बिहीबार, असार १० २०७८
काठमाडौं ००:४९
वासिङटन डिसी 15:04

डिसीमा भयवादी साहित्यिक धाराका अभियन्ता एवं श्रस्टा देश सुब्बा संग अन्तरक्रिया कार्यक्रम संपन्न 

इनेप्लिज २०७३ मंसिर २५ गते ३:०१ मा प्रकाशित
dsc00229
नेपाल धरान घर भै हाल लामो समय देखि हंगकंग बस्नु हुने भयवादी साहित्यिक धाराका अभियन्ता एवं श्रस्टा देश सुब्बा संग डीसीमाँ अन्तरक्रिया कार्यक्रम संपन्न गरिएको छ l अमेरिकाको बिभिन्न राज्यहरुमा बिभिन्न कार्यक्रममा सहभागी हुदै वाशिंगटन डीसी आई पुग्नु भएका सुब्बा संग डीसी महानगर क्षेत्रमा बिभिन्न पेसामा समलग्न ब्यक्तिहरुको पहलमा उक्त कार्यक्रम भएको हो l
 
कार्यक्रममा आसन ग्रहण तथा अन्य औपचारिक कार्यक्रमलाई थाती राख्दै भयवादी साहित्यिक धाराका अभियन्ता हर्ष सुब्बलाई मन्तब्य राख्न दिइएको थियो l सुब्बाले आफ्नी मन्तब्य बिस्तृत संग राखेका थिए भने मन्तब्य पछि केहि जिज्ञासा समेत राखिएको थियो l
dsc00204
मन्तब्य क्रममा सुब्बाले धेरै शक्तिशाली अध्यारोलाई छोडेर उज्यालो तर्फ गए झै चर्चा गर्दै तर बैज्ञानिकहरुले अध्यारोलाई महत्व दिई रहेको बताए l वहाले  उज्यालोलाई महत्व दिए जस्तै भयलाई छोडेर आदिम कालीन देखि आएको बताए l
 
उनले फेरी भय लाई हामीले अविस्कार नगरेको भन्दै तर वाद लाई जोडेको प्रसंग निकाले भने भय कसरी हुन्छ ? कहा हुन्छ भन्ने चर्चा नगरी कन बृहत् रुपमा उनले चर्चा सुरु गरे l कुन कुरालाई उठान गर्दा बिस्वमा स्थापना हुन सक्छ l आधुनिक काल र मध्य कालले पनि छोडेको छ र त्यही कुरा लाई उठाउँदा स्थापित हुन सक्छौ भने l
dsc00240
र यसरी छोडिएको कुरा उठाउनु पर्ने मेरो मान्यता रहेको बताय l उनले एक शक्तिले अर्को शक्तिलाई दबाउने हुन्छ भन्दै त्यहा पनि भय भएर त्यस्तो भएको बताए l कसैमा रहेको डरलाई पहिला हटाउनु पर्छ त्यों हटेमा उसले आफ्नो कुरा भन्ने बताए l  त्यों भय पछि मात्रा समस्याका समाधानका बाटाहरु निस्कने बताए l सुब्बाले थुप्रै उदाहरण सहित भयबादका सिद्धांत तथा अन्य बिषयमा बोलेका थिए l
 
कार्यक्रमको संयोजन साहित्यकार तथा लेखक लेखनाथ भंडारी लगायत अन्यले गरेका थिए l कार्यक्रममा भंडारीले स्वागत गर्दै कार्यक्रम बारेमा बोलेका थिए l

प्रतिक्रिया