मंगलबार, असार ८ २०७८
काठमाडौं ०८:२८
वासिङटन डिसी 22:43

‘संशोधनभन्दा पनि सङ्क्रमणकाल टुङ्ग्याइनु पर्ने’

इनेप्लिज २०७३ मंसिर १२ गते १५:०३ मा प्रकाशित

k"j{k|wfgdGqL zdf{–k':ts nf]sfk{0f g]skf-Pdfn]_sf cWoIf tyf k"j{ k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ o'jf ;ª3 g]kfn k|rf/ tyf k|sfzg ljefuåf/f k|sflzt …o'jf cfjfhM cfwf/ / sfo{ef/Ú k':tssf] nf]sfk{0f ug'{x'Fb} . tl:a/M z/b zdf{, /f;;

काठमाडौँ, १२ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनभन्दा देशको सङ्क्रमणकालीन अवस्था टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।

युवा सङ्घ नेपालको प्रचार तथा प्रकाशन विभागद्वारा प्रकाशित ‘युवा आवाजः आधार र कार्यभार’ पुस्तकको आज लोकार्पण गर्दै उहाँले संविधान गतिशील दस्तावेज भएको हुनाले संशोधन हुनसक्ने भए पनि संशोधनभन्दा पनि देशको सङ्क्रमणकाल टुङ्ग्याउनुपर्नेमा जोड दिनुभयो ।

“सरकारको काम संशोधन गर्ने होइन”–उहाँले भन्नुभयो, “ऐन कानुन बनाएर तीन तहको निर्वाचन गराएर सङ्क्रमणकाल टुङ्ग्याउने काम हो । संशोधन गरेर अन्य काम अल्मल्याउने प्रयास गरिँदैछ ।” उहाँले सरकारलाई नै संशोधन किन गर्न लागेको भन्ने कुरा थाहा नभएको पनि उल्लेख गर्नुभयो ।

जनताको हक अधिकारका सवालमा एमाले संविधान संशोधन गर्न तयार रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले संविधान संशोधनका नाममा देशलाई भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने कुरा गरिएको आरोप लगाउनुभयो ।

उहाँले संशोधन गरेर नै मुलुकको समस्या नटुङ्गिने बताउँदै क्षणिक समयका लागि मात्र समस्या टुङ्गिने बताउनुभयो । “हामीले पनि गतवर्ष समस्या टुङ्गिन्छ भनेर दुईवटा बुँदामा संशोधन गरेका थियाँै”–उहाँले भन्नुभयो, “तर अहिले फेरि बल्झियो । संशोधनले तत्कालको मात्र समस्या समाधान हुने गर्दछ । फेरि पछि समस्या आउँछ ।”

अध्यक्ष ओलीले सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नका लागि पूरक बजेट ल्याउन लागेको आरोप लगाउनुभयो । उहाँले स्थानीय तहको पुनःसंरचनामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले नै बाधक बनेको आरोप लगाउनुभयो ।

एमाले सचिव प्रदीप ज्ञवालीले सरकार संविधान कार्यान्वयनभन्दा संशोधनको प्रस्ताव ल्याएर हिमाल, पहाड, तराईमा मुठभेड ल्याउन लागेको बताउनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य महेन्द्र पाण्डे, युवा नेता महेश बस्नेत, युवा सङ्घका अध्यक्ष राजीव पहाडीले संविधान संशोधन देश र जनताविरुद्ध भएको भन्दै संशोधनभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया