शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:१०
वासिङटन डिसी 08:25

आहा गोल्ड कपको लागि नेपाली अमेरिकन सकर टोली छनौट डीसीमा हुदै

इनेप्लिज २०७३ मंसिर २५ गते १३:१६ मा प्रकाशित

chandra-1नेपाल पोखरामा संचालन हुन गई रहेको आहा गोल्ड कप २०१७ मा सहभागी जनाउन नेपाली अमेरिकन भकुण्डो टोली छनौट डीसीमा हुने भएको छ l आगामी दिसम्बर १७ तारीख डीसी महानगर क्षेत्रको भर्जिनिया राज्यको फेयर फ्याक्स शहरको ड्रापर ड्राइब पार्कमा हुने तय भएको छ l छनौट प्रक्रिया को प्रारम्भ बिहान ९ बजे देखि १ बजे सम्म हुने जानकारी दिइएको छ l

खेलाडीहरु बिभिन्न राज्यहरु बाट आउने निश्चित भएको छ भने सहभागी हुने खेलाडीको नाम प्रकाशित समेत भएको छ l सबै खेलाड़ीहरुलाई आफुले कहा बाट र खेल्नु पर्ने निर्देशन समेत दिइएको छ l

छनौट को लागि डीसी मा टेक्सास बाट ४ जना ,पेनसेलभानिया बाट १ जना , बाल्टीमोर एथलेटिक क्लब बाट ६ जना ,नर्थक्यारोलिना बाट १ जना , न्यूयॉर्क ओनोनदागा कम्युनिटी कलेज बाट ३ जना ,ओहायो बाट ३ जना ,हैरिसबर्ग बाट १ जना , सनफ्रांसिस्को बाट १ जना , बोस्टन बाट २ जना , डीसीऍफ़सी (क्लब ) बाट ७ जना ,एनवाईएनऍफ़सी (न्यूयर्क ) बाट १० जना ,रौनक बाट २ जना , एनएनएससी भर्जिनिया बाट २ जना र नेब्रास्का बाट १ जना गरी जम्मा ४४ जना सहभागी हुने यस खेललाई संयोजन गर्ने चंद्र लामाले बताएका छन l

संयोजक लामाले डीसी क्षेत्रमा खेल हुने भएकोले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई हौशला प्रदान गर्न दिसम्बर १७ तारीख उपस्थिति हुन बिसेष आग्रह गरेका छन l अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित नेपाली अमेरिकन सकर समूह निर्माण गरिने छ l

नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको भकुण्डो प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रिया अगाडी बढाउने योजना मुताबिक डीसीमा बोलाइने सार्बजनिक गरे पछि त्यतिका नेपाली मूलका खेलाड़ीहरु सहभागी हुन आउने भएका छन l दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )को तत्वाधानमा यो टोलि निर्माण हुन् लागेको हो l नया बर्ष जनवरी २०१७ को दोश्रो हप्तामा नेपाल प्रस्थान गरिने छ l

सन् २००२ देखि संचालनमा रहेको अन्तर राष्ट्रिय स्तरको आहा गोल्ड कप भकुण्डो प्रतोयोगिता हो भने उपत्यका बाहिर आयोजना हुने ठुलो तथा महत्वपूर्ण मानिन्छ l सहारा क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगिता लाई एन्फा कास्की द्वारा मान्यता प्राप्त तथा समर्थन छ l नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ l

प्रतिक्रिया