बुधबार, असार ९ २०७८
काठमाडौं ०६:०५
वासिङटन डिसी 20:20

मकाउलाई जितेर फर्केको नेपाली टिमको शनिबार विश्वकप खेलेका जापानीज टिमसँग भिडन्त

इनेप्लिज २०७३ मंसिर ३ गते १२:४५ मा प्रकाशित

japan-nepal-game-650x392काठमाडौँ, ४ कात्तिक । नेपाल जापानबीच शनिबार काठमाडौँमा मैत्रीपूर्ण फुटबल गेम हुँदैछ ।

अखिल नेपाल फुटबल संघ र कलरबाथ नामक संस्थाको आयोजनामा शनिबार दिउँसो १ बजे नेपाल र जापानीज टिमबीच एन्फा फुटबल मैदानमा म्याच हुन लागेको हो । ‘यो म्याच खेल्न जापानका तर्फबाट विश्वकप खेलिसकेका खेलाडी पनि नेपाल आइपुगेका छन् । यो हामी नेपाली फुटबल प्रेमीका लागि पनि निकै ठूलो खुसीको कुरा हो । जापानीज टिमले भर्खरै विदेशमा जितेकाले पनि दर्शकहरुको भीड लाग्ने हामीले आशा लिएका छौँ ।’, आयोजक संस्था कलरबाथका गणेशमान लामाले भने-‘ जापानको राष्ट्रिय टोलीबाट विश्वकपमा सहभागी भएका फुटबल खेलाडी सम्मिलित विभिन्न अन्तर्राष्ट्रिय क्लबमा आबद्ध व्यवसायिक खेलाडीहरु, ए डिभिजन क्लब तथा जे लिग खेलेका अधिकांश व्यवसायिक खेलाडीहरु समावेश हुन्छन् ।’

लामाका अनुसार, करिब ३ सय जना जापानिजहरुले टिकट काटिसकेका छन् । जापान टिमको सहयोगको लागि ड्रमहरु बजाउने सामग्रीसहित जापानीजहरु नै नेपाल आएका छन् ।

सन् २०२० को टोकियो ओलम्पिकलाई ध्यानमा राखी जापान सरकारले ‘स्पोट्र्स फर टुमारो’ भन्ने नाराका साथ विश्वभर खेलको प्रचारप्रसार गरिराखेको छ । यसैको निरन्तरता स्वरुप यो वर्ष नेपाल र जापानको दौत्य सम्बन्ध स्थापित भएको ६० वर्षको उपलक्ष्यमा जापानिज व्यवसायिक खेलाडी र नेपालको राष्ट्रिय फुटबल टोलीबीच एकदिने च्यारिटी फुटबल म्याच गर्न लागिएको हो ।

च्यारिटी म्याचबाट उठेको रकम गतवर्षको भूकम्पबाट क्षति पुगेका ग्रामिण क्षेत्रका खेलकुद विकास र विद्यालय पुनर्निर्माणमा एन्फा र जापानी संस्था कलरबाथको तर्फबाट संयुक्त रुपमा पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्य लिइएको छ ।

‘भूकम्पपछि नेपाली दर्शकले घरेलु मैदानमा नेपालको राष्ट्रिय टोलीको म्याच हेर्न पाएका छैन् । त्यसैले पनि यसले राम्रो अवसर दिनेछ भन्ने लागेको छ ।’- आयोजक लामाले भने ।

 

प्रतिक्रिया