उत्तरी ध्रुवको अत्यन्त कठीन प्रतियोगिता मा पहिलो एक नेपाली भाग लिदै, एक भोट गरौ |

इनेप्लिज २०७३ मंसिर १८ गते २२:३७ मा प्रकाशित

unnamed

नवराज पोखरेल | झापा दमकका शिव कुमार चम्लागाई बिगत ८ बर्ष देखी स्विडेनको स्टकहोल्ममा बस्दै आउनु भएको छ । FjallravenPolar Expedition उत्तरी ध्रुवको अत्यन्त कठीन वातावरणमा जहा मौसम नै -३० डिग्री भन्दा तल हुने गर्छ अधिकांश समय । ३०० किमीको दुरी ६ वटा कुकुरहरुले तान्ने गाडामा उभीएर ५ दिनमा पुरा गर्ने एक प्रतियोगितामा पहिलो पल्ट एक नेपाली अर्थात वहा भाग लिदै हुनुहुन्छ ।

वहा भन्नुहुन्छ म नेपाली हु र मेरो रगतमा शेर्पा, मगजमा हिमालको भूत सवार छ जनइले बेरीएको तर स्वतन्त्र छु । नेपालको झन्डा बोकेर आफ्नो ज्यानलाई जोखिम राखेर उत्तरी धुर्वमा ६ वटा कुकुर संगै दौड़ने रहर छ । नसकीने कुरा सकीन्छ भन्ने विश्वास राख्दछु । तर यहाहरुको अमुल्य मत रहेमा मात्र FjallravenPolar2017 मा भाग लिने पहिलो नेपाली हुन पाउने छु | उमेद्वारी दिइ नै सकेको छु र अहीले सम्ममा पॉचौ स्थानमा आउन सफल भएको छु। तर प्रतियोगितामा भाग लिन पहिलो वा दोश्रो न. मा आउन जरुरी छ |

आउनु होस यो यात्रामा सहभागी बन्नु होस र एक नेपालीको यो सपना साकार पार्न तपाईहामी सबैले वहालाई साथ समर्थन र सहयोग गरौ र नेपाल र नेपालीलाई विश्व भर चिनाउ | थप अन्य जानकारीको लागी यू-टयुवमा Fjallraven Polar सर्च गरी हेर्न सक्नु हुनेछ।

यहाहरुको साथ, सहयोग, माया, स्नेह र मात्र एक भोटको खॉचो छ । सम्पूर्णको साथ रहेमा चन्द्र सुर्य झण्डाको मान र सान अझ उच्च राख्ने प्रतिवद्धता जाहेर प्रतियोगी शिव कुमार चम्लागाईले गर्नुभएको छ |

भोट गर्नको लागि वा अन्य जानकारीको लागि यो लिंकमा गएर गर्नु होला |

भोट यहाँ

http://polar.fjallraven.com/contestant/?id=734

प्रतिक्रिया