सेना आउ देश बचाउ ।

इनेप्लिज २०७३ मंसिर २२ गते ५:५३ मा प्रकाशित

untitled-2

विश्वको एकमात्र हिन्दु राष्ट्र नेपालको पहिचान थियो । हाम्रो मुलुक नेपालमा वि.सं. २०६२।०६३ सालको जनआन्दोलनमा हिन्दु राष्ट्रलाई हटाएर धर्म निरपेक्षता हुनुपर्छ वा गरिनुपर्छ भन्ने चाहना नेपाली नागरीकहरु कसैको पनि थिएन तर हाम्रो मुलुकका प्रचण्ड (पुष्पकमल दाहाल) र सुवास चन्द्र नेवाङ आदि आदि जस्ता राष्ट्रघाती र देशद्रोही नेताहरुले इसाइ मुलुकहरुसँग डलर र पाउण्ड खाएर हिन्दुराष्ट्रलाई हटाए । नेताहरुको एकलौटी निर्णयले धर्म निरपेक्षता गरेका हुन् । यस विषयवस्तुमा नेपालको अन्तराष्ट्रिय विश्व हिन्दु महासंघले पनि कुनै चासो दिएन । यदि नेपालको अन्तराष्ट्रिय हिन्दु विश्व महासंघले चासो दिइदिएको भए नेपालमा धर्म निरपेक्षता हुने थिएन ।

वि.सं. २०५२ साल देखिको द्वन्द्वमा माओवादीका पुष्पकमल दाहाल (प्रचण्ड) आदि आदि जस्ता राष्ट्रघाती र गद्दार नेताहरुको कारण मुलुकको विकास २०÷३० वर्ष पछाडि धकेलिएको छ । नेपालको सबै राजनीतिक पार्टीभित्र राष्ट्रघात र गद्दार नेताहरु छन् ।
संविधान संशोधनमा पुष्पकमल दाहाल, कृष्णबहादुर महरा, शेरबहादुर देउवा, कृष्णप्रसाद सिटौला र सुभाष चन्द्र नेम्वाङ आदि आदि जस्ता राष्ट्रघाति र गद्दार नेताहरुको स्वार्थ रहेको देखिन्छ ।

राष्ट्रघाति र गद्दार नेताहरुको संविधान संशोधनले मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई धरापमा पार्ने काम गर्दछ । अब हाम्रो मुलुकको रक्षा सेनाले नै गर्न सक्छ ।
हाम्रो मुलुकको सेनाले मुलुकको हित चाहान्छ कि अहित ? सेनामाथि नै निर्भर छ । सेना आउ देश बचाउ, सेना आउ देश बचाउ । कसैको प्रतिक्षा र आश नगर । विश्वमा कतै नभएका नेपालका नागरिकहरु अवसरवादी, स्वार्थी र सत्ताको पूजारी छन् ।
सेनाहरुले राजनीतिक दलहरुका नेताहरुलाई सोध्नै पर्छ । वि.सं. २०६२÷०६३ को जनआन्दोलनमा मुलुकलाई धर्म निरपेक्षता गर्न र हाम्रो मुलुक विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान हटाउनलाई कति डलर र पाउण्ड लिए । अब मुलुकलाई विखण्डन गर्न कति डलर र पाउण्ड लिएका हुन् ।

स्वतन्त्र नेपाली नागरिकः
राकेश कुमार शर्मा
साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६
हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २
मो. नं. ९८४८०५५७७६ ÷ ९८१२४९१३९७

प्रतिक्रिया