेन्द्र आङ्देम्वेले नयाँ सैनिकहरुलाई निशानीमाई छोएर कसम खान आदेश दिएका थिए ।

dsc_1793

कार्यक्रमको अन्त्यतीर रेजिमेन्टन सार्जन्ट मेजर वारेन्ट अफिसर वान संगम राईले जाडो महिनाको छुट्टिको घोषण गर्दै नयाँ भित्रिएका सैनिकहरुलाई रेजिमेन्टको कर्तव्य र अनुशासनका बारेमा आफ्ना महत्वपूर्ण भनाई राख्दै नयाँ सैनिक जवानहरुलाई प्रेरित गराएका थिए ।

dsc_1745

बटालियनको तालिकामा आगामी मार्च १४ का दिन भव्य समारोहका साथ मेडल परेड खेल्ने जनाएको छ । उक्त दिन अफगानिस्तानबाट फर्किएका सम्पूर्ण गोर्खा सैनिकहरुलाई नेटो मेडल प्रदान गरीने उल्लेख गरेका छन् । त्यसै समारोहमा दन्द्घ ग्रसित राष्ट्रहरु अफगानिस्तान, ईराक, सेरालियोन जस्ता मुलुकमा ७२० दिन अहोरात्र सुरक्षामा खटिएका केहि सैनिकहरुलाई अति विशिष्ट पदक (अकुमुलेटेड क्याम्पेन सर्भिस मेडल) ले सम्मान पदक प्रदान गरिने स्रोतले जनाएको छ ।

dsc_1743

जुन मेडल चाँदिद्घारा जडित ३० मिलीमिटर मोटाईमा बनेको हुन्छ । उक्त मेडलको स्थापना सन् १९९४ भए पनि यसलाई पुनः सन् २०११मा संशोधन गरिएको थियो । सन् २००८ जनवरी भन्दा अघि यो पदक प्राप्त गर्न हरेक सैनिकले दन्द्घ ग्रसित राष्ट्रहरुमा १०८० दिन सेवा गरेको हुनु पर्दथ्यो ।

प्रतिक्रिया