साईबर सुरक्षा जन चेतनामूलक अभियानमा प्रा डा रामहरि सुबेदी अंतरराष्ट्रीय समुदायमा जम्दै

इनेप्लिज २०७३ मंसिर २८ गते १:४८ मा प्रकाशित

ram-1

वाशिंगटन डिसी – नेपाल चितवन घर भई झन्डै दुई दशक देखि अमेरिकाको डिसी महानगर क्षेत्रमा बस्दै आएका डिसी नेपालका संस्थापक अध्यक्ष तथा साइबर सेक्युरिटी अंतरराष्ट्रीयका अध्यक्ष प्राध्यापक  डा. रामहरि सुबेदी (बिद्या वारिधि) अहिले नेपाली तथा अंतरराष्ट्रीय समुदाय लाई साइबर (साङ्गणिक) सुरक्षा सम्बन्धी ब्यापक जन चेतना गर्ने अभियानमा लागेका छन । प्रा डा.सुबेदी अंतरराष्ट्रीय समुदायमा पनि जम्दै छन ।
साइबर (साङ्गणिक) सुरक्षामा अमेरिकाबाट बिद्या वारिधि गरेका प्राध्यापक  डा. रामहरी सुबेदी लाई भ्याई नभ्याई हुन थालेको छ । अमेरिकामा रहेता पनि विश्व भर आफ्नो अभियानलाई हरेक समुदायमा पुगोस भन्ने चाहना राख्दछन  ।

fullsizerender-3

नेपाल उनलाई पानी पधेरो जस्तै भएको छ । कार्यक्रम तय हुन्छ उडी हाल्छन मातृ भूमि । उनलाई पढनु र पढाउनु को चटारो पनि छ । अध्ययन नगरी अध्यापन गर्न आफ्नो नैतिकताले दिदैन प्राध्यापक  डा. सुबेदी भन्छन । र आफुले जानेको कुरा अरुलाई सिकाई एन भने त्यसको कुनै अर्थ हुदैन भन्छन । महा बिद्यालयमा अध्यापनमा पनि ब्यस्त छन प्राध्यापक  डा. सुबेदी ।

आफुलाई साइबर (साङ्गणिक) सुरक्षा सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान दिन पाउदा अंतर आत्मा ख़ुशी हुन्छ भन्दै यसलाई ब्यापक बनाउन आफुले कुनै कसार नछोड़ने प्रतिबद्धता जाहेर गरेका छन । डा. सुबेदीले अन्य विभिन्न स्थानमा यस सम्बन्धि तालीममा भ्रमण गरि रहेका छन । गत केहि दिन अगाडि नेपाली समुदायलाई पनि जनचेतना हेतुले आफ्नै निवासमा पनि तालीम दिन भ्याई सकेका छन ।

fullsizerender-12

यसै क्रममा गत दिसम्बर ११ तारीख डीसी क्षेत्रमा सूडानीज अमेरिकन कम्युनिटी डेवेलपमेंट (सूडानी अमेरिकन बिकास समुदाय)लाई साइबर अपराध तथा नियन्त्रण सम्बन्धि सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिए । आफुले अध्ययन गरेका ,जानेका र ब्यबहारिक रुपमा अनुभव गरेका कुराहरुलाई हिस्सा गरे । उन्ले जानकारी दिने क्रममा कसरि सामाजिक संजालमा अनाधिकृत प्रवेस (ह्याक) हुन्छ  ?  र रोक्ने उपाय बताए ।

