शुक्रबार, असार ११ २०७८
काठमाडौं ०८:३५
वासिङटन डिसी 22:50

पत्रकारको सुरक्षाका लागि कार्यविधि तर्जुमा गरिने

इनेप्लिज २०७३ मंसिर २७ गते १२:२२ मा प्रकाशित

;~rf/dGqL sfsL{– ;dLIff a}7s ;"rgf tyf ;~rf/ dGqfnodf ;f]daf/ cfof]lht k|yd rf}dfl;s k|ult ;dLIff a}7sdf ;"rgf tyf ;~rf/dGqL ;'/]Gb|s'df/ sfsL{, ;~rf/;lrj lbg]z yklnof nufot . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ, २७ मङ्सिर । सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतका निकायको आव २०७३-७४ को प्रथम चौमासिक प्रगति विवरण मिश्रित देखिएको छ ।

मन्त्रालय अन्तर्गतका सूचना विभाग, प्रेस काउन्सिल नेपाल, राष्ट्रिय समाचार समिति, नेपाल दूरसञ्चार प्राधिकरण, गोरखापत्र संस्थान, नेपाल चलचित्र विकास बोर्ड, हुलाक सेवा विभाग, मुद्रण विभाग र राष्ट्रिय सूचना आयोग लगायत २२ निकायको पुँजीगत प्रगति कम हुनाका साझा समस्यामा सञ्चालक समिति बैठक समयमा बस्न नसक्नु र सञ्चालक जिम्मेवार नहुुनु देखिएको छ । त्यसैगरी समाधानका लागि आवश्यक जनशक्तिको पदपूर्ति र बजेट उपकरणको व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आव २०७३÷७४ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले देखावटी काम मात्रै भन्दा पनि जनताले सेवासुविधा पाउनेगरी काम गर्न सबै विभागीय प्रमुखलाई निर्देशन दिनुभयो ।

मन्त्रालय अन्तर्गतका निकायका प्रमुख सहभागी समीक्षा बैठकमा मन्त्री कार्कीले मन्त्रालय मातहतका सञ्चारमाध्यमले विभागले गरेका कामलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । जुनसुकै पार्टीमा आबद्ध भए पनि वा फरक विचार, धर्म, संस्कार भए पनि मुलुक निर्माणमा एकीकृत हुनुपर्ने मन्त्री कार्कीको भनाइ छ ।
मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बेरूजु फछ्र्याेटका सन्दर्भमा प्रगति भए पनि निकायगत हिसाबले खासै प्रगति हुन नसकेको बताउनुभयो । मन्त्रालयका उपसचिव तथा नीति, योजना अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख रूद्रादेवी शर्माले आव २०७३÷७४ को प्रथम चौमासिकसम्म भएका नीतिगत उपलब्धि तथा प्रयासअन्तर्गत मन्त्रालयले आमसञ्चार नीति २०७३ कार्यान्वयन तथा अनुगमन समिति गठन प्रक्रिया प्रारम्भ भएको जानकारी दिनुभयो ।

मन्त्रालयले नीतिगत उपलब्धिका रूपमा पत्रकारको समग्र सुरक्षासम्बन्धी अवधारणाको कार्यान्वयनका लागि कार्यविधिसमेत तर्जुमा गर्न सूचना तथा सञ्चार मन्त्रालयको संयोजकत्वमा एक कार्यदल गठन गरिएको जनाएको छ ।

प्रतिक्रिया