फरर ,सरर र खाडेमानमा सिद्धहस्त भए अमेरिका कप्लक्क खाइने

इनेप्लिज २०७३ मंसिर ९ गते १३:४४ मा प्रकाशित

bijay

अमेरिका आउने सोच बनाइएको छ भने तीन चिज ,फरर ,सरर र खाडेमानमा सिद्धहस्त भए अमेरिका कप्लक्क खाइने कुरामा दुई मत नै छैन l यदि हामी यी तीन चिजमा पोख्त छैनौ भने पनि समय व्यवस्थापन गरेर भए पनि जो कसैले अमेरिकामा दुख झेल्नु पर्दैन l

तीन चिजहरु ,पहिलो अंग्रेजी भाषामा धारा प्रबाह अर्थात् फरर मात्र जान्न सकियो भने अमेरिकामा स्थापित हुइञ्छ भन्ने सोचे हुन्छ l किनकी यस्ले नेपाली मुलका मानिसलाई निकै कठिनाई बनाएको छ l तर अबका सबै वर्गलाई भाषा अबरोध बन्दैन तर पनि औसतमा भाषा नेपाली समुदायको लागि समस्या नै रहको छ l

अमेरिका यस्तो मुलुक हो जहाँ अंग्रेजी नबोलि सुख नै छैन l यता फर्कियो अंग्रेजी ,उता फर्कियो अंग्रेजी l यो देशमा मकै भुटेको जस्तो भटटट अंग्रेजी बोले पनि छिटो बिकिन्छ l तर आफुलाई प्रतिस्प्रद्धामा उभ्याउने हो भने यो अपरिहार्यता हुन्छ l एक अक्षर पनि नपढी अमेरिकाको नागरिकतामा १ सय वटा प्रश्न घोकेर अमेरिकन नागरिक पनि लिएका छन् l भुटानी शरणार्थीकि एक महिला उदाहरण बनिन l चिनियाहरुले त्यति पनि नजानी अमेरिकाको नागरिक लिएका कैयौ उदाहरण छन् l

बिश्वका कैयौ मुलुकका नागरिकहरु नेपालीहरुको तुलनामा कम्जोर जस्तो पनि देखिएको छ l कैयौले यहि भाषाको अबरोधको कारण जागिर पाएका हुदैनन  अंग्रेजी आएन भने अमेरिकामा खिल्ली उडाईदैन l

अमेरिकामा प्रत्येक १० जनामा १ जनाले धारा प्रवाह अंग्रेजी बोल्न सक्दैनन् l झन्डै १ करोड ९० लाखले अमेरिकामा धारा प्रबाह बोल्न सक्दैनन् lअमेरिकाको तथ्यांक अनुसार अमेरिकामा ५ जना मध्ये १ जनाले आफ्नो घरमा बिदेशी भाषा मात्र बोल्छन l जस अनुसार क्यालिफोर्नियाका झन्डै आधा भन्दा बिद्धार्थीहरु अंगेजी भाषा भन्दा अन्य बिदेशी भाषा बोल्दछन भने टेक्सास र नेवदामा पनि यस्तै असर परेको छ l

अंग्रेजी भन्दा स्पानिश भाषा झन्डै अमेरिकामा ३ करोड ८४ लाख निवासीले बोल्दछन भने झन्डै कुल जन संख्याको १२ प्रतिसतले घरमा स्पनिश बोलेको पाइएको छ l अर्को आश्चर्यको कुरा डिसीका ५ बर्ष बिद्यालयका बिद्यार्थीहरु घरमा अरु भाषा बोल्ने गरेको पनि देखाएको छ l

म्यारिल्याण्ड राज्यमा १६ दसमलब ७ प्रतिसत र भर्जिनियामा १४ दसमलब ४ प्रतिसत अन्य भाषा घरमा मात्र बोलिन्छ जसको कारण अंग्रेजी कमजोरी हुन सक्ने आंकडाले देखाएको छ l

यहाँ आउदा खारिएर ,अंगेजी भाषामा प्रकाण्ड बिद्धवान भएर हरेक कुरा जानेर आए माथिल्लो कामहरु पाईने बढी सम्भावना हुन्छ l धारा प्रबाह संग अंग्रेजी बोल्नेको भन्दा त्यति बोल्न जान्नेले कम्तिमा पनि २५ देखि ३० प्रतिसत कम तलब कमाउने गरेको देखाएको छ l

दोश्रो ,कुनै पनि कुरामा शिप छ भने अमेरिकामा त्यो भन्दा राम्रो कुरा केहि हुदैन l जे कुरा पनि सरर आउछ भने त्यो ज्यानले अमेरिकामा हण्डर खानु पर्दैन l तसर्थ अमेरिका आउने हो भने यी कुरामा ध्यान मात्र पुर्याउन सकियो भने आफु र परिवारले दुख झेल्नु पर्दैन l प्राबिधिक रुपमा आफु योग्य हुदा सरल रुपमा अमेरिकामा काम पाइने हुन्छ l

तेस्रो ,खाडेमान ,अमेरिकामा आउने ईक्षा छ भने नेपाल मै उभिने बानि गर्दा उत्तम हुन्छ l हामीहरु बसेर काम गर्ने संस्कारमा हुर्किएकोले एक्कासी उभिएर काम गर्दा अत्यधिक पिडा हुन्छ l नेपालमा प्रहरी ,सेना तथा उभिएर काम गर्ने लाई अमेरिका आउँदा समस्या नहोला तर अन्य पेशाकालाई अप्ठ्यारो हुन्छ l अमेरिकामा उभिएर मात्र काम गर्नु पर्ने हो कि भन्ने मात्र हैन l लाखौ बसेर गर्न काम पनि हुन्छन l

अमेरिकामा प्रारम्भिक चरणमा जस्तो सुकै पनि कम गर्नु पर्ने हुनाले खडेमान हुन् अभ्यास छ भने अति नै सरल हुन्छ l किनभने अमेरिकामा काम गर्न राजनैतिक सिफारिस चल्दैन र अमेरिका हाम्रो मामाको घर या ससुराली पनि हैन l किनभने जता पनि ज्यादा उभिएर काम गर्ने परिपाटी हुन्छ l उभिएर काम गर्दा बसेर गरेको भन्दा ज्यादै स्वास्थ्यको लागि राम्रो पनि हुन्छ l

अन्य थुप्रै कुराहरु जान्नु पर्ने भएता पनि तीन चिजमा पूर्ण हुन् सकिएमा अमेरिकामा जीवन धान्न कठिन हुदैन l हामी घटना पछि मात्र आँखा खोल्ने भएकोले बेलैमा साबधान हुन् जरुरि हुन्छ l अमेरिका जान मात्र पाउँ हेरौला नभन्नु होला l अग्रिम रुपमा नै हातमा शिप लिएर अमेरिका आउदा कहिले मन दुख्ने छैन l

फरर ,सरर र खाडेमानमा सिद्धहस्त भए अमेरिका कसो कप्लक्क न खाईएला त ? एक पटक घोत्लिने कि ?

प्रतिक्रिया