बिहीबार, असार १० २०७८
काठमाडौं १२:२६
वासिङटन डिसी 02:41

राजनीतिक सहमतिका आधारमा द्वन्द्वकालमा भत्किएका संरचनाको निर्माण गर्नुपर्ने : मन्त्री यादव

इनेप्लिज २०७३ मंसिर १३ गते १२:२० मा प्रकाशित

sitadevi-yadav-1पाँचथर, १३ मङ्सिर । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादवले राजनीतिक सहमतिका आधारमा द्वन्द्वकालमा भत्किएका संरचनाको निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

पाँचथरको फिदिममा सोमबार स्थानीय शान्ति समिति पाँचथरले गरेको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले भत्किएका संरचना पुनःनिर्माणका लागि कनिका छराइको बजेटले नपुग्ने उल्लेख गर्नुभयो ।

दशवर्षे सशस्त्र द्वन्द्वकालमा भत्किएका पुनःसंरचना निर्माणका लागि ३० अर्ब रकम लाग्ने बताउनुभयो । यसका लागि राजनीतिक दलहरुबीचमै सहमति गरी बजेट विनियोजन गर्नुपर्नेमा उहाँको जोड थियो ।

अहिलेसम्म ३३ प्रतिशतमात्रै पुनःसंरचनाको काम भएको र बाँकी हुने तयारीमा भए पनि बजेट अभावका कारण अन्य पुनःसंरचनाको काम अघि बढ्न नसकेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भएर आयोगमा ५७ हजार पीडितका उजुरी परे पनि काम अघि बढ्न नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो ।

यस्तै उहाँले द्वन्द्वपीडितलाई रु एक-दुई लाख राहत दिनुको कुनै अर्थ नरहने बताउँदैै सीपमूलक तालिम दिएर स्वावलम्बी बनाउन सके उनीहरु आत्मनिर्भर हुने बताउनुभयो ।

साथै जिल्लाका द्वन्द्वपीडितले पाउने राहत सुविधा उपलब्ध गराउने साथै नीतिगतरुपमा सम्बोधन नभएका द्वन्द्वपीडितको पीडा सम्बोधन गर्न पाँचबुँदे माग राख्दै जिल्लाका द्वन्द्वपीडितले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएका थिए ।

यस्तै सोही कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य तथा हकहित सम्बद्ध समितिका सभापति भीष्मराज आङ्देम्बेले द्वन्द्वपीडितलाई राहत दिने विषयमा कुनै कन्जुस्यार्इं गर्न नहुने बताउनुभयो ।

प्रतिक्रिया