बुधबार, असार ९ २०७८
काठमाडौं ०५:२१
वासिङटन डिसी 19:36

संविधान संशोधन प्रस्ताव दर्ता यसै साताभित्र हुन्छ : नेता पुन

इनेप्लिज २०७३ मंसिर ३ गते १०:३६ मा प्रकाशित

Barsaman_punकाठमाडौँ, ३ मङ्सिर । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले संविधान संशोधन प्रस्ताव दर्ता यसै साताभित्र गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

रिपोर्टस क्लबद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले संविधान संशोधन प्रस्ताव माओवादी, काँग्रेसको मात्र नभई राष्ट्रिय एजेन्डा भएकाले कुनै पनि पार्टीले यसमा विरोध गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

नेता पुनले प्रतिपक्षमा रहेको नेकपा (एमाल)ले पनि संविधान संशोधन प्रकरणमा जिम्मेवार भई प्रस्तुत हुनुपर्ने भन्दै संविधानप्रति असन्तुष्ट पक्षको भावनालाई समेट्ने गरी ल्याउन लागिएको सो प्रस्तावप्रति सबै दल सकारात्मक तरिकाले छलफल गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधान कार्यान्वयन नै अहिलेको मुख्य एजेन्डा भएकाले संविधानमाथि विमति जनाउने पार्टी तथा सरोकारवालासँग संवाद गरी अगाडि बढ्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

नेता पुनले सविधान संशोधनमा सीमाङ्कन, भाषा, समावेशी प्रतिनिधित्व र नागरिकताका विषयमा छलफल गराउने र राष्ट्रिय हितमा आघात नपुग्ने गरी संशोधनको लागि सरकारले प्रयत्न गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया