स्वागत तथा बधाई प्रदान कार्यक्रम सम्पन्न

इनेप्लिज २०७३ मंसिर २१ गते ६:५० मा प्रकाशित
15390855_297153940684862_889327640027153199_n
वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले आईतवार टोकियोमा योमरी पुन्ही ,स्वागत तथा बधाई  कार्यक्रम सम्पन्न गरेको छl
15400469_297153697351553_7165365046425004400_n
संस्थाका सहसंयोजक इंदिरा सुजुकीले पूर्व मंत्री गुरुङ्गज्युलाई स्वागत गर्दै मिस मिस एण्ड मिसेज नेवा: जापानमा बिजयी हुनु भएका  सबैलाई  तथा  भर्खर मात्र सम्पन्न भएको प्रवासी नेपाली मंच जापानको अध्यक्षमा संस्थाका सल्लाहकार महेंद्र श्रेष्ठ  चुनिनुभएकोमा बधाई दिनु भएको थियो l
15400426_297153180684938_1843286546752705490_n
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि वक्ता नेकपा एमालेका पोलितब्यूरो सदस्य तथा पूर्व मंत्री किरण गुरुङ्गले मिस एन्ड मिसेज नेवा:जापानमा जितनु भएकी प्रतियोगीहरुलाई बधाई दिंदै स्वागत तथा योमरी  कार्यक्रम गरेकोमा वर्ल्ड नेवा:अर्गनाईजेशन जापानलाई धन्यवाद दिनुका साथै  जापानमा बसेर पनि नेपाली परम्परालाई निरंतरता दिइरहेकोमा आफू अत्यंत हर्षित भएको कुरा बताउनु भएको थियो l
15391062_297153544018235_9215888569032430089_n
वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले गत नोवेम्बर नागानोकेनमा सम्पन्न गरेको मिस एन्ड मिसेज नेवा:जापानको कार्यक्रममा सहभागी हुन नसकेकी बिजेताहरू मिसेज संगीता शाक्य र ख़ुशी डंगोल सुवेदीलाई पूर्व मंत्री किरण गुरुङ्गद्वारा  पुरस्कार बितरण गरेको थियो l त्यस्तै संस्थाका सल्लाहाकारहरु  राजन प्रधानाङ्ग ,बलराम श्रेष्ठ तथा महेन्द्र श्रेष्ठले मिस एन्ड मिसेज नेवा: जापानमा बिजयी सुन्दरीहरुलाई तास तथा  प्रमाण पत्र बितरण गरेको थियो l
15380647_297153564018233_3935446711524627935_n
उक्त दिन स-सानो बाल बालिका सबै मिलेर पारिवारिक वातावरणमा  योमरी बनाएको थियो l ” यो” भनेको मन पर्ने र “मरी” भनेको मिठाई अर्थात “योमरी “भनेको अत्यन्त मन पर्ने मिठाई हो भन्दै संस्थाका सयोंजक सुनिल कुमार शाक्यले कार्यक्रमको संचालन गरेको थियो l
15380619_297153590684897_7639695789488712498_n
योमरी खाँदै रात्री भोज र डान्स पार्टी गर्दै फेरी अर्को पल्ट भेट गर्ने  बाचा गर्दै कार्यक्रम  समापन गरेको थियो l  15370016_297153237351599_8480662531600738591_o 15356719_297153897351533_25494591319631800_n 15355610_297153290684927_9081461166708747849_n 15319317_297153787351544_3243315604559714590_n 15319142_297153714018218_7943917361768120307_n 15319125_297153814018208_7339703834267201783_n 15317989_297154037351519_2249857018683670357_n 15304116_297153427351580_4449586633523804344_o 15289184_297153390684917_4955551458865211843_o 15272117_297153430684913_2972963026341892399_o 15268016_1284127241609809_5677336928816188560_n 15267554_297153754018214_7860226692798461015_n 15253661_297153970684859_5503625632899356877_n

प्रतिक्रिया