मेरील्यान्ड पशुपती बुद्ध मन्दिरमा विवाह पन्चमिमा लाख बत्ती कार्यक्रम भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७३ मंसिर २२ गते १:४३ मा प्रकाशित

d3s_3111_105

अमेरिकाको मेरील्यान्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा रहेको पशुपति बुद्ध मन्दिरमा गत दिसेम्बर ४ तारिख विवाह पन्चमिको अवसरमा नेपाली समुदायले लाख बत्ती सहित को पुजा अर्चना गरेका छ्न l

उक्त पशुपति बुद्ध मन्दिरमा विवाह पन्चमि ,कन्या पूजा तथ सत्य नारायणको पूजा समेत भब्यताको साथ सम्पन्न गरिएको छ l उक्त कार्यक्रमको लागि डिसी महानगर क्षेत्रमा लामो समय देखि बसोबास गर्नु हुने समाज सेवी तथा वर्तमान अमेरिका नेपाल महिला सँघ बृहत वाशिंगटन (आन्वा )कि सभापति बिजया शाहको पहलमा भएको थियो l जाडो महिनालाई वास्ता नगरि कार्यक्रममा नेपालि समुदायका महिला तथा पुरुषको घुईचो लागेको थियो l

d3s_3075_74

लाख बत्ती पुजा कार्यक्रममा भर्जिनिया ,डिसी ,मेरील्याण्ड लगायत अन्य छिमेकी राज्य बाट पनि पुजा अर्चना गर्न आएका थिए l कार्यक्रममा श्रदालु भक्तजनलाई खाना खुवाईएको थियो भने सम्पुर्ण जिम्मा समाज सेवी बिजया शाह तथा वहाँका समुहको अगुवाईमा सफलताका साथ सम्पन्न गरेको छ l

पटक पटक हुने लाख बत्ती पुजा उत्सब निकै उत्सहजनकको साथै समुदायमा राम्रो सन्देस पुग्न गएको छ l भर्खर मात्र एनईसिसिको समुदायिक भवनमा रङ रोकन तथा अन्य सुबिधा गरिएकोले राम्रो प्रभाव पर्न गएको एनईसिसिका सभापति खिलेन्द्र नेउपानेले बताए l

d3s_3026_25

आफ्नो कार्यकाल अझ एक बर्ष बाकी रहेको जान्कारी दिदै बर्ष मा ६ पटक सम्म हुने लाख बत्ती हुने बताए l यसको साथै श्रदालु भक्तजनहरुले मन्दिरको लागी केहि सहयोग समेत गर्ने उक्त दिन प्रतीबद्धता गरेको सभापती नेउपानेले बताए l

d3s_3059_58

केहि समय अगाडि अमेरिका भ्रमणमा रहेका बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको उपस्थितिमा नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनइसीसी) ले गरेको देउसी भैलो कार्यक्रममा ४५ लाख संकलन गरेको थियो l उक्त टोलीले अक्टोबर २८ देखि सुरु गरी करिव एक सातासम्म देउसी भैलो खेलेको थियो l

d3s_3052_51

सभापति नेउपानेले त्यस समयमा ईनेपलिज सँग कुराकानिमा देउसी भैलो खेल्नुको मुख्य उद्देश्य नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा पशुपति बुद्ध मन्दिर समेत रहेकोले यसलाई समुदायमुखी बनाउने बताएका थिए । त्यस्तै अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका नेपालीलाई संस्कृति तथा परम्पराबारे व्यवहारिक रुपमा अवगत गराउदै यसलाई जगेर्ना तथा संरक्षण गरिने उनले बताएका थिए l

तस्बिर :राजिव श्रेष्ठ 

d3s_3133_127 d3s_3186_179 d3s_3169_162-1 d3s_3161_154 d3s_3151_144 d3s_3242_235 d3s_3244_237 d3s_3245_238 d3s_3247_240 d3s_3202_195 d3s_3102_96 d3s_3066_65 d3s_3070_69 d3s_3026_25 d3s_3033_32 d3s_3010_09 d3s_3018_17 d3s_3019_18 d3s_3055_54 d3s_3057_56 d3s_3059_58 d3s_3061_60 d3s_3063_62

प्रतिक्रिया