शुक्रबार, असार ११ २०७८
काठमाडौं १५:३५
वासिङटन डिसी 05:50

भर्जिनियामा अपरिचित अनिमन्त्रित व्यक्तिको गोलि हानी हत्या

इनेप्लिज २०७३ मंसिर १७ गते १२:३८ मा प्रकाशित

intruder

अमेरिकाको भर्जिनियाको कल्पेपर भन्ने शहरमा रातको समयमा शंकास्पद शैलीमा घर छिर्न खोज्ने एक अपरिचित अनिमन्त्रित व्यक्तिलाई घर मालिकले गोलि हानि हत्या गरेका छन l कल्पेपर प्रहरीले उक्त कुरा जनाएको छ l गत डिसेम्बर १ तारिख साँझ ६ बजेर २२ मिनेटको समयमा घटना घटे पछि प्रहरी पुगेको थियो l उक्त घटना वुडल्याण्ड चर्च सडकको १४ हजार घर संख्या घटन गएको हो l

शंकास्पद व्यक्तिको नाम प्रहरीले सार्बजनिक गरेको छैन भने यस बिषयमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ l र यस भेकमा यस्ता शंकास्पद कोहि व्यक्ति रहेका छन् भन्ने शंकामा अन्यको खोज तलास पनि गरेको प्रहरीले जनाएको छ l

अमेरिकामा घर मालिकलाई शंका लागे या यस्तो गतिबिधि कुनै पनि मान्छे देखिए घर मालिकले आफ्नो ज्यान बचाउन गोलि हान्न सक्ने छन् भने कैयौ निर्दोष पनि मारिएका थुप्रै घटनाहरु भएका छन् l कल्पेपर भर्जिनियामा झन्डै हजार जन संख्या भएको शहर हो l

प्रतिक्रिया