शनिबार, असार ५ २०७८
काठमाडौं १५:४७
वासिङटन डिसी 06:02

..वहुप्रतिक्षित “पुरानो डुङ्गा” आज अमेरिका आईपुगेको छ।

इनेप्लिज २०७३ मंसिर ९ गते १६:२३ मा प्रकाशित

received_10102110045035071

भोलि नोभेम्बर २५ देखि अमेरिकाको विभिन्न शहरहरुमा “पुरानो डुङ्गा”ले आफ्नो बिधिवत प्रदर्शन शुरु गर्ने भएको छ। अमेरिकाको मिचिगन, शिकागो, न्युयोर्क, मेरिल्याण्ड, डि. सी. भर्जिनिया,  पेन्सल्भेनिया, लस्एन्जलस्, सानफ्रान्सिस्को, टेक्सास, आयवा, कोलोराडो लगायत बिभिन्न राज्य अनि शहरहरु र क्यानाडामा गरि करिव ४० भन्दा बढी शहरहरुमा यो चलचित्र प्रदर्शन हुने निश्चित भइसकेको छ।

कलिउडका चर्चित सिनेहस्तीहरु, मिडियाहरु तथा सिनेपत्रकारहरुको बाक्लो उपस्थितिमा नेपालमा हिजो नोभेम्बर २३ तारिखका दिन यसको एक भब्य प्रिमियर शो देखाईएको थियो। सिनेमा अत्यन्तै राम्रो बनेको, नेपाली कथा बोकेको र सम्पुर्ण पात्रहरुले आफ्नो उत्कृष्ट प्रस्तुति दिएकोले चलचित्रको हरेक चरित्रहरुले न्याय पाएको चलचित्र हेरिसके पछि सवैको प्रतिक्रिया रहेको छ। “ट्वाक्क टुक्क र ध्स्यामधुसुम”को फर्मुला भन्दा ज्यादै सरल, पृथक र यथार्थमा टेकेर चलचित्र बनेको छ, एकपटक त हेर्नै पर्छ सवैले..एकदमै उत्कृष्ट चलचित्र बनेको छ।” – सवैको प्रतिक्रिया यस्तै थियो।

picsart_11-24-09-07-42

सांगीतिक पक्षमा, चलचित्रको गितहरु सबै कर्णप्रिय रहेको छ। “हो! नीर जहिले रिसाउने” ले सफलताको आकाश चुमिसकेकोले छ भने सो गित नबज्ने कुनै स्थान नै छैन भने नसुन्ने कोहि नेपाली नै छैन भन्दा नि हुन्छ। यस्तै अन्य गीतहरुले पनि दर्शक श्रोताहरुको मन जित्दैछन, जसमा “माझी” बोलको गीत अहिले हरेक संचार मिडियाहरुमा जोडतोडले घन्किरहेको सुन्न सकिन्छ।

“पुरानो डुङ्गा” मा माओत्से गुरुङ – भक्ते, दयाहाङ राई – बतासे, मेनुका प्रधान – मनमाया र प्रियङ्का कार्की – चन्द्रुको रुपमा पर्दामा मुख्य पात्रहरुक रुपमा देखिएका छन् भने अन्य बुद्धि तामाङ, पुस्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजन गुरुङ आदि चर्चित कलाकारहरुको उत्कृष्ट अभिनय पनि देख्न सकिन्छ।

picsart_11-16-11-06-18

सिनेमा आर्टस् र माओत्से गुरुङ फिल्मको ब्यानरमा बनेको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्। माओत्से गुरुङको कथालाई फिल्मका लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।

अमेरिका र क्यानाडामा यस चलचित्रको वजार ब्यबस्थापनको जिम्मा “युवा फिल्मस्” र “एभरेस्ट इन्टरर्टेन्टमेन्ट” ले सम्हालेका छन् भने चलचित्रको प्रचारप्रसारमा Enepalese.Com, Sajha.com, DC Nepal.Com, Canadanepal.com तथा “मेरिल्याण्डका हामी नेपाली” ले अफिसियल मिडियाका रुपमा साथ दिएका छन। मुख्य प्रायोजनका रुपमा Travel Partners, Air Zone Travels छन भने बाल्टिमोरको Himalayan Bistro Restaurant ले सहयोगी भुमिकामा छन।

अन्तमा, यदि तपाईंहरु पनि आफ्नो शहरमा यस चलचित्रलाई आफ्नो शहरहरुमा प्रदर्शन गर्न चाहनुहुन्छ भने इच्छुक महानुभाव तथा संघसंस्थाहरुले यथासिघ्र तल उल्लेखित फोन-नम्बरहरुमा सम्पर्क गर्नहुन सवैमा अनुरोध गर्दछौं।

Keshav Khadka: 401-999-7150
Ashish Shrestha: 405-812-1637
Apar Shrestha: 443-418-4344
Dilip Shrestha: 646-420-2399
Srijan Tamrakar: 443-675-8889

लेख: श्रीजन ताम्राकार, बाल्टिमोर

© मेरिल्याण्डका हामी नेपाली, 2016

“पुरानो डुङ्गा” को बारे यस्तो आयो सिनेकर्मीहरुको प्रतिक्रिया, थप भिडियो:

प्रतिक्रिया