शुक्रबार, असार ४ २०७८
काठमाडौं ११:०९
वासिङटन डिसी 01:24

त्रिकालदर्शी कमलानन्द अभिनन्दित

इनेप्लिज २०७३ मंसिर ४ गते ०:१९ मा प्रकाशित

%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a4%b2%e0%a4%be%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%a8

मङ्सीर ३, चितवन । त्रिकालदर्शी एवं आयुर्वेद ऋषि ज्यो. पं. कमलराज भण्डारी (कमलानन्द सरस्वती) अभिनन्दित हुनुभएको छ । शुक्रवार शब्द चिन्तन परिवारले एक कार्यक्रम बीच भरतपुर चितवनमा उहाँलाई अभिनन्दन गरेको हो ।

%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a4%b2%e0%a4%be%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%a8

भण्डारीको सहस्रचन्द्र दर्शनको उपलक्ष्यको उत्सवमा सञ्चालन भइरहेको श्री गणेश महापुराण एवं श्रीमद्भागवत् रसामृतपान महायज्ञको अवसर पारेर शब्द चिन्तन संरक्षण मण्डलका सह–प्रधान संरक्षक दीपक सुवेदी, शब्द चिन्तन संघका संयोजक एवं संरक्षक लोकचन्द्र अधिकारी, सोही संघका अध्यक्ष बुद्धिसागर पौडेल र शब्द चिन्तन युवा संघका सचिव केशरकुमार नेपालीले संयुक्त रूपमा अभिनन्दन पत्रमार्फत अभिनन्दन गर्नुभएको थियो ।

%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%ae%e0%a5%80-%e0%a4%95%e0%a4%ae%e0%a4%b2%e0%a4%be%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6-%e0%a4%85%e0%a4%ad%e0%a4%bf%e0%a4%a8%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%a8
पिता गुरुप्रसाद भण्डारी र माता रम्जनतादेवीको कोखबाट कान्छा सुपुत्रको रूपमा पर्वत जिल्लाको हुवास गा.वि.स. अन्तर्गत किक्रिक् भन्ने स्थानमा जन्मेका भण्डारीले ज्योतिष एवं आयुर्वेद चिकित्सा सेवाको माध्यमबाट समाजमा जनसेवा गर्नु भएको र राष्ट्र एवं अन्तराष्ट्रमा समेत उहाँले पुर्याउनु भएको योगदानको कदर तथा सम्मान गर्दै अभिनन्दन गरिएको व्यहोरा अभिनन्दन पत्रमा उल्लेख गरिएको छ ।

अभिनन्दन पत्रमा स्वास्थ्यसेवाको विकास अत्यन्तै न्यूनावस्थामा रहेको विगतको दिनमा भण्डारीले परम्परागत आयुर्वेद उपचार सेवाको माध्यमबाट समाजमा ठूलो स्वास्थ्य सेवा पुर्याउनु भएको स्मरण गरिएको छ । ज्योतिषीय फलादेशद्वारा समाजका नरनारीलाई भविष्यको पथप्रदर्शन गरी सुनौलो भविष्य निर्माण गर्न समेत भण्डारीले योगदान गर्नुभएको पत्रमा उल्लेख गरिएको छ ।

अभिनन्दन पत्रको अन्तमा समाज तथा राष्ट्र एवं अन्तर्राष्ट्रिय क्षेत्रमा समेत व्यक्तिगत मात्र नभएर देशकै शिर उठ्ने ख्याति बटुल्ने गरी भण्डारीले पुर्याउनु भएको योगदानको कदर एवं सम्मान गर्दै शब्दचिन्तन परिवार (शब्द चिन्तन संरक्षण मण्डल, शब्द चिन्तन संघ र शब्द चिन्तन युवा संघ) उहाँको दीर्घ एवं स्वस्थ जीवनको शुभकामनाको साथमा अभिनन्दन गरिएको जनाइएको छ ।

प्रतिक्रिया