बुधबार, असार ९ २०७८
काठमाडौं ०५:५६
वासिङटन डिसी 20:11

हामी सबै प्रकारका कट्टरपन तथा पूर्वाग्रहका निन्दा गर्छौ : डोनाल्ड ट्रंप , निर्वाचित राष्ट्रपति

इनेप्लिज २०७३ मंसिर १९ गते ११:०४ मा प्रकाशित

gettyimages-511966914

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रंप आफुलाई बिजयी गराउने महत्वपूर्ण राज्यहरुको भ्रमणमा निस्केका छन l त्यी राज्यमा पाएका मतले उनि अमेरिकाको ४५ औ राष्ट्रपतिमा निर्वाचित भएका हुन् l

आगामी जनवरी २० तारिखमा उनले कार्यभार समाल्ने छन l यसै बीचमा उनले दर्जनौ व्यक्तिहरुलाई मनोनित गरि रहेका छन् l चुनाब अगाडिका डोनाल्ड ट्रंप र चुनाब पछाडिका ट्रंप बिच परिवर्तन हुदै गरेको आभास हुदैछ l उनि पहिला जस्ता कट्टर र रुखो ब्यबहारलाई बिस्तारै कम गर्दै आई रहेका छन् l उनका शब्द चयन पनि परिवर्तन हुदै गई रहेका छन् l

सबैलाई मिलाएर लैजाने प्रतिबद्धता जाहेर गर्दैछन् l डेमोक्रेटिक दललाई आफ्नो देशको भलाईको लागि साथ हिड्न अनुरोध गरि रहेका छन् l

गत बिहिबार राति उनले पटक पटक अगाडी बढ्न आफ्ना कार्यसूची अगाडी बढाएका छन् l उनले अमेरिकाको ओहायो राज्यको सिनसिनाटि मा यो हाम्रो क्रियाकलाप गर्ने मौका हो भने l यो समय हाम्रो बृहत कार्य गर्न सकिने बताए l

भाषण कै क्रममा उनले अमेरिकाको खाका को प्रथम महत्वपूर्ण भाषण गरे l उनले भने प्रश्न यहाँ विश्व स्तुति ,बिश्व मुद्रा ,विश्वब्यापी नागरिकता प्रमाण पत्र गर्ने हैन भने l उनले भने हामी हाम्रो एक मात्र झन्डा प्रति वचनबद्ध र निष्ठावान छौ l र हामी अमेरिकालाई प्रथम स्थानमा राख्छौ भन्ने बचन बद्धता दोहोर्याए l

र ,सबै भन्दा महत्वपूर्ण संदेश समावेसी संदेश दिने प्रयास गरे l हामी सबै प्रकारका कट्टरपन तथा पूर्वाग्रहका निन्दा गर्छौ भन्ने संदेशले राम्रो सकारात्मक संदेश दिएको छ l

प्रतिक्रिया