छोटो समयमा दर्शकश्रोताको मन जित्न सफल राजेन्द्र

इनेप्लिज २०७३ मंसिर १७ गते १०:५० मा प्रकाशित

rajendra-luitel1

जीवनमा सबै कुरा कल्पना गरेको वा सोचेको जस्तो हुन्छ भन्ने हुँदैन । सपना देखेका सबै पुरा हुन्छ भन्ने पनि छैन् । भनिन्छ जीवनमा नदेखेका कुरा हुन्छ न लेखेका कुरा हुन्छ । समयले मानिसलाई कल्पना नगरेको संसारमा पु¥याउन पनि सक्दछ । यस्तै भएको छ सञ्चारकर्मी तथा कलाकार राजेन्द्र लुईटेलको जीवनमा पनि । व्यवसाय र समाजसेवामा सक्रिय रहेका उनी आफ्नै कम्पनिको विज्ञापन निर्माणका लागि विभिन्न कलाकार तथा सञ्चारकर्मीसँगको बाक्लो भेटघाटले उनमा पनि अभिनयको नसा विस्तारै लाग्न थाल्यो । त्यसमा साथीहरुले थपेको हौसलाले उनमा अभिनय र कलाकारिता प्रतिको रुची बढ्दै गयो ।

rajendra-luitel3

सानैदेखी समाजसेवाका सक्रिय उनको गत वर्ष भूकप्पपछिको समयमा गरेको सामाजीक कामको सबैतिर चर्चा भए । देशका विभिन्न भागमा पुगर उनले भूकम्प पिडितको घाउमा मलम लगाउने काम गरेका छन् । नेपालीले भोगेको पिडालाई समेटेर बनाइएको सन्तोष लामाको नरोउ आमा नरोउ बा गीतबाट उनको चर्चा र लोकप्रियता बढ्यो । दोस्रो सुन्दरादेवी सन्देश बागमति म्युजिक अवार्डमा उनी यहि गीतबाट उत्कृष्ट ५ मा मोडलको नोमिनेसनमा पर्न सफल भए । ईमान्दारीता, हासिलो स्वभाव, मिलनसार, सहयोगी, सकारात्मक सोच एवं विचारका धनी उनी एक असल व्यक्तिमा हुनु पर्ने गुणले सजिएकै कारण उनी सबैको प्रिय बन्न सफल भए । अहि कारण उनी छोटो समयमा लोकप्रियताको शिखर चढ्न सफल भएका हुन । यो अवधीमा उनले एक दर्जन भन्दा बढी म्युजिक भिडियो, विज्ञापनहरुमा अभिनय गरेका छन् । उनले अभिनय गरेका गीतहरु दर्शकको रोजाईमा पर्ने गरेका छन् । उनी अभिनित म्युजिक भिडियोहरु विभिन्न टेलिभिजन च्यानलमा उत्कृष्ट १० भित्र पर्न सफल पनि भएका छन् । लोक, आधुनिक, पप सबै गीतमा उनले अभिनय गरेका छन् । । २०६५ सालबाट संचार क्षेत्रमा क्रियाशिल रहेको छन् । वि.सं. २०६३ सालदेखि विद्युत सामाग्रीको व्यवसायीबाट आफ्नो व्यसायमा सञ्चालन गरेका उनले पछि विविध कारणले व्यवसायलाई अगाडी बढाउन सकेनन् । अहिले उनी सरकारी स्वामित्वको कम्पनिमा अधिकृतका रुपमा कार्यरत रहेका छन् ।

rajendra-luitel

बहुआयामिक प्रतिभाका धनी लुईटेल अभिनय, व्यापार, समाजसेवा र सञ्चार क्षेत्रमा सक्रिय हरेका छन् । हुने विरुवाको चिल्लो पात भने झै उनि एक असल नागरिकका रुपमा जति सफल र प्रिय छन् उनले गरेका कर्महरुमा ति कुरा प्रष्ट देखिन्छ । एक असल नागरिकको रुपमा समाजमा आफुलाई चिनाउने लक्ष्य साथ अघि बढेका उनमा भविष्यमा एक असल र सफल संचारकर्मी तथा कलाकार बन्ने सपना छ । देश, जनता र समाज सेवामा आफ्नो भविष्य लगानी गर्न अझ बढी प्रयासरत रहेको छन् । कर्म गर फलको आश नगर भने झै सुरुका दिनमा ठुलो आश नगरी काम गर्दै अघि बढेका उनी विस्तारै सफलताका शिखर चुम्न सफल भए । विभिन्न सामाजिक संघ सस्थामा आवद्ध रहेर सामाजिक सेवामा पनि उतिकै सक्रियका साथ अगाडि वढिरहेका राजेन्द्रले सबै क्षेत्रमा समय व्यवस्थापन गरेर काम गरिरहेका छन् । यो उनको सबै भन्दा ठुलो क्षमताको कुरा हो । राजधानी काठमाडौंमा जन्मेका राजेन्द्र लुईटेललाई परिवारको साथ सहयोग भन्दा पनि आफ्नै मेहनत र परिश्रम रमाउने गर्दछन् । आज त्यहि कारण उनी लोकप्रियताको शिखर तर्फ उन्मुख छन् ।

