शनिबार, असार ५ २०७८
काठमाडौं १५:२५
वासिङटन डिसी 05:40

निर्वाचनका लागि तीन दल मिल्नुको विकल्प छैनः नेता पाण्डे

इनेप्लिज २०७३ मंसिर ३ गते ७:१९ मा प्रकाशित

surendra-pandeyपोखरा, ३ मङ्सिर । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले निर्वाचनका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

पोखरामा आज पत्रकारसँगको भेटघाटमा उहाँले अब हुने तीन तहको निर्वाचनमा तीनवटै पार्टीले पालैपालो सरकारको नेतृत्व गरेर भए पनि देशमा आइपर्ने सङ्कटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता पाण्डेले निर्वाचन सम्बन्धी ऐन पारित नभएकाले निर्वाचन नहुने शङ्का बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

“संविधान संशोधन गर्ने चर्चा सत्ता जोगाउने खेल मात्रै हो, उहाँले भन्नुभयो – संविधान संशोधनको ठोस प्रस्ताव आए एउटै टेवुलमा बसेर छलफल गर्न एमाले तैयार छ ।

प्रतिक्रिया