बिहीबार, असार १० २०७८
काठमाडौं ००:१५
वासिङटन डिसी 14:30

डीसीमा नेपाली अमेरिकन सकर टोली छनौटको भब्य तैयारी ,सहभागी हुने सबै खेलाड़ीलाई राहदानी सहित आउन निर्देशन

इनेप्लिज २०७३ मंसिर २८ गते ११:४२ मा प्रकाशित

ana-convention-2011-opening-cere

पोखरामा आयोजना हुने आहा गोल्ड कपको लागि नेपाली अमेरिकन सकर टोली छनौट प्रक्रिया कार्यक्रम आगामी दिसम्बर १७ तारीख डीसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएकोले आयोजक भब्य तयारीमा जुटेका छन l

भर्जिनियाको फेयर फ्याक्सको ड्रापर ड्राइब पार्कमा छनौट प्रक्रिया बिहान ९ बजे देखि १ बजे सम्म हुने छ l आहा गोल्ड कपको लागि आगामी जनवरी १२ तारीखमा छनौट प्रक्रियामा सफल भएका १८ जना खेलाड़ीहरु नेपाल उड़ने छन l

यो कार्यक्रमलाई संयोजन गरि रहेका चंद्र लामाले यसै सन्देश मार्फ़त सहभागी हुने सबै खेलाड़ी लाई आफू संग भएको राहदानी(पासपोर्ट ) सहित आउन आग्रह गरेका छन l समय कम भएकोले अंतिम चरणमा छनौट भएका खेलाडीहरुको लागि प्रबेश आज्ञा (भिसा ) तथा यात्रा कागजात (ट्राभल डाकुमेंट ) समेत बनाउनु पर्ने भएकोले अनिवार्य रुपमा सो बमोजिम तयारीको साथ डीसी आउन जानकारी दिएका छन l

उक्त छनौटको लागि खेलाडीहरु बिभिन्न राज्यहरु बाट आउने निश्चित भएको छ l छनौटको लागि डीसी करीब ५० जना खेलाडीहरु सहभागी हुने यस खेलका संयोजक चंद्र लामाले बताएका छन l

साथै यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई हौशला प्रदान गर्न दिसम्बर १७ तारीख उपस्थिति हुन बिसेष आग्रह गरेका छन l अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित नेपाली अमेरिकन सकर समूह निर्माण गरिने छ l

दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )को तत्वाधानमा यो टोलि निर्माण हुन् लागेको हो l सन् २००२ देखि संचालनमा रहेको अन्तर राष्ट्रिय स्तरको आहा गोल्ड कप भकुण्डो प्रतोयोगिता हो भने उपत्यका बाहिर आयोजना हुने ठुलो तथा महत्वपूर्ण मानिन्छ l सहारा क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगिता लाई एन्फा कास्की द्वारा मान्यता प्राप्त तथा समर्थन छ l नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ l

प्रतिक्रिया