शुक्रबार, असार ४ २०७८
काठमाडौं १७:१४
वासिङटन डिसी 07:29

क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन ,क्युवामा नौ दिन राष्ट्रिय शोक मनाइने

इनेप्लिज २०७३ मंसिर ११ गते १२:१२ मा प्रकाशित

fidelcastro-kiyg-621x414livemintक्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको छ । सन् जनवरी ८ ,१९५९ मा सत्ता हातमा लिएका क्यास्ट्रो विश्व कै सर्बाधिक लामो समय सम्म सत्तामा रहेका नेता हुन्। सन् १९२६ मा एउटा सम्पन्न परिवारमा जन्म भएता पनि आफ्नो सुविधासम्पन्न जीवनशैली र बहुसंख्यक जनताको विपन्नता देखेर उनी क्रान्तिकारी बनेका थिए । झन्डै आधा शताब्दि बागडोरमा रहेका क्यास्ट्रो सत्ता मा रहदा अमेरिकामा ११ जना राष्ट्रपति निर्वाचित भएका थिए l

उनका भाई वर्तमान राष्ट्रपति राहुल क्यास्ट्रोले फिडेल क्यास्ट्रो मृत्यु शुक्रबार राती १० बजेर २९ मिनेटमा निधन भएको जानकारी दिएका हुन् । राहुलेले सन् २००८ मा बागडोर सम्हालेका थिए । अमेरिकाको चिर शत्रु रहेका फिडेलले ओबामा राष्ट्रपति भए पछि केहि प्रशंसा गरेको संचार माध्यमले भनेको छ l क्युवामा ९ दिन सम्म शोक मनाइने र सम्पूर्ण संचार माध्यममा देशभक्तिपूर्ण धुन र गित बजाइने भएको छ l

६ फिट ३ इन्च शारीरिक बनावट भएका फिडेल क्यास्ट्रोको पुरा नाम फिडेल एलेजान्द्रो क्यास्ट्रो रुज़ हो l २० औ शताब्दीमा पश्चिमी गोलार्धमा साम्यवादी शाषण ल्याएर पश्चिमी राष्ट्रहरुलाई आश्चर्य पारि दिएका थिए l

cuban-in-miami

सन् २०१४ मा अमेरिकाका राष्ट्रपति बराक ओबामाले आफ्नो बिशेष अधिकार प्रयोग गर्दै क्युवा र अमेरिका बीच रहेको चिसोपन लाई हटाउदै पोप फ्रान्सिस को पहलमा कुटनैतिक सम्बन्ध लाई केहि सामान्य गरेका थिए l क्युबाका जनता शोकमग्न रहेका छन् भने बिश्व भर मिश्रीत प्रतिक्रिया आई रहेको छ l

अमेरिकाको फ्लोरिडा राज्यको मियामीको सानो हवानामा निर्वासित क्युवाली अप्रवासीहरु स्याम्पेन ,निजि गाडीको ध्वनि भाडा वर्तन र ताप्के बजाई रहेको समाचार छ l अन्तिम संस्कार आगामी शनिबार गरिने बताइएको छ ।

प्रतिक्रिया