बुधबार, असार ९ २०७८
काठमाडौं २३:२४
वासिङटन डिसी 13:39

परराष्ट्रमन्त्री डा महतसँग चिनियाँ राजदूतको भेट

इनेप्लिज २०७३ मंसिर ३ गते १०:४१ मा प्रकाशित

k//fi6«dGqL 8f dxt;Fu lrlgofF /fhb"t e]6 k//fi6«dGqL 8f k|sfzz/0f dxt;Fu z'qmaf/ g]kfnsf nflu lrlgofF /fhb"t o' xf]ªn] k//fi6« dGqfno l;+xb/jf/df lzi6frf/ e]6jftf{ ub}{ .  tl:a/ M ;f}hGo– k//fi6« dGqfno, /f;;

काठमाडौँ, ३ मङ्सिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज नेपालका लागि चिनियाँ राजदूत यु होङले परराष्ट्र मन्त्रालय सिंहदरवारमा भेटवार्ता गर्नुभएको छ ।

नेपालका लागि चिनियाँ राजदूतमा हालै नियुक्त हुनुभएको उहाँले परराष्ट्रमन्त्री डा महतसँग पहिलोपटक भेट गर्नुभएको हो ।

भेटका अवसरमा द्विपक्षीय हित र आपसी सम्बन्धका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा नेपाल र चीनबीच विगतमा भएका विविध समझदारीको कार्यान्वयनका विषयमा पनि सौहार्दपूर्ण रुपमा छलफल भएको थियो ।

भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा पनि कुराकानी भएको थियो । त्यस क्रममा परराष्ट्रमन्त्री डा महतले चिनियाँ राष्ट्रपतिलाई नेपालमा चाँडै स्वागत गर्न चाहन्छौं भन्नुभयो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङलाई हामी नेपालमा चाँडै स्वागत गर्न चाहन्छौंँ र हामी सो भ्रमणको आवश्यक तयारीमा छाँैं– मन्त्री डा महतले भन्नुभयो ।

सो भेटका क्रममा मन्त्री डा महतले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको धारणा राख्नुभएको परराष्ट्रमन्त्रीको जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले बताउनुभयो ।

प्रतिक्रिया