एनआरएन किन एनआरएन बन्न सकेन​? एक बिशेष चिरफार कहिले बोल्यो त एनआरएन यि सबालहरुमा कसैसङ्ग जबाफ छ​?

इनेप्लिज २०७३ मंसिर २५ गते ५:०० मा प्रकाशित

13096193_10153814446838999_4423333834509421211_nझन्डै झन्डै १४ बर्षको ठिटो एन आर एन अर्थात गैर आबाशिय नेपालि सस्था यहाँनेर आएर चाहि नराम्ररि चिप्लियो र चिप्लिएर पछाडीको हड्डि भाचिएको छ र अब यसले राम्रो डाक्टर फेला पारेन र अप्रेशन बिग्रियो भने जिबनभर हिडडुल गर्न नसक्ने गरि यो या त थला बस्छ या त हड्डीकै पिडाले उसको ज्यान हुर्मत खेर जान सक्नेछ । जिबनमा पढौला, केहि गरौला र गरि खाउला र परिवार बनाउला, बच्चा बच्चि बनाएर एउटा सुन्दर परिवारको निर्माणको उसको सपना चक्नाचुर मात्रै भएन, हिड्न नजान्दा भाचिएको हड्डीले ज्यान नै लिने ठाउसम्म पुर्याउदा सुध्रिने, सुधारिने, उपचार गर्ने वा मालिस गरि हड्डी सोझ्याउन ढिलो भैसक्ने छ।

एन आर एन क्यास बोकेर मात्रिभुमि जाउ भन्छ, प्रबासमा क्यास बनाउन सकेका २।४ जना बाहेक अरु प्रबासि नै छैनन। ९८% प्रबासि त एक पटक नेपाल पुगेर फेरि प्रबास नै फर्कदा उ वा उनि वा उनका परिवारको गत बर्षसम्म जम्मा गरेको क्यास निख्रिसकेको हुन्छ l र यिनले फेरि नेपाल जाने कल्पना केहि समयका लागि श्रम सङ्ग सौदाबाजि गरि दिनको १२ घन्टा नधस्सिए प्रबासका यिनका बिल भुक्तानि र आर्थिक ब्यबहार चौपट्ट हुने खालको छ भने पछि कुन प्रबासिको क्यासको कुरा गर्दैछ एन आर मात्रिभुमिमा लगानिका लागि ? बिगतमा शहकारिकरण जस्तो सबैको सहभागिताको लगानिमा जे जति उठाइए ति रकम एन आर एन भित्रकै चम्मु दलले आफ्नो ब्यबसायमा वा कहि कतै ढ्याके र चोकेमा ब्याज लगाएर ब्याज पडकाउदै छन।

एन आर एन सबै प्रबासिको सस्था आफु भनेर ठान्छ तर ५० लाख प्रबासिमा उ सङ्ग खाटी, नक्कलि सदस्यलाइ कटाएर हिसाब गर्दा उ सङ्ग ७ हजार जति पनि छैन रियल, खाटि र बुझेका प्रबासिहरु उसका सदस्यता। यो लेख्दै गर्दा १० हजार त अमेरिकामै छन भनेर चम्किने क्रान्तिकारि एन आर एनले यस्को मुन्तिर कमेन्ट ठोक्लान । यत्ति कुरा चाहि अहिले नै भनि हालौ। अमेरिकाको सिम्प्लि भोटिङ्ग नक्कलि प्रबिधिलाइ हटाएर क्रेडिट कार्डबाट आफैले बलजफति अर्काको नाम चोरेर, नक्कलि नाम राखेर बाहेक सशरिर आफै उपस्थित भै भौतिक शरिर नै उभिएर मतदान गर्ने ब्यबस्था गरेका दिन अमेरिकाको एन आर एनको सदस्यता भनेको जम्माजम्मि ५ सयको हाराहारिमा हो। अनि कहा छ त ७५ देशका ५० लाख प्रबासिमा ७ हजारको सदस्यता बोकेर कुन चाहि प्रबासिको नेत्रित्व गर्दैछ त एन आर एन?

