यु एन विश्व शान्ति परिषद द्वारा नेपालीलाई शान्ती राजदुतमा चयन, चेक शिखर शान्ति सम्मेलन प्रागमा सम्पन्न

इनेप्लिज २०७३ मंसिर २५ गते ०:०२ मा प्रकाशित

15419361_1217397868342621_212118161_o

चेक रिपब्लिक ,प्राग ।

संयुक्त्त राष्ट्र संघ ‘विश्व शान्ति परिषदले एक नेपाली युवा लाई आफ्नो शान्ति राजदुतमा नियुक्त्त गरेको छ । भीमसेन सापकोटा अर्थात अध्यात्मिक जगतमा आचार्य राजन शर्मा नामले चिनिने उहांलाई हालै सो जिम्वेवारी दिएको हो । परिषदले सापकोटलाई यस अघि आफ्नो शिखर सम्मेलनमा वक्त्ताको रुपमा ‘चेक रिपब्लिक,मा निम्त्याएको थियो ।

नेपाल ,नेपाली अध्यात्मिक जगतको प्रतिनिधीत्व गर्द्दै सापकोटाले सो शिखर सम्मेलनलाई सम्वोधन गरेका थिए । सम्मेलनमा सोहि सम्मेलन मार्फत सापकोटालाई अस्ट्रेलिया तथा ओसिनिया क्षेत्रका देशहरू हेर्ने जिम्वेवारी सहित यसरि चयन गरेको जनाएको छ ।सो सम्मेलनमा १७० भन्दा बढि देशका राष्ट्र प्रमुख , सरकार प्रतिनिधि ,कुटनितिज्ञहरू रहेका थिए ।

15354031_1213618168720591_564289712_o

सम्मेलनको वक्तव्य पश्चातको अर्को चरणमा सम्मेलनका सहभागिहरूलाई योग मार्फत ,शान्ति सकारात्मक कार्यक्रम गरेका थिए । सिन्धुपाल्चोक, बांसवारि जन्म घर भए अस्ट्रेलियामा आधारित रहेर विश्वका विभिन्न शहरमा , सकारात्मक सोचका कार्यक्रम ,योग ,ध्यान तथा ‘आर्ट अफ ह्यापिनेस ‘कार्यक्रम सन्चालन गर्दै आउनु भएको छ । अस्ट्रेलियाको भिक्टोरिया विश्वविध्यालाय सिड्नी तथा अस्ट्रेलियन आइडियल कलेजमा प्राध्यापन समेत गर्दै आउनुभएका भएको छ । संचार क्षेत्र सँग समेत सम्वद्द सापकोटा नेपाल गणतान्त्रिक फिजि सांष्कृतिक राजदुत समेत हुनुहुन्छ।

15369777_1213618572053884_1737961626_o

सम्मेलन पश्चात अस्ट्रेलिया फर्के पछि संचारमाध्यमहरूलाई सापकोटाले भन्नु भयो ” आफु प्रतिनिधी पात्र मात्र बनेको हो, वास्तवमा यो उपलब्धि नेपाल र अध्यात्म प्रेमिहरूको हरूको हो “। करिव २ हजार ब्यक्तिहरूको सो अवसरमा सहभागिता रहेको थियो । संयुक्त्त राष्ट्र संघको धारा २१ तथा जोहनेसबर्ग शिखर सम्मेलनले पारित गरेको स्रहशताब्धिन बिकास लक्ष्य अनुरुप विश्व शान्ति परिषदले विश्वका शान्ति प्रवर्द्दक लाई थप जिम्वेवारी र प्रोत्साहन दिन शान्ति राजदुत चयन गरि विश्वका विभिन्न देशमा आफ्नो कार्य सन्चालन गरेन गर्छ ।

15311626_1213617775387297_869595439_o

सम्मेलनको अर्को शिखर सम्मेलन २०१९ मा अमेरिकाको , न्युयोर्कमा हुने तयारि भएको छ । कार्यक्रममा स्लोभनियाका बिकास मन्त्री अलेन्का स्मेर्कोजी (Alenka smerkolj), चेक मन्त्रि परिषदका प्रवक्त्त डा एलेना (Dr Alena) , लिचेस्टाईनका युवराज अलफर्ड(Prince Alfred von Liechtenstien) , युरोपकि सिने स्टार क्लारा इशोभा (Klara Issova) लगायत दर्जनौं ,परिषद काउन्सिल प्याट्रोन परंहंस योगी महेश्वरानन्द स्वामि तथा सकारात्मक अभियान प्रवर्त्तक सापकोटा लगायत २ दर्जन भन्दा बढि विश्वका नेताहरू, विश्वविध्यालयका प्रोफेसरहरू लगायतले शान्ति सम्मेलनलाई सम्बोधन गरेका थिए ।

चेक रिपब्लिक देशको प्राग शहरको ‘लुसेर्ना ‘शहरमा आयोजित सो सम्मेलन भिक्षु द्वारा बजाईएको वांसुरीको शान्ति धुन र वाल योग बाट प्रारम्भ भएको थियो । सम्मेलन विभिन्न चेक घोषणा पारीत गर्दै गत डिसेम्बर ४ मा सम्पन्न भएको हो ।

15354137_1213618542053887_1720282325_o

प्रतिक्रिया