मंगलबार, असार ८ २०७८
काठमाडौं १६:५३
वासिङटन डिसी 07:08

द आर्ट अफ ह्यापिनेस कार्यक्रम ‘सिड्नीको  ग्रयान्भिलमा  भव्यताका साथ  सम्पन्न

इनेप्लिज २०७३ मंसिर ६ गते १:२८ मा प्रकाशित

s-1सिड्नी ,सबै कुराको राम्रो पक्ष मात्रै हेर्ने बानिले जीवनलाई सुखि र आरोग्य बनाउंछ भन्दै  ‘आयोजना गरिएको ‘द आर्ट अफ ह्यापिनेस कार्यक्रम ‘सिड्नीको  ग्रयान्भिलमा  भव्य ताका साथ  सम्पन्न भएको छ । हांस्य योग , कुण्डलीनि सुख ध्यान , मनोचिकित्सा योग आसन , जीवनलाई  उत्प्रेरणाका जगाउने ज्ञान विज्ञान सम्बन्धी दार्शनिक प्रवचन , लगायत सुखि रहने विविध उपाय को वैज्ञानिक प्रयोग सिद्द सुत्रहरू सो अवसरका विषेश आकर्षण थिए ।

पेटमिची मिचि हांस्दै , फेरि योग मा जुट्दै जीवन को उत्सव मनाईएको सो कार्यक्रममा अध्यामिक युवा अध्यात्मिक गुरु तथा सकारात्मक सोच अभियानका  अभियान्ता   आचार्य राजन शर्मा(भीमसेन सापकोटा ) ले  परिवर्तनतको आभाष   दिलाउनु भएको थियो । कार्यक्रममा प्रस्तुत  जीवन उपयोगी  प्रवचन , योग , ध्यान , श्वास्थ्य र सुख सुत्र ले आफ्नो सोच मै नयां पन आएको सहभागी मध्येको एक संचार्कर्मि तथा समुदायका अगुवा  डिल्ली ढकालको कार्यक्रम पछीको  प्रतिकृया थियो । यस्तै अस्ट्रेलियामा यस्तो कार्यक्रम पहिलो चोटि देख्न पाएको भन्दै कवि तथा साहित्यकार केदार पोख्रेल ले गुरु राजन शर्मा तथा आयोजक प्रति आभारी बनेको बताउनु भयो । कार्यक्रमा ग्रान्भिल नेपाली कम्युनिटी क्लव ले आयोजना गरेको थियो ।

s-9कार्यक्रमलाई स्वागत तथा धन्यवाद दिने क्रममा’ जिएनसीसी’ का अध्यक्ष राम रुवालीले जीवन व्यस्त भएर  बांच्न हैन रम्न रमाउन र हाम्रो पहिचान नयां पुस्ता सम्म विस्तार गर्ने उद्देश्यले यो मौलिक कार्यक्रम को आयोजना गरिएको बताउनु भयो । यस्तै विदुर प्रसाद सापकोटाले  सकारात्मक  सोच अभीयानलाई एक युवा अध्यत्मिक गुरु आचार्य राजन शर्मा ले नेपाली विच मात्र नभएर अमेरिका , भारत , सिङ्गापूर, फिजी लगायतका देशमा पुर्याएर नेपालकै गौरव तारा को रुपमा काम गर्नु भएको र यस्तो अवसर  बाट सबैले लाभ लिनु पर्ने बताउनु भयो ।

s-10

संस्थाकि महासचिव अनिता नेपालले ब्यस्त शहरमा जीवनलाई सकारात्मक बाटोमा लैजान यो कार्यक्रम फलदायी भएको बताउंदै जसले य्सातो जीवन परिवर्तन गर्ने कार्यक्रमा छुटाउनु भयो उसले पछुतो  मान्नु पर्ने बताउनु भयो । पञ्चकन्या का सुमधुर स्वरको नेपाली रास्ट्रीय गान बाट शुरु भएको सो कार्यक्रमलाई गैर आवसिय नेपाली संघ (एन आर एन ) विश्व परिषद का प्रवक्ता रन्जु थापा तथा साहित्यकार अच्युत भक्त वाग्ले , जिन एन सि सि का अगुवा प्रतिनिधि नविन रानाले सो कार्यक्रमको पानसमा बत्ती बालेर समुद्द्घाटन गर्नु भएको थियो ।

s-5

यस्तै वाल प्रतिभा बिभु सापकोटाले संस्न्कृतमा  मन्त्र वाचन गरि दीप प्रज्वलित गरिएको थियो । समुदायका सबै वर्गका ब्यक्तिहरूको बाक्लो उपस्थिती रहेको सो कार्यक्रमले अस्ट्रेलियाको ग्रानभिलमा अधयत्म र सकारात्मक  सोचको नयाँं लहर ल्याएको एन आर एन प्रवत्ता रन्जु थापाको प्रतिकृया थियो । जि एन सि सि ले समुदायको हितमा यस्तै विविध उपयोगी कारय्क्रम गर्दै आएको छ । ग्रानभिलको टाउनहलमा यस्तो कार्यक्रमा अजमाईएको हो । अष्ट्रेलियाको  विभिन्न शहरहरु क्यानवेरा , तास्मानिया , मेलवर्न , सिड्नी लागायत विश्वका विभिन्न देशमा आचार्य राजन शर्माको अभियान   “द आर्ट अफ हेप्पीनेस ” कार्यक्रमबाट धेरै मानव समुदायले लाभ लिईरहेका छन।आगामी जनवरीमा युरोप र एसियाका विभिन्न ५ देशमा सो कार्यक्रम आयोजना गरिएको छ ।

s-4

जीवनलाई नयाँ दिशामा परिवर्तन गराउने एक ‘उर्जाशिलकार्यक्रमलाई  सकारात्मक सोचको अभियान भन्दै सयुक्त राष्ट्र संघ ले समेत   आचार्य राजन शर्मालाई युरोपको प्राग मा हुने ‘विश्व शान्ति सम्मेलनमा आफ्नो प्रतुस्ती राख्न निमन्त्रणा पठाएको उहांका सहयोगि विदुर सापकोटा बताउनु हुन्छ । ग्रानभिल समुदाय तथा अभिभावकविच पनि निकै लोकप्रिय बनेको भन्दै अर्को पटक पनि यस्तो कार्यक्रम छिट्टै आयोजना गर्ने अध्यक्ष राम रुवालीको भनाइ छ ।

s-7

s-3

प्रतिक्रिया