आइतबार, असार ६ २०७८
काठमाडौं ०३:५१
वासिङटन डिसी 18:06

विश्वका शक्तिशाली १० नेताको सूचीमा मोदी अटाए, शी जिनपिङभन्दा धेरै पछाडी

इनेप्लिज २०७३ मंसिर ३० गते ८:४१ मा प्रकाशित

dsc00196-800x532

काठमाडौं, ३० मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै १० शक्तिशाली नेताको सूचीमा पर्न सफल भएका छन् । अमेरिकाको चर्चित पत्रिका फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको वर्ष २०१६ का सबैभन्दा शक्तिशाली नेताहरुको सूचीमा मोदी ९ औं स्थानमा परेका हुन् । सूचीमा नेपालको उत्तरी छिमेकी चीनका राष्ट्रपति चौथो नम्बरमा परेका छन् । र, दक्षिण छिमेकी भारतका प्रधानमन्त्री मोदी सूचीमा पाँच स्थानले पछि छन् । मोदीलाई भारतीय जनतासमक्ष लोकप्रिय र विश्वका नेताहरु बराक ओबामा, भ्लादिमिर पुटिन र शी जिनपिङ जस्ता शक्ति राष्टाध्यक्षसँग भेटवार्ता गरी विश्वको नेताजस्तै आफ्नो प्रोफाइल बढाएको भन्दै फोर्ब्सले शक्तिशाली नेताको सूचीमा सामेल गरेको बीबीसीले जनाएको छ ।

फोर्ब्सले आफ्नो सूचीमा विश्वका ७४ जना नेतालाई स्थान दिएको छ । जसमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो नम्बरमा छन् । पुटिन यसअघि लगातार तीन पटक पहिलो स्थानमा रहिसकेका छन् । अहिले चौथोपटक पनि फोर्ब्सले पुटिनलाई विश्वमै सबैभन्दा शक्तिशाली नेता घोषित गरेको हो । सूचीको दोस्रो नम्बरमा अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र तेस्रो नम्बरमा जर्मन चान्सलर (प्रधानमन्त्री) एंगेला मर्केल रहेकी छन् । नेपालको उत्तरी छिमेकी चीनका राष्ट्रपति शी जिनपिङ चौथो नम्बरमा परेका छन् । शीलाई विश्वकै उदाउदो अर्थतन्त्रका प्रेरणादाता भनिएको छ । सूचीको पाँचौ स्थानमा क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिस परेका छन् ।

प्रतिक्रिया