शुक्रबार, असार ११ २०७८
काठमाडौं १०:०५
वासिङटन डिसी 00:20

फ्लोरिडाकि एक महिलाले मध्यपान गरि चर्को आवाज निकाल्ने आफ्नै पाहुनालाई गोलि प्रहार

इनेप्लिज २०७३ मंसिर ९ गते १२:०८ मा प्रकाशित

fotoflexer_photo

गत सोमबार अमेरिकाको फ्लोरिडा राज्यको पानामा शहरमा आफ्नै पाहुनालाई गोलि प्रहार गरेकोमा एक महिलालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ l  ३२ बर्षीय एलाना स्याभेल नाम गरेकी उक्त महिलाले २२ नली प्वाल भएको हाते बन्दुक प्रयोग गरि पाहुना रहेका पुरुष तथा महिला माथि गोलि प्रहार गरेको बे काउन्टीका प्रहरी अधिकृतले जनाएका छन् l

स्याभेलले प्रहरी प्रतिनिधीलाई आफ्नो घरमा खानपिन र मनोरन्जन गर्न बोलाएता पनि मादक पदार्थ सेवन पछि अति चर्को आवाज निकाले पछि घटना हुन् पुगेको बताएकी छिन् l घटना राति मध्यरात १ बजे तिर घटेको हो l

ठुलो स्वर निकाले पछि एकै छिन् पनि उनीहरु त्यहाँ बसेको हेर्न चाहन्न थिए उनले भनिन त्यसैले खुट्टामा गोलि हान्न सुरु गरेको बताएकी थिइन् ,बिबिसीले लेखेको छ l

आफ्नो घरमा ३ पटक तिमीहरु तु गै हल भने पछि अटेरी गरे पछि त्यस्तो अवस्था आई परेको स्याभेलका प्रेमीले प्रहरीलाई बयान दिएका थिए l घाइते महिलालाई पानामा सहरमा उपचारको लागि लगिएको समाचारमा लेखेको छ l पुर्पक्षको लागि गोलि प्रहार गर्ने महिलालाई पक्राउ गरिएको छ l

प्रतिक्रिया