पूर्वाञ्चलमै पहिलोपटक पेनलेस प्रसूति सेवा

इनेप्लिज २०७३ मंसिर २३ गते ५:१३ मा प्रकाशित

पथरी (मोरङ), २३ मङ्सिर । सुरक्षा अस्पताल विराटनगरले पूर्वाञ्चलमै पहिलोपटक पेनलेस (दुखाइ नहुने) प्रसूति सेवा उपलब्ध गराएको छ ।
सो अस्पताल सञ्चालक डा रम्भादेवका अनुसार पूर्वाञ्चलमै पहिलोपटक भित्र्याएको दुखाइ बिनाको प्रसूति सेवाले सुरु गरेको तीन महिनाको अवधिमा एकसय बिमारीलाई सेवा उपलब्ध गराएको छ ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म एकसय जनाले सो सेवा उपलब्ध लिइसकेका छन् । अस्पतालका पेन मेनेजमेन्ट विशेषज्ञ डा शैलेशजङ्ग डाँगीले बेलायतबाट सुरु भएको सो सेवा शत्प्रतिशत सुरक्षित र विश्वसनीय रहेको उल्लेख गर्नुभयो ।

सो सेवा लिनुभएकी धनकुटा नगरपालिका–५ की मीना घिमिरेले सो प्रविधिबाट प्रसूति गराउँदा कुनै दुखाइ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रसूति गराउँदा कुनै दुखाइ भएन र सहज महसुस भयो ।”

प्रतिक्रिया