बिहीबार, असार १० २०७८
काठमाडौं १२:११
वासिङटन डिसी 02:26

नेपाली चलचित्र ‘जात्रा’ अमेरिकामा प्रदर्शन हुने

इनेप्लिज २०७३ मंसिर ११ गते १४:२६ मा प्रकाशित

jatra-1देशव्यापी रुपमा सफलता पुर्वक प्रदर्शन भै रहेको नेपाली चलचित्र ‘जात्रा’ ले अमेरिका यात्रा गर्ने पक्का भएको छ l चलचित्र मन्दिरमा उत्साहप्रद र राम्रो व्यापार गर्न सफल भएको यस चलचित्र अमेरिकामा डिसेम्बरको पहिलो हप्तामा प्रदर्शन हुने भएको जानकारी अमेरिकाका लागि वितरक रहेका शरद युवराज सिंहले ईनेपलिजलाई बताए l

प्रदीप भट्टराईको प्रथम निर्देशन रहेको ‘जात्रा’ चलचित्रमा रवीन्द्र सिंह बानियाँ, विपिन कार्की र रवीन्द्र झा चलचित्रका मुख्य पात्रहरु रहेका छन् l मह जोडीसँग जोडिएका भट्टराई १३ वर्ष भन्दा बढी महसन्चारमा सहायक निर्देशक, पटकथा ,लेखक तथा सहायक भएर काम गरेको अनुभव छ l शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मका निर्माता सिंगे लामा र यादव पौडेल हुन् ।

अमेरिकाको लागि वितरक रहेका समुहले यो भन्दा अगाडी छक्का पन्जा अमेरिकाको ५० वटा भन्दा बढी राज्यहरुमा सफलता पुर्वक प्रदर्शन गर्न सफल भएको छ l अमेरिकामा विभिन्न पेशामा संलग्न रहेका यो समुहले चलचित्र बाट मुनाफा मात्र नभई केहि सामाजिक सेवामा समेत काम गरेका छन् l अमेरिकाको लागि वितरक रहेका यो समुहमा प्लानेट ३ फिल्म्स ,रेड चा रि ओट इन्टर नेसनल ,कोसेली ईभेन्टस ,नेपसिने तथा ड्रिम्स २७ रहेका छन् l

चलचित्र जात्रामा हरिबश आचार्यले गाएको नोट पैशा भन्ने गित सर्बाधिक चर्चामा रहेको छ भने मह जोडी तथा विभिन्न पेसामा संलग्न दर्शकले राम्रो चलचित्र भएको बताएका छन् l

वितरक शरद युवराज सिंहले कुराकानी गर्दै हाम्रो उदेस्य केवल अर्थ कमाउने मात्र नभई बिदेशमा नेपाली चलचित्रलाई प्रबर्धन गर्नुको साथै कमाएको केहि रकमले समाज सेवामा अर्पण गर्ने बताए l

चलचित्र जात्रा को राम्रो कथा वस्तु हुनु को साथै सबै कुरा मिसिएकोले दर्शकले मन पराएको संचार माध्यमले समाचार प्रकाशित गरेका छन् l सिंहले यो जात्रा चलचित्र को एउटा प्रदर्शनको उठेको सबै पैसा ओक्लाहोमा केहि दिन अगाडी असामयिक निधन भएकी बिद्यार्थीको परिवारलाई दिने बताए l

अमेरिको लागि प्रदर्शन गर्न चाहनेले निम्न ब्यक्तिहरु संग सम्पर्क गर्न सक्ने जानकारी दिइएको छ l सम्पर्क व्यक्तिहरुमा शरद युवराज सिंह ,४१० -६९८ -७०२१ अर्जुन सुबेदी ,४६९-८१८-३५९९ ,रायन रेज ,२१४- ३१७ -१२६५ ,अनोज जंग ४१० -९०० -७४१२ ,अर्जुन कुंवर ,६१७ -३८६-३४१० तथा अजय भट्टराई ,४४३-३०१-८००७ रहेका छन् l

प्रतिक्रिया