शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:०५
वासिङटन डिसी 08:20

ट्रंप तथा मिट रोम्नि बीच भेट : राजनीतिमा आग्रह पूर्वाग्रह चिरस्थाई कहिले नहुने प्रमाणित

इनेप्लिज २०७३ मंसिर ५ गते १:४५ मा प्रकाशित

Generated by IJG JPEG Library

खाट्टी राजनीतिमा स्थाई शत्रुता कहिले हुदैन l राजनेताले राजनीतिमा लिडे ढीप्पी गर्दैनन् भन्ने कुरा आज अमेरिकाको न्युजर्सीमा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप तथा मिट रोम्निको भेटघाटले प्रमाण गरि दिएको छ l राजनीतिमा शत्रुता भन्ने शब्द नै राजनीतिको शब्द कोषमा हुदैन भन्ने लाग्न थालेको छ l सत्त्ता बाडफाड तथा सत्ता समीकरणमा राजनीतिमा जे पनि सम्झौता हुन्छ l यहि नै राजनीतिको असल नीति हो l

एक घण्टा भन्दा ज्यादा समयको भेटघाटमा कट्टर आलोचक बिच अन्तत्वगत्वा अमेरिकाको सुनालौ भबिश्यको लागि छलफल भएको छ l ट्रंपको निमन्त्रणामा रोम्निले भेट गरेका हुन् l चुनावी अभियानमा रोम्नीले ट्रम्पमाथि पाखण्डी ,किर्ते तथा ठग जस्ता आरोप लगाएका थिए l ट्रंपले कर तिरेको सार्बजनिक नगरेकोले अयोग्य भनि टिप्पणी गरेका थिए l

प्रतिउत्तरमा ट्रम्पले कुनै चिज बाकि राखेका थिएनन् l ट्रंपले धृष्ट ,स्वास रोधन (सास रोक्ने )कलाकार तथा मुर्ख व्यक्ति भनि सामाजिक संजालमा लेखेको कारण कारण दुई बीच दुरी बढेको थियो l

त्यस्ता सबै आग्रह र पूर्वाग्रह लाई किनारा लगाउदै न्युजर्सीमा ट्रंप तथा रोमनी बीच ट्रंप राष्ट्रिय गल्फ क्लब बेड मिनिस्टरमा १ बजे सुरु भएको भेटघाट करिब २ बजेर २० मिनेट सम्म चलेको थियो l उक्त भेटघाटमा ट्रंपका निर्वाचित उप रास्ट्रपति माइक पेन्सको पनि उपस्थिति रहेको थियो l

भेटघाट पनि रोम्निले संचार कर्मी संग भेटघाट गर्दै संक्षेपमा जानकारी गराएका थिए l रोम्निले बिश्व बारेमा अमेरिकाको सरोकार र वास्तबिक महत्वपूर्ण बिषयमा अधिक बिस्तारमा छलफल भएको बताएका थिए l

रोम्निले त्यी बिषय वस्तुमा दुबैले आफ्ना विचार आदान प्रदान गरेको बताए l आफुले नव निर्वाचित रास्ट्रपति संग भेटघाट गर्न पाउदा आभार व्यक्त गरेका छन् l ट्रम्प आफ्नो संक्रमणकालीन समुह धमाधम बनाउने क्रममा छन् l र उनले कडा आलोचक मिट रोम्निलाई विदेशी मन्त्री बनाउने बारे छलफल हुने अनुमान गरिएको छ l आजको भेटघाटमा त्यो कुरा भए नभएको केहि बाहिर नआएको बुझिएको छ l

afp_i90jr

राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले आफ्नो बोलीमा नियन्त्रण गरेका छन । हाम्रा मान्छे भन्दा राम्रा मान्छे नियुक्त गरेता पनि विभिन्न पदमा गरेका नियुक्ति विवादास्पद जस्तै बन्न पुगेको छ l

रोम्नि निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले भेट्ने कैयौ बिशेष उच्च व्यक्ति मध्ये एक परेका छन् भने भोलि आईतबार न्युयोर्कका पुर्व्नगर प्रमुख रुडी गुलियानी तथा न्यु जर्सीका गभर्नर क्रिस क्रिस्टी संग पनि भोलि भेट्ने सम्भावना रहेको संचार माध्यमले लेखेका छन् l

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गत शुक्रबार तीन जना उच्च सरकारी पदाधिकारी नियुक्त गरेका छन् । उनले महान्यायाधिवक्तामा सिनेटर जेफ सेसन ६९, मिचेल फ्लिन ५७ राष्ट्रिय सुरक्षा सल्लाहकार र सांसद मिक पोम्पेओ ५२ लाई (सिआइए) केन्द्रिय गुप्त संस्था प्रमुखमा नियुक्त गरेका हुन् ।

अमेरिकाको इतिहास कै विवादास्पद निर्वाचनमा दुवै उम्मेदवार चोखो रहन सकेनन l जित डोनाल्ड ट्रम्पको भयो l बिजयी संगै हप्ता दिन सम्म पनि ट्रंपको बिरुद्ध उनले चुनावी अभियानमा मेक्सिकोमा पर्खाल लगाउने ,आप्रवासीलाई देश फिर्ता गर्ने तथा अन्य बिषयलाई लिएर अमेरिकाका विभिन्न राज्यमा जुलुस नारा निक्लेको छ l

542020200

ट्रम्प अन्तर्राष्ट्रिय बिद्यालयले गैर क़ानूनी रूपले ठगी गरेको भनी परेको तीन वटा मुद्दामा अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले २ करोड ५० लाख अमेरिकि डलर बराबरको जरिवाना तिर्नु पर्ने भएको छ।

ट्रंपले चुनाब बिजयी सगै कुनै भय र रिस नगर्न बोलि सकेका छन् l उनि लचिला देखा परि सकेका छन् l चुनावी मैदानमा बोल्ने र निर्वाचित भए पछि बोल्ने फरक हुने प्रमाण ट्रंपले प्रदर्शन गरि सकेका छन् l

मिट रोमनी मात्र हैन उनले आफ्नो संक्रमण कालिन समुह बनाउन उन्ले समर्थक मात्र होइन, आलोचकसँग पनि भेटघाट तिब्र बनाएका छन् l यो सकारात्मक पक्ष हो l हाम्रो देशमा यस्तो अवस्था बिरलै देख्न पाइन्छ l समर्थकलाई काखा र बिरोधिलाई पाखा बनाउने खेल अझ समाप्त भएको छैन l

चुनाबी मैदानमा संगै लडेका रोम्नि लाई बराक ओबामाले भेटघाट गरेका थिए त्यसै गरि यो राजनीति भएकोले भोलि ट्रंपले सपथ ग्रहण जनवरी २० तारिखमा खाए पछि डेमोक्रेटिक दलकी राष्ट्रपति कि उम्मेदवार हिलारी क्लिन्टन संग पनि भेटघाट गर्न के बेर ? किनभने राजनीतिमा हरेक कुरा सम्भव हुन्छ l जहिले पनि मूल द्वार खुला गरिएको नै हुन्छ l राजनीति कहिले पनि कठोर हुदैन l राजनीति लजिलो पनि हुन्छ भने कुराको ज्वलन्त उदाहरण नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंपले नियुक्त गरेका बिशेष व्यक्तिहरुबाट देखा परी सकेको छ l

ईश्वरले सबैको रक्षा गरुन ,भगवानले अमेरिकालाई रक्षा गरुन !

bijay 1

प्रतिक्रिया