शनिबार, असार ५ २०७८
काठमाडौं १५:५२
वासिङटन डिसी 06:07

विद्युत्भार कटौती अन्त्यका लागि वैकल्पिक उपाय खोजिँदै

इनेप्लिज २०७३ मंसिर ११ गते ७:४३ मा प्रकाशित

janardanनेपालगन्ज, ११ मङ्सिर । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा सङ्कट एक वर्षभित्र समाधान हुने बताउनुभएको छ ।
प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले ‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्नेतर्पm सरकारले गृहकार्य थालेको जानकारी पनि दिनुभयो ।
“तत्कालको विद्युत्भार कटौती अन्त्यका लागि सरकारले वैकल्पिक उपायको समेत खोजी गरिहेको छ” उहाँले भन्नुभयो ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री शर्माले यदि संविधान संशोधन भएन भने निर्वाचन हुँदैन, त्यसो भयो भने हामी संविधानको कार्यान्वयन गर्न सक्दैनौँ र मुलुकमा राजनीतिक सङ्कट छाउँछ भन्नुभयो ।

प्रतिक्रिया