प्रबासका केहि मुलुकमा सिला टिपेर बलजफति सख्या पुर्याएर बनाइएका एन आर एनका अधिकाश शाखाहरु सक्रिय छैनन कि त २।४ जना बाहेक सक्रिय छैनन। जहा सक्रिय छ अमेरिका, बेलायत, जापान, कतार, बेल्जियम, कोरिया, जस्ता ठाउमा मारामार, कुटाकुट, मुद्दामामिला हुदाहुदा पुलिस बोलाएर आफ्नै सदस्यलाइ लखेट्नु पर्ने अबस्था कसरि सिर्जना भयो त एन आर एन मा? मतलब आन्तरिक सहठन भित्र शान्ति, प्रजातान्त्रिक र पारस्पारिक एबम सहभागितामुक प्रधिनिधित्व र शैलिको पुर्णत अभाब खडकिएको एन आर एनले केहि साहुहरु जो नाम चाहन्थे उनलाइ उचाइमा पुर्याइ दियो तर खाटी प्रबासिहरुमा बितिष्णा जागिरहेको अबस्था बिध्यमान रहदा गुणात्मक क्षमताका ब्याक्तिहरुको नेत्रित्व खट्किरहेको छ यस सस्थामा ।

एन आर एनले आफ्नो आन्तरिक सफाइ, आन्तरिक ब्याक्तित्व र नेत्रित्व बिकासमा कहिले जोड दिन सकेन। यसको प्रतिफल अब एन आर एनमा नेत्रित्व गर्न सक्ने मानिस नै छैन भने भयो। सगठनको बाइलज, बिधानलाइ आफै आफै भित्रियाहरुले गरि खाने थलोमा बिकास गरे, त्यसकारणले सन २००३ देखि २०१७ लाग्न खोज्दा पनि नया क्षमताबान अनुहारहरुलाइ राजनैतिक दलको नाममा, जनजातिको नाममा र पैसाबालाहरुको नाममा, माफिया र मानब तस्करहरुको नाममा सस्थालाइ खल्तिमा हालिरहने कामले यो सस्थाको हड्डी अब मर्मत हुन सक्नेवाला छैन।

एन आर एनले प्रबासिलाइ नगद हैन नलेज बिकास गरि ज्ञान र बौद्दिकता लिएर मात्रिभुमि जाउ कहिल्लै पनि भनेन। जहिले पनि नलेज होइन नगद बोकेर नेपालको खोला र बालुवामा नगद लैजान प्रोत्साहित मात्रै गरेन रित्ता, भोका, सघर्षशिल र हरतहले कडा परिश्रमबाट जेनतेन पुर्बक बाचेका प्रबासिलाइ उनका भएका सिड मनि, सानो स्रोत, ज्ञान, क्षमता प्रयोग गरि सक्दो रुपमा प्रबासमै साना ब्यबसाय प्रबर्दनमा कहिले पनि न त जोड दियो, न त बोल्यो नै, न त उनिहरुको क्षमता अभिब्रिदिमा ध्यान नै दिन सक्यो? प्रबासमै आर्थिक उन्नति नगरे कहा बाट लैजान्छन प्रबासिले नगद मात्रिभुमिको खोलामा खन्याउन?

साना ब्यबसाय, आर्थिक स्वतन्त्रता, आफ्नो साहु आफै बनि आर्थिक सम्ब्रिदि र बचत बोकेर नेपाल लैजान आतुर छन प्रबासि तर खल्ति, बैङ्क खाता र सेभिङ्ग रित्तै छ अधिकाश प्रबासिको भनेपछि कुन चाहि सेतो धन वा कालो धनको लगानि खोजिरहेको छ त एन आर एन? पहिले घर बलियो बने मात्रै समाज बन्ने हो भन्ने एन आर एनले कहिले पनि बुझेन, जब चुनाब आउछ, पैसा डलर नेपालका राजनैतिक दलका ठुला नेतालाइ प्रभाबित बनाइ उनका प्रबासका शाखा र यिनका नेताहरुलाइ किन लाग्ने गर्दछ उर्दि प्रबासिले प्रबास्को आफ्नो नेता छान्ने अधिकारमा? टिकट काटेर नेपाल नै जान नसक्ने प्रबासिले एन आर एनको नेत्रित्वका लागि सपना बुन्न सक्लान त? यि तर्कना मात्र हुनेछन।