rajendra-luitel2

सकारात्मक सोच भएका उनी कर्म र आफ्नो भाग्य दुबैलाई अगाल्दै अगाडी बढिरहेका छन् । उनी जस्तो सुकै अप्ट्यारो, चुनौति आउँदा कहिले हरेस नखाई अघि बढेको बताउँछन् । उनि भन्छन् – ‘कुनै पनि व्यक्ति एकै चोटि सफल हुने होइन उसको मेहनत, लगन र काम प्रतिको उसको कडा परिश्रमले सफल हुने हो कहिले काहि असफल भयो भन्दैमा हरेस खानु हँुदैन त्यस प्रति निरन्तर लागेमा एक दिन सफल भइन्छ ।’ उनको प्रेरणाको स्रोत अर्थविद् डा. बद्री पोखरेललाई भएको बताउँछन् । उनको योगदान नेपाल खेल क्षेत्रमा पनि रहेको छ । तेक्वान्दो र उसु खेल समेत खेलेका उनले उक्त खेलको प्रतिनिधित्व गर्दै स्वदेशस्तरका विभिन्न प्रतियोगितामा समेत सहभागी भई केहि समय प्रशिक्षक समेत बनेका थिए उनी जति सरल र सहज छन् त्यति नै कोमल मनका धनी छन् ।

देशको राजनैतिक अस्थिरता विकासको बाधक भएकोले नेपालल सोचे जस्तो विकास गर्न नसकेको उनको अनुभव छ । देशका युवाहरुमा विदेश प्रतिको आकर्षण बढ्दै जानु तथा दक्ष जनशक्ति दिन प्रतिदिन स्देशबाट पलायन हुनु देशको प्रमुख समस्या रहेको बताउँछन् । उनका आग्रह छ – ‘स्वदेशमा नै ईमान्दारीताका साथ आफ्नो कर्ममा लगनशित भई अगाडी बढेमा नेपालमा नै केहि गर्न सकिन्छ त्यसैले विदेश जानु मात्र समस्याको समाधान होइन, नेपालमा नै केहि गरौं उनको आग्रह छ । छिटो प्रतिफल खोज्न नहुने र कुनै पनि क्षेत्रमा महेनत र धैर्यताका साथ काम गर्दा सफल भइने उनी बताउँछन् । कलाकारितामा आउन चाहनेहरुलाई सिकेर, बुझेर यो क्षेत्रमा आउन आग्रह गर्दछन् । भ्रमण गर्नु उनको मुख्य रुचिको विषय भएको कारण नेपालका ५० भन्दा बढी जिल्ला तथा केही विदेश भ्रमण गरी सकेका छन् । सामाजिक सेवा तथा संचार क्षेत्रमा उत्कृष्ट योगदान दिए वापत विभिन्न संघ संस्थाहरुबाट सम्मानित भैसकेका छन् । उनले पाएका सम्मानको लिष्ट नै धेरै छन् । यहि उनको कर्मबाट प्राप्त सफलता हो भन्दा फरक नपर्ला । सानै उमेरदेखि सामाजिक सेवामा संलग्न भएका उनले विभिन्न निकायहरुमा पु¥याएको सेवा उल्लेखनीय रहेको देखिन्छ । उनी निरन्तर सक्रिय रहेका छन् ।

पिता हरी लुईँटेल र माता चण्डिका लुईँटेलका सुपुत्रका रुपमा जन्मेका उनी अहिले सानो सुखी परिवारका साथ रमाइरहेका छन् । आफ्नो पाइला सफलताका शिखर तर्फ लम्काइरहेका छन् । आगमी यात्राको लागि शुभकामना ।

प्रतिक्रिया