महायज्ञ उपप्रधानमन्त्री निधिले उद्घाटन गर्ने

इनेप्लिज २०७३ मंसिर २१ गते ०:२९ मा प्रकाशित

20161205_141029

रत्ननगर । पूर्वी चितवनको रत्ननगर १३ जयमगंला आयोजना गरिएको श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आज मंगलवार उद्घाटन गर्ने भएका छन । श्रीराम मन्दिर तथा श्रीराम वैदिक संस्कृत गुरुगुलमको संयुक्त आयोजनामा यहि मंसिर २१ गते देखि २९ गतेसम्म महायज्ञ हुन लागेको हो । वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण र संबद्र्धन तथा संस्कृत शिक्षाको केन्द्रको रुपमा यस मन्दिरको विकासका लागि श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गर्न लागिएको मुल समारोह समितिका संयोजक भेषराज दुवाडीले जानकारी दिए । संयोजक दुवाडीले रत्ननगरको ऐतिहांसिकता बोकेको सो मन्दिर परिसरको स्तरोन्नतिका लागि महायज्ञ आयोजन गर्न लागिएको बताए । महायज्ञबाट संकलित रकमले हालको गुरुकुलमको कक्षा १० जोड २ सम्म स्तरोन्नति गर्ने, पुरानो ऐतिहाँसिक संरचनाको जिर्णोद्धार गर्ने, मन्दिर परिसरमा विवाह मण्डप र छात्रावास निर्माण गर्ने तथा गुरुकुलमका लागि छुट्टै आवास निर्माण गर्ने लक्ष्य राखिएको दुवाडीले जानकारी दिए । ८ दिनसम्म चल्ने महायज्ञमा प्रत्येक दिन सबैभन्दा बढि दान गर्ने दाताहरुको नाम रेडियो र पत्रिकाबाट प्रशारण तथा प्रकाशन गरिने आयोजकले जनाएको छ ।

20161203_191335

महायज्ञ अबधिभर प्रमुख बाचक पण्डित अच्युतकृष्ण अधिकारीको मुखारविन्दबाट कथा बाचन गर्ने सो महायज्ञ सम्पन्न गर्न करिव ७ लाख रुपैयाँ खर्च लाग्ने र १ करोड भन्दा बढि रकम संकलन हुने आयोजकको अनुमान रहेको संस्थापक अध्यक्ष कृष्णप्रसाद दुवाडीले जानकारी दिए । वि.सं. २०४९ सालमा श्रीराम मन्दिर र २०६४ सालमा श्रीराम वैदिक संस्कृत गुरुकुलमको स्थापना भएको हो । गुरुुकुलममा हाल ५० जना विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन ।

20161205_141012

यस अगाडि मुठीदानद्धारा संकलित रकम र नेपाल सरकारबाट प्राप्त केही अनुदानको भरमा सो विद्यालय सञ्चालन भईरहेको छ । हाल गुरुकुलमा ७८३ जना आजीवन सदस्य मध्ये ५ सय जनाले मुठीदान गर्ने गरेका छन । गुरुकुलमा आजीवन सदस्य पनि वृद्धि गरी २ हजार जना पुर्याउने लक्ष्य रहेको गुरुकुलका प्राचार्य बैकुण्ठ अधिकारीले जानकारी दिए । महायज्ञको प्रचारप्रसारको लागि सोमवार पूर्वी चितवनका विभिन्न स्थानमा मोटरसाईकल र्याली गरिएको छ । सो र्याली महायज्ञ स्थलबाट सुरु भई पूर्वी चितवनका विभिन्न क्षेत्रहरु परिक्रमा गरेको थियो ।

प्रतिक्रिया