बिहीबार, असार १० २०७८
काठमाडौं ११:११
वासिङटन डिसी 01:26

२०७३ साल मर्गशीर्ष १९ गते, आइतबार, दिसम्बर ४, २०१६ मा अमृतमय शुभ-यज्ञको निमन्त्रण

इनेप्लिज २०७३ मंसिर ८ गते २३:४९ मा प्रकाशित

picsart_11-23-04-12-21

आमन्त्रणा !!

ओम श्रीकृष्ण शरणं

२०७३ साल मर्गशीर्ष १९ गते, आइतबार, दिसम्बर ४, २०१६ मा अमृतमय शुभ-यज्ञको निमन्त्रण

नेपाली भाषामा श्री-सत्यनारायण कथा श्रवणको अवसर
साथै सामुहिक ग्रहशान्ति

यस शुभदिनमा श्री सत्य नारायण कथा सुनाउदाको फल
श्री सुत पौराणिक अगस्तस्यादीलै सुति क्षण मुनिका तपोभूमिमा श्री सुताज्युका मुखारविन्दबाट आज्ञा गरिएको यस कथा को स्रवण गर्नाले ग्रह कृत, राज कृत, सबै प्रकारका पीडा निवृत्ति हुने, आयू, ज्ञान, र आरोग्य बढ्ने, सौभाग्य उदय हुने, साथै भक्ति श्रोता, कर्ता हरुका मात्र नभई समस्त चराचर प्राणीहरुका कल्याण निमित्त, साथै विशेष गरि अमेरिका निवासी नेपालीजनहरुको श्री-वृद्धिका लागि भक्त डा. बिशाल भण्डारीले भारतवर्ष वारानाशी मुमुक्षुभवन बाट भृगुज्योतिर्विद एवं सुपुज्य पण्डित श्री मधुप्रसाद गौलीज्यूलाई नेपालबाट झिकाई आगामी दिसम्बर ४ तारिख, आइतबारका दिन यो पवित्र  श्री सत्यनारायण ब्रतकथा, हवन, र श्री भागवत गीताजिको प्रवचन-हरिकीर्तनादी श्रवण गरी प्रसाद ग्रहणक लागि हार्दिक निमन्त्रण गर्दछौं.

स्थान: राधेगोविंद मन्दिर, १६१६ डिसोतो रोड़
मिति: आइतबार, दिसम्बर ४, २०१६
समय: दिनको १२.३० देखि ३.०० बजेसम्म

यो बिशेष शुभदिवसको महत्व – ११ गुणले सम्पन्न यो दिन धेरै वर्षमा एक पटक आउने हुनाले यस विशेष दिनको लाभ उठाउन यहाँहरुलाई निमन्त्रण गर्दछौं
१. श्री राम र सीता को विवाहको दिन
२. मर्गशीर्ष शुक्लपक्ष
३. पंचमी  तिथि
४. श्रवण नक्षत्र
५. मक्कर राशिमा चन्द्रमा
५. वृश्चिक राशिमा सूर्य
६. भागीरथी गंगा शिवजीक शीरमा हुँदै पृथ्वीमा झरेको दिन
७. देव ऋषि नारद बैकुण्ठ
८. श्री विष्णु बाट आज्ञा लिई
९. नयाँ धानको न्वागी खाने दिन
१०. हेमन्त ऋतुको आगमन
११. नैविशारान्यमा ८८ हजार शौनाकादी ऋषिहरुले यसै दिनमा यो यज्ञ गरेका
Date: December 4th, 2016, Sunday
Time: 12:00PM – 3:00PM
Venue: Radhe Krishna Temple, 1616 Desoto Road, Baltimore, MD

Contact for more details:
Bishal Bhandari: (443) 805-8493     Uttam Gaulee: (412)805-4745
Bharat Baral: (443)825-1665     Srijan Tamrakar: (443)675-8889

प्रतिक्रिया