राममन्दिरमा ई–लाईब्रेरीको उद्घाटन, महायज्ञमा उत्साहजनक सहभागिता

इनेप्लिज २०७३ मंसिर २३ गते १३:३२ मा प्रकाशित

aa

बिशाल सापकोटा, चितवन, २३ मंसिर ।
पुर्वि चितवनको रत्ननगरमा रहेको श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलममा आज (बिहिबार) एक समारोहका बिच ई–लाईब्रेरीको उद्घाटन गरिएको छ ।

img_1532

रत्ननगर–१३ जयमंगलास्थित श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलमले आयोजना गरेको श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञकै क्रममा गैर आवासिय नेपाली संघ एनआरएनको पहलमा स्थापना गरिएको ई–लाईब्रेरीको आज (बिहिबार) उद्घाटन गरिएको हो ।

गैर आवासिय नेपाली संघ आईसिसी पब्लिक लाईब्रेरी प्रोजेक्ट तथा नेपाल लाईब्रेरी फाउण्डेशनका अन्र्तराष्ट्रिय संयोजक सोम सापकोटाको बिशेष पहलमा स्थापना गरिएको ई–लाईब्रेरीको गैर आवासिय नेपाली संघ अन्र्तराष्टिय समन्वय परिषदका निवर्तनमा अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहाकार जिवा लामिछाने र बरिष्ठ समाजसेवी तथा बागमती सरसफाई अभियानका मुख्य अभियान्ता शम्भु प्रसाद उप्रेतीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

एनआरएनको पहलमा स्थापना गरिएको ई–लाईब्रेरीमा ५ ओटा अत्याधुनिक कम्प्युटर तथा १ सय भन्दा बढि धार्मिक पुस्तकहरु छन ।

ईन्टरनेट नहुँदा समेत बिभिन्न पुस्तक अध्ययन, अवलोकन गर्न सकिने सामाग्री ति कम्प्युटरमा रहेको गैर आवासिय नेपाली संघ अन्र्तराष्टिय समन्वय परिषदका निवर्तनमा अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहाकार जिवा लामिछानेले जानकारी दिनुभयो ।

ई–लाईब्रेरीले गुरुकुलमका बिद्यार्थीको अध्यापनको लागी सघाउने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।

यस्तै समाजसेवी एवंम बागमती सरसफाई अभियानका मुख्य अभियान्ता शम्भु प्रसाद उप्रेतिले यस किसिमको ई–लाईब्रेरी चितवन जिल्लामा नै नौलो प्रयोग भएको बताउनुभयो ।

उप्रेतीले धर्म–संस्कृतिलाई समयानुकुल बनाउन प्रबिधिको प्रयोग अपरिहार्य रहको बताउनुभयो ।

यसैबिच मंगलबारदेखि सुरु भएको बृहत श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ आज (बिहिबार) तेस्रो दिन पनि जारी छ ।

रत्ननगर–१३ स्थित जयमंगलामा रहेको श्रीराम मन्दिर र श्रीराम वैदिक गुरुकुलमको संयुक्त आयोजनामा सुरु भएको ज्ञान महायज्ञमा भक्तालुको उल्लेख्य उपस्थिती रहेको आयोजकले जनाएको छ ।

महायज्ञको तेस्रो दिन आज समाजसेवी एवंम बागमती सरसफाई अभियानका मुख्य अभियान्ता शम्भु प्रसाद उप्रेति प्रमुख अतिथी रहनु भएको थियो ।

वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण तथा संस्कृत शिक्षाको केन्द्रको रुपमा यस मन्दिरको विकासका लागी महायज्ञ आयोजना गरिएको मुल समारोह समितीका संयोजक भेषराज दुवाडीले बताउनुभयो ।

महायज्ञबाट संकलित रकमले हालको गुरुकुलमको कक्षा १२ सम्म स्तरोन्नति गर्ने, पुरानो ऐतिहाँसिक संरचनाको जिर्णोद्धार गर्ने, मन्दिर परिसरमा विवाह मण्डप र छात्रावास निर्माण गर्ने तथा गुरुकुलमका लागी छुट्टै आवास निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

मंगलबारदेखि सुरु भएको ८ दिनसम्म अर्थात मंसिर २९ गते सम्म चल्ने महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीले पाठ–पारायण गरिरहनुभएको छ ।महायज्ञ सम्पन्न गर्न ५ देखि ७ लाख खर्च।

dd

प्रतिक्रिया