यसै गरि उन्ले बिधुतिय डाक (इमेल)मा आक्रमण कसरि हुन्छ बारेमा जानकारी प्रस्तुतिकरणको माध्यम बाट अबगत गराए । डा. सुबेदी (बिद्या वारिधि)ले ९५ प्रतिसत नचाहिने विभिन्न ठाउँमा प्रवेश गर्दा अनाधिकृत प्रवेस (ह्याक) हुने बताए ।

img_7053

उनले सबै भन्दा राम्रो पक्ष प्रयोगात्मक रुपमा अफ्रीकन सूडानी समुदायका सहभागीहरुलाई कसरि प्रयोक्ता नाम (युजरनेम)तथा सांकेतिक शब्द(पासवर्ड ) कसरी परिवर्तन गर्ने ,कसरि विषाणु (भाइरस )हटाउने, मानिसले अत्यधिक प्रयोग गर्ने संचार उपकरण ,वाईफाईको सांकेतिक शब्द पनि बेला बेलामा परिवर्तन गर्नु पर्ने बताए । ८० प्रतिसत विषाणु बिधुतिय डाक आउने समेत बताए ।

उनले उक्त तालिममा साइबर सम्बन्धि जानकारी दिदै प्रत्येक सेकन्ड मा १४ जना साईबर अपराधको शिकार हुने बताए । उन्ले अपराध सम्बन्धि प्रसंगमा १ सय २९ डलर दिएमा ह्याकरले जो कसैको पनि ह्याक गर्न सक्ने बताउँदा आश्चर्य मानेका थिए । कसरि कम्प्युटरमा भाइरस लाग्छ र समाधान गर्ने उपाय समेत बताउदा उनीहरु निकै हर्षित भएका थिए ।

img_7072-1

सूडानी अमेरिकन समुदायसबैले कार्यक्रम अति राम्रो, निकै लाभदायक र उपलब्धि मुलक रहेको बताएका थिए । अधिकांस सहभागिले पुनः तालीम दिन आग्रह प्रा. डा. सुबेदिलाई गरेका थिए ।

जानकारी दिने क्रममा कसैले आकस्मिक भनेर केहि कुराको आपतकालीन रुपमा प्रति उत्तर दिन आग्रह गरेता पनि सावधान अपनाउनु पर्ने र खोल्न नहुने बताए । आफ्ना बालबालिकाहर ज्यादा सामाजिक संजालमा जाने हुँदा निगरानी राख्नु पर्ने उपाय बताउँदा निकै सहभागीहरु प्रफुल्ल भएका थिए । प्रा. डा. सुबेदीलाई धन्यवाद दिएका थिए ।

fullsizerender-7

डा. सुबेदी गुगलको जिमेलमा कसरि सांकेतिक शब्द परिवर्तन गर्ने बारे प्रयोगात्मक जानकारी दिए । गलत सूचना र लोभ्याउने प्रकारका सूचना आएता पनि आफु सतर्कता हुनु पर्ने बताए । उक्त तालिममा सूडानी मूलका पुरुष तथा महिलाहरु डा. सुबेदी द्वारा दिएको तालिम बाट निकै उत्प्रेरित ,शिक्षा प्रद तथा आफुहरु उत्साहित भएको बताएका थिए ।

img_7061

 

उन्ले आइफोन हराएमा कसरि भेट्ने त्यो पनि प्रयोगात्मक रुपमा प्रदर्शन गरि देखाए । जहिले पनि सामाजिक संजाल (अनुहार पुस्तिका) तथा इमेल (बिधुतीय डाक) २ वटा सहायता (रिकोभरि) राख्नु पर्ने सुझाब दिए । उनले साइबर अपराधको बारेमा कैयौ घटनाका उदाहरण प्रस्तुत गर्दै भबिष्यमा कारहरु पनि अंतरजाल बाट चल्ने र त्यस्मा यन्त्र नै नहुने बताए । कार्यक्रम पश्च्यात डा.रामहरी सुबेदी (बिद्या वारिधि)ले सहभागी तथा सूडानी अमेरिकन समुदायका बिशेष ब्यक्तिले प्रमाण पत्र वितरण गरेका थिए ।

img_7060 img_7058 img_7056 img_7052 fullsizerender-6 fullsizerender-9 fullsizerender-2 img_7068-1 img_7064 img_7063 img_7062

प्रतिक्रिया