अमेरिकामा हातखुट्टा मर्कीदा भाचिँदा पनि किन धरै नपाइने ?

इनेप्लिज २०७३ मंसिर २९ गते २:०६ मा प्रकाशित

bj

अमेरिकामा मानिस सधै तन्दुरुस्त र स्वस्थ बन्न चाहन्छन् । यस बिषयमा निकै संवेदनशील हुन्छन् । अमेरिकाको अस्वास्थ्यकर खाद्य(जंक फ़ूड ,पत्रु खाद्य ) तथा अल्छीपनका कारण मानिस अस्वस्थ पनि निकै मात्रामा हुन्छन् । अमेरिकामा काम गरे पछि मात्र डलर कमाईने हुनाले कामको दबाबले भागदौड़मा जीवन बित्छ l

क्रम निरन्तर चली रहन्छन l अमेरिकामा कमाउने मुख्य मानिस सदैब आफ्नो शरीरलाई केही नहोस् भन्ने चाहना राख्दछन् । कमाउने मानिस आकस्मिक बिरामी पर्यो भने जहाज डुब्ने सम्भावना हुन्छ । झन् चोटपटक लाग्यो र काम गर्न कठिनाइ पर्यो भने झन् आपत । क्षणिक समयका लागि केही स्वास फेर्न पाइएला, तर अलि लामो बिश्राम भने कल्पना पनि गर्न पाइँदैन ।

हातखुट्टामा असर भयो भने निकै ठुलो क्षति बेहोर्नुपर्ने हुन्छ । तसर्थ अमेरिकामा हरेक बर्ष र पटक-पटक मानिसहरूले स्वास्थ्य जचाइरहेका हुन्छन् । अमेरिकामा काल भनेको नै ३० बर्षे घरको थाप्लोको ऋण हो ।  हातखुट्टा भाँचिएको छ भी सहानुभूति राख्दैन बैंकले । बरु लिलाम र घर पनि छोड्नुपर्ने अवस्था आइ लाग्दछ ।

हातखुट्टा भाँचिएको छ बैंकले मान्दैन । ताकेता गरेको गर्यै गर्छ । ३ दशको ऋण नतिरे पानी मुनि लुके पनि ३० बर्षे ऋण मिनाहा हुँदैन । जसरी भए पनि तिर्नुपर्ने हुन्छ। नत्र अमेरिका मा मुश्किलले कमाएको ख्याति (क्रेडिट ) बिग्रे पछि मानिसलाई ठुलो धक्का लाग्छ l यसलाई जोगाउन पनि मानिस आर्थिक कारोबारमा फस्न चाहँदैन l

काम गर्ने घर को मूल मानिस या राम्रो कमाई गर्ने मानिस स्वयम् थला पर्यो भने कसरी थाप्लोको ऋण तिर्ने ? अमेरिकामा साथीभाइ र आफन्तसँग सापटी मागेर घरको ऋण तिर्ने भन्ने हुँदैन । ऋण दिनेको पनि ३० बर्षे किस्ताबन्दी तिर्नुपर्ने हुन्छ । अनि कसरी सापट या पैंचो लिने ? नेपाल जस्तो हातखुट्टा भाँचिदा महिनौं दिनसम्म आराम गर्ने भन्ने प्रचलन नै हुदैँन । किनभने नेपालीहरू ३० बर्षे किस्ताबन्दीको झन्झटबाट मुक्त हुन्छन् ।

सामान्य बिरामी परे एक दुई दिन गयल भएर भए पनि काम चल्छ । तर, हातखुट्टा नै अप्ठ्यारो परे र बिना तलब घर बसे कसरी घर सञ्चालन गर्ने  ? त्यो मुख्य समस्या भै दिन्छ अमेरिकामा । बेतलबी बिदामा बस्ने चलन एकदम न्युनतम हुन्छ । अमेरिकामा तलब नआएपछि कसरी घरको विविध खर्च चलाउने ? एक त बिरामी भर्इ थला परेको, दोश्रो अन्य खर्च तिरेको तिरै गर्नुपर्ने बाध्यता ?

अमेरिकामा हात या खुट्टा भाँचियो या टुट्यो भने पनि काममा दुईचार दिनमै टुप्लुक्क आइपुग्छन् l बाध्य भएर काम सुरु गर्न थाल्दछन् । एक हातले भए पनि काम गर्ने बातावरण बनाउँछन् ।दाहिने हात भाँचिए देब्रे र देब्रे हात भाँचिए दाहिनेले काम गर्न थाल्दछन् ।

व्यवस्थापनले पनि हात या खुट्टा भाँचिएको कर्मचारीलाई त्यहि अनुसारको कामको बाँडफाँड गरिदिन्छन् । खुट्टा भाँचिएर, बैशाखी लगाएर पनि काम गर्न आउँछन् । यसो नगरी धरै छैन । हातखुट्टा भाँचिएको कर्मचारीले आनन्द घरमा बसेर बिताउदैनन । चिकित्सकले पनि लामो बिदाका लागि सिफारिस गर्दैनन् ।

स्वयम् चिकित्सकलाई अमेरिकामा ३० बर्षे थाप्लोको ऋणबारे राम्रो ज्ञान हुन्छ । कामदार पनि घरमा बसेर बेकार मा समय बिताउने बिचार गर्दैनन् । कामदार काममा फर्कने चाहना राख्छन् । काममा आउन बाध्य पनि हुन्छन् । अमेरिकामाँ खुट्टा भाँचिएको २-४  दिनमा नै काममा आएर उनीहरुले सक्ने प्रकारको काम दिने गर्दछन l बेतलबी भन्ने बितिकै सातो जान्छ l आम्दानी भएन भने रातमा निन्द्रा कम पर्छ । सपनामा पनि त्यही ३० बर्षेले घच्घचाइरहेको हुन्छ ।

अमेरिकामा हात भाँचिएको भए पट्टि लगाएर आएको यत्र तत्र देखिन्छ l र खुट्टा भाँचिएको छ भने पनि बैसाखी टेकेर भए पनि काममा आउछन  l यसो गर्नु को पछाडि मस्तिष्कले बोकेको तीन दशकको किस्ताबन्दी नै हो ।अमेरिकाको कटु सत्य र यथार्थता यही हो । स्वस्थ्य प्रति खेलबाड नगरौं l

 

 

 

प्रतिक्रिया