एन आर एन भन्छ समाज सेवा गरौ प्रबास बनाउ र मात्रिभुमिलाइ सुन्दर बनाउ तर समाज सेवाको नाममा मानब तस्करि गर्ने, एन आर एनको कार्यक्रममा पैसा खाएर मानिस भित्र्याउने, चलखेल गर्ने, नाम र पदका भोका, गरिब प्रबासिलाइ एक डाइम पनि शुल्कमा सहुलियत दिन नसक्ने, प्रबासिलाइ नै ठगि खाने मेलोमेसोमा यो समाज बनाउने एन आर एनको मक्सद के पुरा होला त? प्रबासिको आर्थिक, सामाजिक, सास्क्रितिक एबम पहिचानमा आआफ्नै मुलुकमा बसेका प्रबासिहरुलाइ अहिलेसम्म कहा प्रोत्साहित गर्यो त एन आर एनले? पाए आफै पद पड्काउने, नेपालका नेता, राजनैतिक दल र सरकारका मन्त्रि एबम अधिकारिहरुसङ्ग ब्याक्तिगत लाभ, पद फाइदा कुम्ल्याउने, फोटो खिच्ने, फेसबुकमा तेर्स्याउने, नेपालमा आफन्त भेटन जादा एन आर एनको ब्रिदि बिकासको क्याप्सन ठोकि फेसबुकमा प्रचार गर्ने, १०।२० हजार रुपैयामा नेपालि पत्रकारलाइ किनि प्रचार गराउने मानिसहरु जसको श्रीमतिले १२ घन्टा दैनिक काम गरिनन भने प्रबासमा यिनका ओभन तातिने छैनन र भट टु तात्ने छैनन अनि यिनै नेपालमा पत्रकार सम्मेलन गरि खरब र अरबका लगानि हाइड्रोपावरमा गर्न सक्छु भनेर प्रोपोगन्डा गरि फेसबुकमा शेयर गर्ने र आफन्त भाइ साथिलाइ गतिलो कमेन्ट हान्न इन बक्समा अनुरोध गर्ने भने पछि यिनले एन आर एन बनाउछन कि एन आर एनको शाख गिराउछन त?

एन आर एनमा हिपोक्रेट्स बढ्न थाले, असाध्यै प्रचारमुखि आत्माहरु बढे एन आर एनमा, अनि यिनबाट एन आर एनले के सिक्ने र पाउने त? हुटिट्याउले प्रिथ्वि धान्ने जास्तो यिनिहरु बिना पहाड नै खस्ला जस्तो।
ससारका प्रबासिहरुले सिकेका, जानेका बुझेका र भोगेका, र ति मुलुकका जिम्मेवार पदमा पुगेका नेपालिहरुबाट क्यास खोज्यो एन आर एन ले कन्सेप्ट कहिले पनि मागेन। क्यास दिगो हुदैन कन्सेप्ट बाडौ र मात्रिभुमिसम्म ति कन्सेप्ट बोकेर दिगो बिकासमा टेवा दिने एजेन्डा एन आर एन ले कहिले पनि अघि सारेन र सार्नै सक्दैन जबसम्म एन आर एनमा हिपोक्रेट्सहरुको बाहुल्यता हुन्छ र क्षमतावान मानिसहरुलाइ बिधानको हाउगुजि देखाएर सधै बन्देज र निषेध गरिनेछ।

कहिले बोल्यो एन आर एनले साना ब्यबसायबाट आर्थिक क्रान्ति? कहिले बोल्यो असल सुशासन, कहिले बोल्यो पर्याबरण, कहिले बोल्यो पब्लिक हेल्थ र हाइजेनिक जस्ता सम्बेदनशिल इस्युहरुमा? प्रबासिले सिकेका नलेज एन आर एनले ताकेको रित्तो खल्तिको नगद भन्दा कैयौ गुणा दिगो र प्रभाबकारि पनि।

एउटा प्रश्न जसका लागि भनेर बनाइएको हो एन आर एन उसै प्रबासिको नेत्रित्व कहिल्लै पनि नबन्ने, कहिल्लै पनि यिनको आबाज, एजेन्डा र आबस्यकतालाइ सम्बोधन गर्न र हुनै नसक्ने हो भने सोझा सिदा प्रबासिका नाममा एक झुन्डलाइ गरि खाने, नाम कमाउने र पहुचवाला बनाउन मात्रै हो भने त आखिर यो सस्था नै आबस्यकता होला र? नत्र यो सस्थाको हड्डीको अप्रेशन गरि हड्डीलाइ चल्नै नदिने टुटे फुटेका बोन र हड्डीका बिकारहरुलाइ नपन्छ्याएसम्म १४ बर्षे एन आर एन ठिटोले पिस अफ माइण्ड प्राप्त गर्ने छैन ?

प्रतिक्रिया